काँग्रेसलाई एमालेसँग स्पष्ट हुन फोरमको सुझाव

July 28th, 2010

एचकेनेपाल डट कम संवाददाता-
सरकार बनाउने कसरतमा रहेको नेपाली काँग्रेसलाई मधेसी जनअधिकार फोरमले आफ्नो मोर्चाको अवधारणापत्रमा लिखित जवाफ दिन र पहिले नेकपा (एमाले)सँग स्पष्ट हुन सल्लाह दिएको छ।

मधेसी जनअधिकार फोरमको संसदीय दलको कार्यालयमा काँग्रेसका शीर्ष नेताहरुले गरेको वार्तामा फोरमका नेताहरुले नेकपा (एमाले)सँग स्पष्ट हुन आग्रह गरेका हुन्।

“मोर्चाको अवधारणाबारे लिखित जवाफ दिन र एमालेको धारणाबारे छिटो स्पष्ट हुन फोरमका नेताहरुले आग्रह गर्नुभयो,” वार्तापछि नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले भन्नुभयो।

छलफलमा काँग्रेसका तर्फबाट कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल र प्रवक्ता केसी सहभागी हुनुहुन्थ्यो। छलफलबाट आफूहरु उत्साही भएको काँग्रेसले जनाएको छ।

मोर्चाले राखेको अवधारणाका धेरै कुरा सकारात्मक रहेको र कतिपय कुरा गम्भीर रुपले छलफल एवम् परिमार्जन गरेर निर्णयमा पुग्नुपर्ने अवस्था रहेको पनि काँग्रेस नेताहरुले बताएका छन्।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग स्पष्ट हुन र अवधारणापत्रबारे लिखित जवाफको अपेक्षा गरिएको बताउनुभयो।

Popularity: 8%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. rabin karki  |  July 28th, 2010 at 7:22 pm

    kursi ko love nagar nepali congress sabai milera sarkhar banaunu prachande chai hoina baru baburam ko party lai sath ma linu ok??

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in July, 2010

Most Popular Posts

More news....