न्युज अपडेटः पौडेलको उम्मेदवारी फिर्तासंगै निर्वाचन प्रक्रिया अन्त्य

January 12th, 2011

न्युज अपडेटः पौडेलको उम्मेदवारी फिर्तासंगै निर्वाचन प्रक्रिया अन्त्य
एचकेनेपाल डट कम संवाददाता, जनवरी १२-
प्रधामनमन्त्रीको निर्वाचनमा १६ औं पटक पराजित भै इतिहास रचेका नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १७ औं पटकको निर्वाचनमा भने मैदानबाट पछि हटेका छन्।

प्रधामन्त्रीका एक्ला उम्मेदवार पौडेल नेपाली राजनीतिक परिदृश्यमा एक हास्यपात्र वाहेक अर्थोक केही हुन सकेनन्।

संविधानसभामा सबैभन्दा ठूलो पार्टी माओवादी र एमालेले यस पटक पनि उनको विपक्षमा मतदान गर्ने भएपछि पौडेलले उम्मेदवारी फिर्ता लिने मनस्थिति बनाएका हुन्।

पौडेलले उम्मेदवारी फिर्ता लिने भएपछि कांग्रेस केन्द्रीय समितिको संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले पौडेलको उम्मेदवारी फिर्ता लिने औपचारिक निर्णय गरेको थियो।

संसद बैठकमा काँग्रेस नेता शेरवहादुर देउवाले पौडेलको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि उनको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।

पौडेलको उम्मेदवारी फिर्तासंगै प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाको अन्त्य भएको छ। सभामुख सुवास नेम्वाङले अब प्रधानमन्त्रीको चयन नयाँ प्रकियाबाट हुने जनाएका छन्। त्यसको लागि आवश्यक कानुन संशोधनसमेत हुन सक्ने उनले बताए। संसदको अर्को बैठक २९ गते बस्ने भएको छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल १६ औं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, नोभेम्बर ४-
प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल विहीवार १६ औं पटक पराजित भएका छन्।

चुनावमा आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि पौडेल १६ औं पटक पनि पराजित भएका हुन्। पौडेलको पक्षमा ८२ मत, विपक्षमा २ र तटस्थमा १७ मत परेका थिए। निर्वाचनमा १ सय १ सभासद उपस्थित थिए।

एकीकृत नेकपा माओवादी र एमालेसहित अन्य दलहरू चुनावी प्रक्रियामा सहभागी भएनन्। आगामी निर्वाचन तिहारपछि कात्तिक २९ गते दिउँसो ३ बजे हुने छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल १५ औं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, नोभेम्बर १-
प्रधानमन्त्रीको अर्थहीन चुनावका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल १५ औं पटक पराजित भएका छन्। व्यवस्थापिका संसदमा सोमबार भएको मतदानमा कुल सदस्य संख्याको ३ सय मत प्राप्त गर्न नसकेपछि पौडेल यस पटक पनि पराजित भएका हुन्।

पौडेलको पक्षमा ९६, विपक्षमा २ मत र तटस्थमा ३१ मत परेको थियो। मतदान प्रक्रियामा १२९ सभासद उपस्थित थिए।

एकीकृत नेकपा माओवादी र एमालेसहित अन्य दलहरू मतदान प्रक्रियामा सहभागी भएनन्।

प्रधानमन्त्रीको १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुने छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल १४ औं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, अक्टोबर २९-
प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल १४ औं पटक पराजित भएका छन्।

व्यवस्थापिका संसदमा शुक्रवार भएको निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत र तटस्थमा ४० मत परेको छ। मतदान प्रक्रियामा १३८ सभासद उपस्थित थिए।

एकीकृत नेकपा माओवादी र एमालेसहित अन्य दलहरू चुनावी प्रक्रियामा सहभागी भएनन्। चुनावमा आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि उनी १४ औं पटक पनि पराजित भएका हुन्।

प्रधानमन्त्री चयनका लागि पुनः १५ औं चरणको निर्वाचन कात्तिक १५ गते दिउँसो ३ बजे तोकिएको छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल १३ औं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, अक्टोबर २६-
प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल १३ औं पटक पराजित भएका छन्।

मंगलवार सम्पन्न निर्वाचनमा पौडेलको पक्षमा ९८ मत, विपक्षमा २ र तटस्थमा ४४ मत परेका थिए। निर्वाचनमा १ सय ४४ सभासद उपस्थित थिए।

व्यवस्थापिका संसदको कुल ५९९ सदस्यबाट ३०१ को बहुमत प्राप्त गर्न नसकेपछि पौडेल यस पटक पनि पराजित भएका हुन्।

माओवादी, एमालेलगायतका दलहरू मतदान प्रक्रियामा सहभागी भएनन्। काँग्रेसले सत्ताका लागि मात्र नभइ शान्ति र संविधानमा सहमति भएमा मात्र उम्मेदवारी फिर्ता लिने अडान राख्दै आएको छ।

प्रधानमन्त्रीको १४ औं चरणको निर्वाचन कात्तिक १२ गते दिउँसो ३ बजे हुने छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल ११ र १२औं पटक पनि पराजित
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल ११ र १२औं पटक पनि पराजित भएका छन्।

न्युज अपडेटः पौडेल दशौं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, अक्टोबर ६-
प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दशौं पटक पराजित भएका छन्।

व्यवस्थापिका संसदमा बुधवार सम्पन्न मतदानमा स्पष्ट बहुमत ३०१ मत प्राप्त गर्न नसकेपछि यस पटक पनि पौडेल पराजित भएका हुन्।

पौडेलको पक्षमा १ सय ९ मत, विपक्षमा १ र तटस्थमा ४६ मत परेका थिए। निर्वाचनमा १ सय ५६ सभासद उपस्थित थिए।

बुधवारको निर्वाचनमा माओवादी र एमालेले निर्वाचन बहिष्कार गरेका थिए।

प्रधानमन्त्रीको ११औं चरणको निर्वाचन भोलि विहीबार अपरान्ह ३ बजे तोकिएको छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल नवौं पटक पराजित/
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर ३०-
प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल नवौं पटक पराजित भएका छन्।

व्यवस्थापिका संसदमा विहीबार भएको निर्वाचनमा पौडेलको पक्षमा १ सय ५ मत, विपक्षमा २ र तटस्थमा ६१ मत परेका थिए। निर्वाचनमा १ सय ६८ जना सांसद उपस्थित थिए। पौडेलले स्पष्ट बहुमत ३०१ मत प्राप्त गर्न नसकेपछि यस पटक पनि पराजित भएका हुन्।

प्रधानमन्त्रीको दशौं चरणको निर्वाचन असोज २० गते अपरान्ह ३ बजे हुने छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरू
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर ३०-
प्रधानमन्त्री चयनका लागि ९ औं चरणको निर्वाचन प्रक्रिया सुरू भएको छ। निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल एक्ला उम्मेदवार रहेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री चुनावी मैदानबाट बाहिरिएपछि पौडेल एक्लै चुनावी मैदानमा छन्। काँग्रेसले सत्ताका लागि मात्र नभइ शान्ति र संविधानमा सहमति भएमा मात्र उम्मेदवारी फिर्ता लिने अडान राख्दै आएको छ।

निर्वाचन प्रक्रियामा माओवादी र एमाले सहभागी नहुने तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध तीन दल तटस्थ बस्ने भएपछि यस पटक पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना न्यून रहेको छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः पौडेल आठौं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर २६-
प्रधानमन्त्री चयनका लागि आइतवार भएको आठौं चरणको चुनावमा एक्लो उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आठौं पटक पराजित भएका छन्।

मतदानमा पौडेलको पक्षमा ११४, विपक्षमा २ र तटस्थमा ७१ मत परेको छ। प्रधानमन्त्री निर्वाचित हुन ३०१ सभासदको मत पौडेलले प्राप्त गर्न नसकेपछि उनी आठौं पटक पराजित भएका हुन्।

प्रधानमन्त्रीका अर्का उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उम्मेदवारीको मनोनयन फिर्ता लिएपछि माओवादीलगायत अन्य दलका सभासदहरू मतदान प्रक्रियामा सहभागी नभइ संसदबाट बाहिरिएका थिए। कांग्रेस सभासदहरूले पौडेलको पक्षमा मतदान गरेका थिए। त्यसैगरी, एमालेले पनि मतदान प्रक्रियामा सहभागिता जनाएन।

प्रधानमन्त्रीको नवौं चरणको चुनाव असोज १४ गते दिउंसो ३ बजे हुने छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः प्रचण्डको उम्मेदवारी फिर्ता
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर २६-
माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रधानमन्त्रीको उम्मेदवारी आइतवार फिर्ता लिइएको छ।

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डको उम्मेदवारी फिर्ताका लागि व्यवस्थापिका संसदमा प्रस्ताव पेश गरेका थिए। बहुमत संसद सदस्यले उम्मेदवारी फिर्ताको समर्थन जनाएपछि प्रचण्डको नाम प्रधानमन्त्री उम्मेदवारको सूचिबाट हटेको छ।

भट्टराईले सातौं चरणको निर्वाचनबाट पनि कुनै उपलब्धी हासिल नभएपछि उम्मेदवारी फिर्ता लिएको बताए। राष्ट्रिय सहमतिका लागि आफूहरूले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको बताउंदै कांग्रेसलाई पनि उम्मेदवारी फिर्ता लिन उनले आग्रह गरे।

प्रचण्डको उम्मेदवारी फिर्तापछि माओवादीलगायत अन्य दलका सभासदहरू संसदबाट बाहिरिएका छन् भने कांग्रेसका सभासदहरू पौडेलको पक्षमा मतदान गरिरहेका छन्।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः प्रचण्ड र पौडेल सातौं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर ७-
प्रधानमन्त्री चयनको लागि मंगलवार भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल सातौं पटक पराजित भएका छन्।

उपस्थित ५२१ सभासदमध्ये प्रचण्डको पक्षमा २५२, विपक्षमा ११० र तटस्थमा १५९ मत परेको छ। त्यसैगरी, उपस्थित ५१५ सभासदमध्ये पौडेलको पक्षमा ११९, विपक्षमा २४५ र तटस्थमा १५१ परेको छ। स्पष्ट बहुमत (३०१) प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीका लागि दुबै अस्वीकृत भएका छन्।

मधेशी मोर्चाबाट अलग्गिएको मधेशी जनअधिकार फोरमले यस पटक प्रचण्डलाई मत दिने निर्णय गरेपनि मतदान प्रक्रियामा सामेल भएन।

प्रधानमन्त्रीको आठौं पटकको निर्वाचन असोज १० गते दिउँसो ३ बजे हुने छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

प्रचण्ड र पौडेल छैटौं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर ५-
प्रधानमन्त्री चयनको लागि आइतवार भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल छैटौं पटक पराजित भएका छन्।

उपस्थित ४०५ सभासदमध्ये प्रचण्डको पक्षमा २४०, विपक्षमा १०१ र तटस्थमा ६३ मत परेको छ। त्यसैगरी, उपस्थित ५३६ सभासदमध्ये पौडेलको पक्षमा १२२, विपक्षमा २४२ र तटस्थमा १७२ परेको छ। स्पष्ट बहुमत (३०१) प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीका लागि दुबै अस्वीकृत भएका छन्।

प्रधानमन्त्रीको छैटौं चरणको निर्वाचनमा एमालेसहित मधेसी मोर्चामा आवद्ध फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना, नेकपा माले, नेकपा संयुक्तलगायत मतदान प्रक्रियामा तटस्थ बसेपछि यस पटक पनि प्रधानमन्त्री छान्ने सम्भावना टरेको हो।

प्रधानमन्त्रीको सातौं पटकको चुनाव भदौ २२ गते ३ बजे हुने भएको छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

प्रचण्ड र पौडेल पाँचौं पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, अगष्ट २३-
प्रधानमन्त्री चयनको लागि सोमवार भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पाँचौं पटक पराजित भएका छन्।

उपस्थित ५ सय ६३ सभासदमध्ये प्रचण्डको पक्षमा २ सय ४६, विपक्षमा १ सय ११ र तटस्थमा २ सय ६ मत परेको छ। त्यसैगरी, उपस्थित ५ सय ६७ सभासदमध्ये पौडेलको पक्षमा १२४, विपक्षमा २४३ र तटस्थमा २०० परेको छ। स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीका लागि दुबै अस्वीकृत भएका हुन्।

प्रधानमन्त्रीको अर्को निर्वाचनको मिति भदौ २० गते तोकिएको छ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

प्रचण्ड र पौडेल चौंथो पटक पनि पराजित
एचकेनेपाल डट कम संवाददाता, अगष्ट ६-
नयाँ प्रधानमन्त्री चयनको लागि शुक्रवार भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चौंथो पटक पराजित भएका छन्।

प्रचण्डको पक्षमा २१३, विपक्षमा ९९ र तटस्थमा १५६ मत र पौडेलको पक्षमा १२२, विपक्षमा २४५ र तटस्थमा १९४ मत परेको छ।

व्यवस्थापिका संसदमा चौंथो पटक भएको प्रधानमन्त्री चुनावमा ५ सय ६१ उपस्थित र १ सय ३३ जना सभासद अनुपस्थित थिए।

यसअघि, तीन पटक साउन ५, ७ र १७ गते प्रधानमन्त्रीको चुनाव भएपनि कसैको स्पष्ट बहुमत नआएपछि शुक्रवार चौंथो चरणको निर्वाचन भएको हो। यस पटक पनि दलहरूले आफ्नो साविक निर्णयमा परिवर्तन नगरेकोले नयाँ प्रधानमन्त्री चयनको सम्भावना टरेको हो। पाँचौं पटकको निर्वाचन भाद्र २ गते बुधवार दिउंसो ३ बजे हुनेछ।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

प्रधानमन्त्रीको चुनावः प्रचण्ड र पौडेल तेस्रो पटक पराजित
एचकेनेपाल डट कम संवाददाता, अगष्ट २-
प्रधानमन्त्री चयनको लागि सोमबार तेस्रो पटक भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस संसदीय नेता रामचन्द्र पौडेल तेस्रो पटक पराजित भएका छन्।

मतदानमा प्रचण्डको पक्षमा २५९, विपक्षमा ११४ र तटस्थमा २०८ मत परेको छ। मतदानमा ५८१ सभासद सहभागी थिए। त्यसै गरी, पौडेलको पक्षमा १२४, विपक्षमा २४६ र तटस्थमा १८६ मत परेको छ। मतदानमा ५५६ सभासद सहभागी थिए।

प्रचण्ड र पौडेलले स्पष्ट बहुमत ३०१ मत पुर्‍याउन नसकेपछि दुबैको प्रस्ताव अस्वीकृत भएको हो।

- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

प्रचण्ड र पौडेल दुबै पराजित,
एचकेनेपाल डट कम संवाददाता, जुलाई २३-
प्रधानमन्त्रीको दोस्रो चरण निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र काँग्रेसका रामचन्द्र पौडेल दुबै दोस्रो पटक पराजित भएका छन्।

व्यवस्थापिका संसदमा शुक्रवार भएको प्रधानमन्त्रीको निर्वाचनमा कुल मतदाता संख्या ५ सय ७८ मध्ये पौडेलको पक्षमा १२३, विपक्षमा २४१ र तटस्थ २१४ मत परेका छन्। त्यसै गरी, कुल मतदाता संख्या ५ सय ७२ मध्ये प्रचण्डको पक्षमा २४१, विपक्षमा ११३ र तटस्थ २१८ मत परेका छन्।

प्रधानमन्त्रीको दोस्रो चरणको निर्वाचनमा प्रचण्ड र पौडेलले स्पष्ट बहुमत (३ सय मत) प्राप्त गर्न नसकेपछि साउन १७ गते अपरान्ह ४ बजे प्रधानमन्त्रीको तेस्रो चरणको चुनाव हुने छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कसैको पक्ष र विपक्षमा मतदान नगरी तटस्थ रहेको थियो। व्यवस्थापिका संसदमा मोर्चाको सदस्य संख्या ८२ रहेका छन्। मधेशी मोर्चाले माओवादीलाई समर्थन गरेमा प्रचण्ड प्रधानमन्त्री छानिने संभावना रहेको थियो। माओवादीको २ सय ३७ सदस्य रहेकामा प्रचण्डलाई ६३ मत प्राप्त भए उनको पक्षमा बहुमत हासिल हुन्थ्यो। मतदान प्रक्रियामा निर्णायक भूमिकामा रहेको मधेशी मोर्चा मतदान प्रक्रियाबाट पछि हटेपछि यो सम्भावना टरेको हो। यसअघि, एमालेले मतदान प्रक्रियामा सहभागी नहुने जनाइ तटस्थ बस्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीको टुङ्गो लागेन
एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका संसदमा बुधवार भएको प्रधानमन्त्री निर्वाचनमा बहुमत प्राप्त हुन नसकेपछि शुक्रवार पुनः मतदान हुने भएको छ।

मतदानमा कुल मतदाता संख्या ५९९ मध्ये पुष्पकमल दाहाल (प्रचण्ड)को पक्षमा २४२, विपक्षमा ११४ मत तटस्थमा २३६ र रामचन्द्र पौडेलको पक्षमा १२४, विपक्षमा २३५ र २२८ मत तटस्थ प्राप्त भएको थियो।

एमालेका अध्यक्ष झलनाथ खनालको पक्षमा एमालेले ४०१ सभासदहरूको लिखित प्रतिवद्धतासहितको हस्ताक्षर संकलन गर्न नसके उम्मेदवारी फिर्ता लिने निर्णय बमोजिम माधवकुमारले नेपालले खनालको उम्मेदवार प्रस्ताव फिर्ता लिएका थिए।

बुधवारको मतदान कसैले प्रधानमन्त्रीको लागि स्पष्ट बहुमत ल्याउन नसकेपछि शुक्रवार दिउंसो पुनः मतदान हुने जानकारी सभामुख सुवासचन्द्र नेम्बाङले दिएका छन्।

यसअघि, माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर राखेको प्रस्तावमा नारायणकाजी श्रेष्ठले समर्थन जनाएका थिए। नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले रामचन्द्र पौडेललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमा महामन्त्री कुलबहादुर गुरूङ र सभासद विमलेन्द्र निधिले समर्थन जनाएका थिए। प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनाललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर राखेको प्रस्तावमा एमाले सभासद विष्णुप्रसाद पौडेलले समर्थन जनाएका थिए।

तमलोपाका हृदयेश त्रिपाठी, राप्रपाका सभासद चन्द्रबहादुर गुरूङ, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, मधेशी जनधिकार फोरमका उपेन्द्र यादवले आफ्ना पार्टी मतदान प्रक्रियामा सहभागी नहुने जानकारी दिएका थिए।

सदभावनाकी सभासद सरिता गिरीले आफ्नो पार्टीले झलनाथ खनाललाई समर्थन गर्ने जानकारी दिएकी थिइन्।

प्रधानमन्त्रीका लागि तीन उम्मेदवार
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री चयनको लागि आज बुधवार व्यवस्थापिका संसदमा मतदान हुदैछ।

प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएका छन्।

एमाले अध्यक्ष झलनाथ खनालले संसदमा दुई तिहाइ (४ सय १) मत ल्याउने अवस्था आए माओवादीले उनलाई समर्थन गर्ने निर्णय गरेको छ। दुई तिहाइ मत ल्याउने सम्भावना नरहे माओवादीले आफ्नै उम्मेदवारलाई निरन्तरता दिने जनाएको छ। त्यसै गरी, दुई तिहाइ नजुटे एमालेले खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ।

पार्टीहरुले भोट क्रस नगर्ने हो भने प्रधानमन्त्रीको निर्वाचनमा कसैले पनि बहुमत जुटाउन सक्ने छैन। प्रधानमन्त्रीको निर्वाचनका लागि तीन प्रमुख ठूला दलका तीन जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।

मत विभाजनको आधारमा प्रधानमन्त्री चयन गरिनेछ। बिहान ११ बजेदेखि उनीहरुलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमा पालैपालो मतदान गरिनेछ। जुन उम्मेदवारले ३०१ मत पुर्‍याउँछन्, उही प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुनेछ। व्यवस्थापिका संसदमा ५ सय ९९ सदस्य रहेका छन्। स्पष्ट बहुमत प्राप्त नगरेसम्म निर्वाचन प्रकृया दोहोरिइरहने छ। बुधवार प्रधानमन्त्रीको टुंगो नलागे शुक्रवार विहान निर्वाचन हुने छ।

Recent Videos:

Popularity: 48%

Entry Filed under: News

54 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. hem raj bhojpure  |  July 21st, 2010 at 12:03 pm

    I will request every body who want nepal pm may I reqeuest new generation is new. all people wants good Comand in new arrival pm

  • 2. bir pal  |  July 21st, 2010 at 1:32 pm

    KHUSI KO KURO EK JANA PM KO UMMEDWAR HONG KONG DEKHI PANI PAREKO JANKARI GARAUCHU, UHA AHILE EK SECURITY COMPANY MA ASST. MANAGER PAD MA KAM GARDAI HUNUHUNCHHA,NAAM-THAR CHAI PACHHI NEWS PAPER TIRA PRAKASHIT BHAI HALCHHA .

  • 3. bob  |  July 21st, 2010 at 1:49 pm

    I’M FULL SUPPORT TO PRACHANDRA AS A NEPALS COMIN P.MINISTER

  • 4. Bhupendra  |  July 21st, 2010 at 6:30 pm

    ra je va pani yo puspa kamal G lai hudaina hai , kinaki sankaha Neta ho uha , yasta ko kunai kaam chhaina ra aru vanne jun bana pani hunchha ra ke Maobadi ma aru kohi chhaina ra ? aru lai chance diya pani hunthyo , yo ta hami le dekheko vogeko neta ho yo hudaina go back

  • 5. shersingh  |  July 21st, 2010 at 8:30 pm

    हत्यारा कटुवाल सेनालाई टाउकोमा राखेर जनताको सर्बोच्चता माथि खेलबाड गर्ने झल्लुको पार्टी एमालेले नेपाली जनता र राष्ट्रलाइ मुक्ति दिलाउने आशा गर्नु भनेको साढेको खाउला भनेर पर्खनु जस्तै हो ! जनताको सर्बोच्चताको लागि लड्ने माओबादी हो ,उसको नीतिले मुर्तरुप नलिएसम्म केहिहुनेवाला छैन!

  • 6. mgr  |  July 21st, 2010 at 11:13 pm

    puspa kamal lai PM diyo vane Nepal …….. Puspa kamal le pahila ahina ma herna jarori cha

  • 7. ram  |  July 21st, 2010 at 11:44 pm

    prachanda lai p m nabanye pani hunchha kinki pahilabhairakheko pm kina rajina dinu paryo ta aja usle uthayeko nagarik sarbochta ko kura aja harai sakeko chha khoita rukmangat katuwal ko kura ani rastpati prakaran khoi ta aja tyo mudda naichhina matra pm chaiyo bhanne chha unhasanga desh chalaune chhamata chhaina desh lai kharani banaune chain chha tsaile kita jhalanath lai nabhaye ram chandra lai nai pm banaunu parchha

  • 8. Narbahadur Gurung  |  July 22nd, 2010 at 2:17 am

    Yi Tinai Jana Yogile Kehi Garnewala Chhainan Naya Pustako Palo Dinu Parchha Jastai- Gagan Thapa, Baburam Bhattarai Dev Gurung ani Janajatiko Palo Kahile???

    Narbahadur Gurung
    Woolwich, Greenwich
    SE18 60 RP
    London

  • 9. achamma  |  July 24th, 2010 at 12:39 am

    mero b 4 ma raaja le sarkaar linu par chha heeeeeeeeeeeeeeeeee,tara raja chai haamro gurung saap chatra man hunu parchha,gyane hoina.narisaaunus hai raja ko sabda aayo vanera.

  • 10. Ndion Gurung  |  July 24th, 2010 at 3:43 am

    Yemale ma K.P Oli Le Comnist makundo lagayera janta lai jhukaudaee chha Yedi timi ra timro party pakka Democratic bhaye ko ho bhane tyo Comnist neta haru ko Photo Chyat ani timro comnist jhanda fek ani timro party ko name pherera nepali Kangresh jasto full Democratic bhayera dekhau natra Nepali Congress ko Dhoti Bokera nahida ani Nepali Garib People sanga bhanne Comnist aru sanga Democratc yo hudaeena. Natra timi ra timro party pachi ante hune sambhabana audaee chha. Hosiyar!!!

  • 11. rabin karki  |  July 24th, 2010 at 1:22 pm

    prachande lai kutera jungal khednu par chha ani nepal army lagayera maobadi khatam banaunu par chha ra matra santi aun chh??

  • 12. sp gurung  |  July 25th, 2010 at 2:08 pm

    molai lagcha P.M. ko lagi nepal lagi chhanot gare ko 2jana nai yogya chhaina jasto lagcha. yogya vayako vayata nepali janatale chunera pathaako ti sabai samsad harule vote dinthyo hola ni? mero bichar ma Dr. babu ram lai yogya jasto lachha ani sabai janata le pani mannu hunechha maile yo rajnitik hisab bata liya ko hoina,

  • 13. rabin karki  |  August 2nd, 2010 at 7:15 pm

    yesto khal ko rajnitik ta sansar mai chhai na hola laj mardo nepali bhanera kasari mukh dekhaunu ?? mo hal ma nigeria ma chhu abo mo nigeria bata 1 jana kali keti lai pathaun chhu nepal ko pradhan mantari ko lagi?? sabai le bhot lagai dinu hola??

  • 14. pampha bhusal  |  August 2nd, 2010 at 7:19 pm

    Abo jati kute pani hamro prachanda ge ani hamro party jungal jadainau? kina bhane hami jungal gayo bhane hamro PLA army haru sabai banduk phalera bhag chha ani hami k garnu? tehi bhayera hami abo jungal jadainau?

  • 15. देश/ विदे&hellip  |  August 2nd, 2010 at 11:10 pm

    […] ाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस् प्रधानमन्त्री चय […]

  • 16. lilamani adhikari  |  August 3rd, 2010 at 9:45 am

    mayabadli kuni halatama sata denu hudana aba ko rajeneti crangras ko ho.

  • 17. Biyan  |  August 4th, 2010 at 9:29 am

    प्रजातान्त्रिक देशमा चुनाब हुदा सब भन्दा बढ़ी भोट प्राप्त गर्नेलाई नागरिक पार्टी र हर्नेहरुलाई जनताले दोषी ठान्ने छान, भोट दिने जम्मा मतमा मओबदीले ७०% ल्यायो तर पुरै नेपाली जनता को हिसाब गर्दा चाही ३६% भयो यो अर्थाले हेर्दा पानी कांग्रेश र एमाले १२% हुने चाही नागरिक पार्टी रे, अफु भन्दा ३ गुणा ठूला पार्टी चाही नागरिक पार्टी नहुने यो तर्क हो त ? यी सबै कुतर्क गर्ने केता केटी पन हो तेसैले आफुलाई जन्तले दिएको हैसियेत बिर्सिएर हिजो टिके प्रधानमंत्री खाने बनी परेको कांग्रेश र लिंग बिहीन एमालेलाई कसले सिकाउने होला नागरिक पार्टी भनेको के हो भनेर ? हारेर पानी कुर्सी को महले गर्दा कांग्रेश र एमालेले देशलाई बर्बादी माँ पर्यो अबा नेपाली जनताले सोचने टाइम आएना र ? यी रास्त्र द्रोहिलाई खुल्ला मंचामाँ कालो मुसो सहित कुर्सिमा राखेर घुमाउने दिन कति बाकि होला ?
    बियान जीमू
    काठमांडू

  • 18. rabin  |  August 6th, 2010 at 4:41 pm

    hajur sabailai namaskar nepal ko bartaman samaya herda ta hami bides ma rahane sampurna nepaliharulai nikai dukha lageko 6 tin patak matadan huda pani prama na chunnu dukhad samachar haina ra yesma hami sabai

  • 19. Rai Yang pitang chhu Dharan haal-Oxford  |  August 6th, 2010 at 6:21 pm

    thukka kukurharu ho.matadaanma upasthit hune tara matadaan nagarne? yo sabai bhattaa khaane chaal ho.sansaarma kahi pani navaeko neta vanaauda deshdrohiharu hamrai desh Nepalma rahechhan.

  • 20. achamma  |  August 6th, 2010 at 9:29 pm

    sorry to say this tara nepal satile saraape ko desh huna pugeko chha ehi chaala le haamro nepali pahi chaan haraaune vo.hami bidesh ma basne nepali haru laai kati peer chha desko barema,dhikkarr chha neta ho timiharulaai,sabai 1 bhaera kina aghi najaaane ho.

  • 21. 1 paagal kabee  |  August 6th, 2010 at 9:40 pm

    aafno gaaun ko bare ma bujhda maya laagera aauchha ,bichara ma hurke ko tyo thaau aaja uba bihin vaeko chhare,talla ghare maaila saiila ani saaili maahili sabai bidesh ma charna gaeka chhan re,sadhai hariyaali ra manoram mero gaaun aaja uraash baneko chhare,gaaun dhuru dhuru rudai chhare aafno santaan ko aagaman ko aash ma tara khoi kahile tyo din aaune ra,maathlo gharko captain baaje samaya badliyo bhanchhan re tara ma bhan chhu yo sab vaeko nai nepal ma vaeka ti neta vanaau da haru le teasai le ta yo man kahile paagal vaera singadarbaar ma adhibesan vaeko bela sabai neta harulaai 1 saath bomb le udaau tara nepali man na ho kunai din ta yo desh nepal ma pani 1 sapuut janmela jaslaai sampurna nepali le jaya jaya kaar garos.

  • 22. Yas Subba  |  August 6th, 2010 at 10:27 pm

    Mero bichar ma Nepal ma Prime Minister ko jaruri chhaina kinaki yataka din nahuda bhayekai chha, bhayera pani ke nai huna ho ra… !!! Puranai niti,puranai niyam ani puranai tarika ko….Uffffff……………

  • 23. pampha bhusal  |  August 6th, 2010 at 11:19 pm

    dahine pati ko ram chandre lai? baya pati ko chai prachande lai bich ko chai bhusal lai bhot ok??

  • 24. ramesh  |  August 7th, 2010 at 12:37 am

    1 paagal kabi jiu hajuur ko kabita bhanau ya ke tara malaai 1 dam saral vasaa ma lekheko ani thet kuro lekhnu bhaeko chha tapaai uk ho ki hk wa kahi ho please contact ko aasama.thik lekhnu bho raaamro chha.

  • 25. sukbir  |  August 7th, 2010 at 4:25 pm

    hal 4 patak pani pram na6aninu dukhad vayanara aaba sabai milera sahamatima prama 6aninu par6a

  • 26. rabin dukhi  |  August 7th, 2010 at 4:29 pm

    hal aayera 4 patak ma pani prama na6aninu dukhad khabar sunda hami bides ma rahane sabailai dherai dukha lageko 6 aaba sabaiko sahamatima baburam vattarai lai pram banaye sahamati hola jasto lagda6

  • 27. G Gurung  |  August 7th, 2010 at 10:29 pm

    Nepal ma pradhan mantri hune chhant chhaina kina ki desh banaune taraph gairaheko chhain India le neta harulai rajniti khel khelai raheko chha yo kura neta harule pani bujhe ko chha tara yo neta harulai India le pahilei dieko bachan haru ma batyata chhan teskaran nepal ma rajniti bikas hundaina yo neta haru ko karanle aba bhane ko nepal ko janta ko tauko mathi Indian ra tespachhi America ma bane ko misayal yani ki roket hharu khasne chhan

  • 28. ain  |  August 8th, 2010 at 12:09 pm

    yo chunab bata pm paunu chahi saro 6 kina bhane ramro manche nai 6ina tini haruko anuhar ramro bhaye ra huna kama ramro hunu paryo ni… ee madhab jasto 2place ma hareko manche lai feri banaune ho? hamro dheas tesai ta bigre ko madhab jasto zan bigreko manche lai pm banaye pchi zan kasori bane ho…RAMRO.. ee CHODE KO BIGREKO GHARKO DARNA BHAR BHANERA..

  • 29. jnish gurung  |  August 18th, 2010 at 4:23 pm

    malai kasto lagchha vane yadi nepal ma hami sabai milera raja lai nai aadikar dinu parchha kina vane junai naeta aaye pani, kanai chireko jogi ko chal vayo and pm chuna nasakne naeta haru le kasari savindan banauna sakchha tayhi vayera mero view ma hami sabai nepali haru le raja lai nai sarkar banauna diyo vane hami sabai lai ramro hunchha

  • 30. dambar pun  |  August 18th, 2010 at 6:25 pm

    Oh
    PM ko chunab nepali haru ko dukah ra desh bekas ko kura ma pachhe PM ko ckurchee ko lagi fari chunab neta haru ley sochnupareyo napali ko janamat

    Dambar pun
    south korea

  • 31. Rai Yang pitang chhu Dharan haal-Oxford  |  August 23rd, 2010 at 10:45 pm

    la la neta bhanaauda kukurharu ho sadhai sadhai yasari nai chunaav garaau vattaa pachaau.

  • 32. thapa  |  August 24th, 2010 at 1:26 am

    Deshko dhukuti ma ramauna palkeka haru ho deshlai sakhap parne khel dherai aba nakhela . Yadi thorai bhayepani laaj saram lagchha bhane desh ko lagi pani sochne gara na ki aafno lagi matra…….

  • 33. p  |  August 24th, 2010 at 2:50 am

    thukkkkkkkkka.

  • 34. chimre grg  |  September 5th, 2010 at 7:55 pm

    thukaaaa januwar neta ho timiharule ke socheka chhou garib desh ko dukuti ta sidhayou ab ke garne ho timiharu ko budhima ke paseko cha kursi ko ladai yati derei mitra ho?

  • 35. makkar tamu  |  September 5th, 2010 at 9:06 pm

    hoina k ho yesto tamasa saram pani lagnu parchni nepali janta lai tamasa banayeko cha yo ghusya kukur haru le, sabai jana jagam yo mawabadi hoki khawabadi, ra yo sorai navayeko paudel lai lat diyera nikala aba raja nai lyae hunch kam chaina yo kukur haru ko.

  • 36. Jay tamang  |  September 5th, 2010 at 9:53 pm

    yo junima yastai bhayo arko junima kosis garna parla.

  • 37. okhora bhote  |  September 6th, 2010 at 11:46 am

    malai lagcha je bhane pani prachand prime minister hune layako manche hain yauta sojho janta lai kasari jhukaune fasaune khel khelane manche ho. pahile khali khutta hitne road ma sutte manche aahile karod parne car lakha parne juta laucha.prachand le khoi ke diyo tyo sojho janta lai. yo bhanda pahile 10 12 barsa ke bhandai hithro prachand guyale aahile uskai chora uskai sabai chori thau thau ma. khoi janta ko chora chori tyohi bhayar prachand. neta nabhayar yauta swathri neta ho. yasle jitnu bhanda najitnu nai ramro. jai nepali janta.

  • 38. mohan  |  September 26th, 2010 at 7:16 pm

    MR. KATUWAL:- HE DID NOTHING ABOUT POLLITICS ONLY TRYING TO NOT MIXED UP PRACHANDE ARMY AND NEPAL (NEPAL, RASTIYA,SHAHI )ARMY.
    HE IS 100% RIGHT :- NEPAL ARMY ARE FIGHTING FOR THE COUNTRY. BUT PRACHANDE ARMY ARE FIGHTING WITH NEPAL ARMY.SO HOW COULD WE CAN COMPARED THEM.
    DON’T COMPARED WITH NAMBIA COUNTRY.WHICH COMPLETELY LOST.

  • 39. mohan  |  September 26th, 2010 at 7:18 pm

    MR. KATUWAL: - HE DID NOTHING ABOUT POLLITICS: ONLY TRYING TO NOT MIXED UP PRACHANDE ARMY AND NEPAL (NEPAL, RASTIYA, SHAHI) ARMY.
    HE IS 100% RIGHT: - NEPAL ARMY ARE FIGHTING FOR THE COUNTRY. BUT PRACHANDE ARMY ARE FIGHTING WITH NEPAL ARMY.SO HOW COULD WE CAN COMPARED THEM.
    DON’T COMPARED WITH NAMBIA COUNTRY.WHICH COMPLETELY LOST.-=

  • 40. chimre grg  |  September 26th, 2010 at 7:51 pm

    we want gayanegra saha to control this annimols neta?

  • 41. arjun kumar bamjan  |  September 27th, 2010 at 6:02 am

    kohi pani 6aena pm huna layek ko …..khanal ji hunuparcha….yo condition ma..

  • 42. Jay tamang  |  September 27th, 2010 at 3:59 pm

    HELLO RAMCHANDRA JI THAT IS WRONG WAY TO GET BALUWATAR PLEASE CHANGE YOUR MIND AND ANOHER WAY.THANKS

  • 43. sirupate  |  September 30th, 2010 at 7:12 pm

    k ramchandra paudel bagmatiko kinar pugnesamaya samma nai pm ko bhot ladirahane ho haina bhe get your both out from there

  • 44. pampha bhusal  |  October 1st, 2010 at 6:26 pm

    ram chandra ji wife babu chhora chhori liyera aunu hai vote ko lagi??

  • 45. prem thapa  |  October 6th, 2010 at 8:15 pm

    गिनिस बुकमा लेखाउने भनेर त हैन ? के को खेलबड़ गरेको मुर्ख नेता हो , ए पौडेल बाजे जती उफ्रे पनि केरे **** बाहिर को बाहिरै हो . धेरै जोस नगरु येती बुझे कसो होला .

  • 46. Bhumiraj Tamang  |  October 6th, 2010 at 8:22 pm

    Bahun harule yo PM ko chunaab bhanne matra gareko hun,khashma raastra lai asakchhem tira dhakelera India lai hastachhep garne mauka milaeko hoki bhanne shankha ashankha baddai gaeko chhan Nepali jana maanasma.Be aware Nepali haru khash garera janajaati adibaasi haru.

  • 47. kale magar  |  October 6th, 2010 at 10:36 pm

    ke hamile gareko comment ko kunai mahattyo hun6 ke kasai ko comment ko sunyai vayako6 ahile samma adi hun6 vane desh ko pardhanmantri janata ko vote bata jasko bahumat aau6 tes parti lai 3barsa ko lagi sarka chalauna paune jasto bidhan banna sakdaina parti ra dal haru ko hatma desk jhundiyako vayara hepekachan neta haru le dasai ko boka ko jasto mulle lagaka chan tesai le ma sodna chahanchu ki adi hami janata bolne thau chaina ahi media ko through bata sandesh dina chaheko ho ra yo sandesh ahi matta simit ho vane asto chapter nai chose garda hun6 kina ki janata circus ko badar hoinan……anta ma sampurna desh ra mera pyara janata lai dashain ko suvakamana didai mero desh jay nepal……………

  • 48. milanraj  |  October 7th, 2010 at 9:06 am

    PM ko chunab stop garnu parchha,Hallai PM ko abasek chhaina, kina bhane PM hunako lagi desh bikash ra janta bare vision bhaeko hallai neta dekhindaina.Huna sake ARMY SASAN desh ra jantako lagi ek barsha lagaunu paryo tyohi bhitra sabidhan banai chunab garne bahek aru kehi chhaina. desh ko subha chintak.

  • 49. kale rai  |  October 26th, 2010 at 7:57 pm

    nepal ko neta ho desh bidesh ta derei gumchau ke herera hidcho kashle kati sayog dincha anni gojama chawap parne hoina yo pm ko lagimatra timi harulai jantale vote dieka hunn badmash neta ho sambidan lekha desh bikash garnu vanera po vote diyaka hun ke bichar ho bandar neta ho banaunu ta kaha ho vatkaunu matar:

  • 50. umesh  |  October 26th, 2010 at 9:57 pm

    yaha dekhda matra nepali neta ko karamat ho but kura arkai chan nepal ka sab netaharu afno bibek le chaldainan n eniharu nepal ko swartha lai priority didainan, rakesh sud eniharuko lagi nepali janata bhanda pyaro cha n soniya gandhi nepal aama bhanda pyari chin n manmohan singh budhho nepali agraj bhanda pyaro cha n e indian blady haruko chahana hindustan des nepal prades banaune cha n nepali fataha netaharu uniharuko pau moldai uniharuko plan ma saghai rachan, eutale 8 patak ma chodyo herana lajai namani arko le 1 darjan katayo yasto bhayapachi ni nepal aama ko hit huncha, thukka chor haru nepali ruwayako aasu lagcha timi chor netaharulai

  • 51. BP Gurung  |  October 29th, 2010 at 8:18 pm

    Hoina, tato and saro ko rajniti kina. Paudel is very sure that he couldn’t win election. Why is he wasting government money for nothing. Stop it. It is not your father property ok.

  • 52. nagendra limbu  |  November 2nd, 2010 at 11:23 am

    ram chandra poudel le PM ko lage ummethwar naam nanikalnuko matlab makune(madhab nepal)ko aafno matlabe pura garnu ra dhukutte varnu matrai ho.yee sabai netaharuko melomato chha ra hame jantalai vramma parera murkha matra banayeko spasta rupma dekhinchha.Ek chhin samaye leyera bechar garda new generation ko yuwa neta GAGAN THAPA lai PM ko lage chunda kasto hola?

  • 53. prem gurung  |  November 2nd, 2010 at 6:50 pm

    RAM CHANDRA LAI ABA TA LAJ PANI LAGNU PARNE BELA BHAENA RA??????????????DHIKKAR CHHA KURSI KA BHOKA HAARU.

  • 54. JAY TAMANG  |  November 3rd, 2010 at 6:46 pm

    MERI AMMOI MERI AMMOI DEKHAYE TI NETA HARULE TAMASA. HAINA HAMRA DESMA KASTA KASTA NETA HARU RAN 15 CHOTI MAPANI PM CHUNIYANA MERIAMMOI MERI AMMOI .

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in January, 2011

Most Popular Posts

More news....