अग्नि एअर विमान दुर्घटना प्राविधिक कारणबाट– प्रतिवेदन
November 22nd, 2010
एचकेनेपाल डट कम संवाददाता-
अग्नि एयरको विमान दुर्घटना सम्बन्धमा गठित दुर्घटना जाँच आयोगले गत भदौ ८ गते मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त अग्नि एयरको विमान प्राविधिक गडबडीका कारण भएको जनाएको छ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारी समक्ष आज प्रतिवेदन बुझाउँदै आयोगले विमान दुर्घटनाको प्रमुख कारण विमानको दुवै जेनेरेटर बिग्रिएर काम गर्न छाड्नु र एयर ट्राफिक कन्ट्रोलसँगको सम्बन्ध विच्छेद हुनु रहेको औंल्याएको छ।
भदौ ८ गते काठमाडौँबाट लुक्लाका लागि उडेको अग्निको ९ एन डोर्नियर विमान प्रतिकूल मौसमका कारण लुक्लामा अवतरण गर्न नसकेपछि फर्कने क्रममा मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटना भएको थियो। सो दुर्घटनामा चालकदलका तीन सदस्यसहित १४ जना यात्रुको मृत्यु भएको थियो।
प्रतिवेदनले विमानसेवा सुरक्षाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र अग्नि एयरलाई सुझाव पनि दिएको छ।
कसैलाई दुर्घटनाको दोष लगाउन नभइ भविष्यमा यस्ता दुर्घटना नदोहोरियोस् र हवाइसेवालाई अझ सुदृढ र सुरक्षित बनाउन सकिन्छ भन्ने उद्देश्यले नै आयोगले प्रतिवेदन दिएको बताएको छ।
Recent Videos:
Popularity: 12%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed