अल-गोसावी कम्पनीको भलिवल कार्यक्रम सम्पन्न
July 26th, 2010
एचकेनेपाल डट कम संवाददाता-
अल गोसावी कम्पनी साउदी अरबले हालै कम्पनीको जुवेल क्याममा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न गरेको छ।
भलिवल प्रतियोगितामा प्रवासी लाङ्गघाली मगर संघ भलिवल टिम साउदी अरब, ए वाई टी वी गण्डकी टिम जुवेल, अलसोईदी कम्पनी टिम जुवेल र आयोजक टिम अल-गोसावीकलगायत १२ टिम सहभागी थिए।
भलिवल प्रतियोगिताको उपाधि प्रवासी लाङ्गघाली मगर संघ भलिवल टिम साउदी अरबले हाँसिल गरेको छ। प्रतियोगिताका पहिलो चरणको खेल १५ जुलाई २०१० राति र दोस्रो चरणको खेल तथा प्रतियोगिताको बाँकी सर्म्पूण खेल २२ जुलाई २०१० राती १९ बजेदेखि शुरु भएर २३ जुलाई २०१० बिहान ३ बजे भब्यताकासाथ सम्पन्न भएको जानकारी प्रवासी लाङ्गघाली मगर संघ साउदी अरबका बरिष्ठ सल्लाहकार प्रेम थापा (सिंजाली मगर) ले जनाएका छन्।
प्रतियोगितामा प्रवासी लाङ्गघाली मगर संघ भलिवल टिम साउदी अरबले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै अल-गोसावी कम्पनी अर्थात आयोजक टिम जुवेलको स-सक्त टिमसंग सेमीफाईनलको खेलमा प्रतिस्पर्धा गरी २/० ले हराउदै सेमीफाईनलको खेल पनि आफ्नो हातमा लिएर प्रतियोगिताको फाईनलमा प्रवेश गरेको थियो। उता जुवेलका सशक्त टिमहरु ए वाई टी वी (गण्डकी टिम) जुवेल र अलसोईदी कम्पनीको टिम बिच निकै कडा प्रतिस्पर्धा भएको थियो। तर जुवेल एरियाकै उत्कृष्ट टिम मानिने (गण्डकी टिम) जुवेलले यस पटक पनि अलसोईदी कम्पनीको टिमसंग नराम्रो हार ब्यहोर्नु पर्यो। यसरी अलसोईदी कम्पनीको टिमले ए वाई टी वी (गण्डकी टिम) जुवेललाई पछि पार्दै प्रतियोगिताको फाईनलमा उत्रेको थियो। तर साउदी अरबमा ख्याति कमाएको लाङ्गघाली परिवारको भलिवल टिमसँग अलसोईदी कम्पनीको दावेदार टिमले जतिनै कोशिस गरेता पनि टिक्न सकेन अन्तत हार ब्यहोर्नु नै पर्यो। यसरी प्रवासी लाङ्गघाली मगर संघको भलिवल टिमले प्रतियोगिताको उपाधि जितेको छ। निकै हर्षोल्लासका साथ सम्पन्न भएको सो भलिबल प्रतियोगितामा प्रवासी लाङ्गघाली मगर संघ भलिवल टिम, अलसोईदी कम्पनीको टिम र आयोजक अल गोसावीक टिम क्रमशः प्रथम, द्घितीय र तृतीय भए। बिजयी टिमहरुलाई आयोजक कमिटीका अध्यक्षले पुरस्कार स्वरुप ट्रफी मेडल र नगद प्रदान गर्नुभएको थियो।
Popularity: 5%

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed