माओवादी-मधेसी सहमति नजिक
July 26th, 2010
एचकेनेपाल डट कम संवाददाता-
संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले प्रस्तुत गरेको आधारपत्रमा उल्लेखित अधिकांश बुँदामा एकीकृत नेकपा (माओवादी) ले सहमति जनाएको छ।
सिहदरवारस्थित तराई मधेस लोकतान्त्रिक पाटी संसदीय दलको कार्यालयमा हिजो दिउँसो बसेको मोर्चा र एनेकपा (माओवादी) को बैठकमा मोर्चाले उठाएको अधिकांश बुँदामा सहमति जनाए पनि ठोस निस्कर्षमा भने पुग्न बांँकी नै रहेको तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठीले बताउनुभयो।
बैठकमा मोर्चाले उठाएको समावेशीकरण विधेयक, राज्यपुर्नसंरचना आयोग गठन, नागरिकता, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग र बिगतमा कब्जा गरिएका सम्पत्ति फिर्ता गर्ने विषयमा माओवादीले सहमति जनाएको मधेसी जनअधिकार फोरम नेपालका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले जानकारी दिनुभयो।
मोर्चाले उठाउदै आएको समग्र मधेस एक प्रदेशको मुद्धामा भने माओवादीले स्वायत मधेश प्रदेशका रूपमा मात्र स्वीकार गर्न सकिने जवाफ दिएको बुझिएको छ।
साझेदारी वन, सुरक्षा निकायलगायत राज्यका विभिन्न अङ्गमा समानुपतिक र समावेशी हुनुपर्ने लगायतका मुद्धामा बैठकमा दुबै पक्ष सकारात्मक दृष्टिकोण राखेको बताउदै उहाँले
मोर्चाले आधारपत्रमा उठाएका मुद्धाका सम्वन्धमा लिखितरूपमा माओवादीको जवाफ मागिएको बताउनुभयो।
तर माओवादी लडाकूको समूहगत रूपमा सेनामा समायोजन हुनुपर्छ भन्ने माओवादीक्ो मागलाई मोर्चाले अस्वीकार गरेपनि दुबै पक्षबीच स्पष्ट हुन नसकेका विषयमा आगामी बैठकहरूमा थप छलफल गरिने सहमति भएको छ।
एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा मोर्चाले प्रस्तुत गरेका बुँदामा गम्भीर छलफल भएपनि ठोस निस्कर्षमा पुग्न नसकेको बताउदै आफनो पार्टीले त्यस सम्बन्धमा लिखित अवधारणा प्रस्तुत गर्ने उल्लेख गर्नुभयो।
बैठकमा एनेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारी तथा मोर्चाका तर्फबाट मोर्चामा आवद्ध दलका अध्यक्षलगायतका नेता सहभागी हुनुहुन्थ्यो।
Popularity: 6%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed