भूटानी शरणार्थी तेश्रो दिन पनि भोक हडतालमा
July 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
राहतको माग गर्दै आन्दोलनरत भुटानी शरणार्थीहरुले तेस्रो दिन पनि भोक हड्ताल जारी राखेका छन्।
राहत पीडित तीन हजार १९० भुटानीले झापा र मोरङका सातै शिविरमा हड्ताल गरिरहेका छन्।
प्रमाणिकरणबाट छुटेका शरणार्थीहरुले राहत नपाएको भन्दै एक हप्ते हड्तालमा बसेका छन्।
शरणार्थीहरुले दातृ निकायबाट दिइने राहत आफूहरुले उचित रुपमा पाउनुपर्ने माग अघि सारेका छन्।
राहत पिडित बन्चित शरणार्थी समूहका संयोजक नन्दु पौडेलले माग उपर सुनुबाई नभएसम्म युएनएचसीआरका सबारी साधन चल्न नदिने समेत चेतावनी दिनुभएको छ।
Popularity: 8%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed