ज्ञानेन्द्रका सुरक्षाकर्मीद्वारा पत्रकारमाथि कुटपिट
July 26th, 2010
एचकेनेपाल डट कम संवाददाता-
पूर्व राजा ज्ञानेन्द्रका सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्थानीयबासीले सोमवार पत्रकारमाथि कुटपिट गरेका छन्।
भक्तपुरस्थित चित्तपल-७ मा आयोजित महायज्ञको समापन कार्यक्रममा पुगेका ज्ञानेन्द्रसंग प्रतिक्रिया लिंन खोज्दा सुरक्षाकर्मी तथा तथा यज्ञ व्यवस्थापन समितिका पदाधिकारीहरुले पत्रकारहरुलाई दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन्।
अडियो समाचार सुन्न तलको प्ले बटनमा गर्नुहोस्
कुटपिटबाट काभ्रेस्थित कान्तिपुरकर्मी मनोज बस्नेत घाइते भएका छन्। त्यसैगरी, भक्तपुरस्थित कान्तिपुरकर्मी मकर श्रेष्ठ र सगरमाथा टेलिभिजनको क्यामरा फुटाइएको छ।
घटनापछि सञ्चारकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोध गर्दै पत्रकार तथा स्थानीयले प्रहरी र पूर्वराजाविरूद्ध नाराबाजी गरेका थिए।
Popularity: 7%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed