२१ जनाको उम्मेदवारी फिर्ता
September 19th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामध्ये २१ जनाले नाम फिर्ता लिएका छन्।
उम्मेदवारीको नामावली फिर्ता लिनेहरूमा खुल्लाबाट विश्वप्रकाश शर्मा र अशोकुमार पोखरेल, आदिवासी जनजातिबाट आङ्दावा शेर्पा र कुशुम थापा, मधेसीबाट राकेश सिंह र मुश्लिम कोटाबाट फरमुल्ल मन्सुर रहेका छन्।
त्यसै गरी, अञ्चलबाट उम्मेदवारी दिएका मध्ये लुम्बिनीबाट गोकर्ण पौडेल, बाग्मतीबाट लोकेश ढकाल, ध्रुवप्रसाद अधिकारी र बालचन्द्र पौडेल, नारायणीबाट तेजनारायण कलवार, राप्तिबाट हेमन्तबहादुर मल्ल, गोपालजीजंग शाह, ध्रूवराज पुरी र मुक्तिप्रसाद शर्मा, सेतीबाट नारायणदत्त मिश्र, धौंलागिरीबाट डा. यज्ञ अधिकारी र हरिप्रसाद श्रेष्ठ, गण्डकीबाट शोभियतबहादुर अधिकारी, मेचीबाट दीपकप्रकाश बास्कोटा र कोशीबाट टंकप्रसाद राईले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारीको नामावली फिर्ता लिने कार्यक्रम सकेपछि साँझसम्म अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ।
Recent Videos:
Popularity: 11%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed