जनता र कार्यकर्ताको भावना अनुरुप कांग्रेस चल्ने
July 27th, 2010
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
नेपाली कांग्रेसका नेता प्रदिप गिरीले १२ औ महाधिवेशनले नेपाली कांग्रेसमा आमुल परिर्वतन गर्ने वताएका छन्।
मंगलबार नेपाली कांग्रेस धनकुटाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गिरीले यस्तो वताएका हुन । उनले अव नेपाली कांग्रेस जनता र कार्यकर्ताको भावना र चाहना अनुसार चल्ने वताए।
नेपाली कांग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादव लगायतले मुलुकको समस्या समाधान गर्न सहमति र सहकार्यबाट मात्र समाधान गर्न सकिने वताए।
यस्तै, नेपाली कांग्रेस धनकुटाले जिल्ला अधिवेशन साउन १७ मानै गर्ने निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले साउन १७ गते प्रधानमंत्रीका लागि निर्वाचन हुने भएकाले साउन १७ देखि २७ गतेसम्म जिल्लालाई अनुकूल हुने समयमा गर्नु पर्ने निर्देशन भए अनुरुप नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भेलाले जिल्ला अधिबेशन यही साउन १७ गतेनै गर्ने निर्णय गरी सहमतिका लागि केन्द्रीय कार्यालयमा अनुरोध पत्र पठाएको छ।
दुवै क्षेत्रको क्षेत्रीय अधिवेशन भने साउन १५ गते जिल्ला सदरमुकाम धनकुटामा नै गर्ने नेपाली कांग्रेस धनकुटाका सभपाति मनोहरनारायण श्रेष्ठले वताए । मंगलबार सम्पन्न कार्यकर्ता भेलाले जिल्ला अधिवेशनलाई सम्मेलन सफल बनाउन गठिन विभिन्न ९ वटा समितिका संयोजकहरुले प्रतिवेदन प्रस्तुत गर्नु भएको र सम्मेलनलाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले वताए।
Popularity: 6%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed