‘नमस्ते लण्डन’को आयोजनामा सांस्कृतिक कार्यक्रम
January 18th, 2011
योगराज राई, वेलायत/ एचकेनेपाल डट कम-
नयाँ वर्षसन् २०११ को अवसर पारेर आईतवार नमस्ते लण्डनले फोल्क्स्टोनको होकिन्ज कम्युनिटी सेन्टरमा नेपालबाट आएका चर्चित लोकपप गायक खेमराज गुरुङको साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो। कार्यक्रम नमस्ते लण्डनले नेपालको अनाथ वालवालिकाहरुको सहयोगार्थ गरेको हो।
कार्यक्रममा बिएफबिएस गोर्खा रेडियो युकेका महा-प्रबन्धक खेम गुरुङ्ग, नयाँ सन्देश साप्ताहिक पत्रिकाको प्रधान सम्पादक चण्डिराज राई र गुरुङ्ग समाज केन्टको अध्यक्ष चित्रबहादुर गुरुङलाई विशेष अतिथिको रुपमा नमस्ते लण्डनकी निर्देशक अनिता गुरुङले खादा ओडाएर स्वागत गरेकी थिईन्। साथै, कार्यक्रममा बिएफबिएसको ध्रुव गौतम, रुपा राना, आशा पुनलगायत फोल्क्स्टोन वरपरका दर्शकहरुको उपस्थिती रहेको थियो।
सूर्य गुरुङ र बीभा गुरुङद्वारा संचालित कार्यक्रमको शुभारम्भ बिएफबिएस गोर्खा रेडियो युकेका महा-प्रबन्धक खेम गुरुङ्ग, नयाँ सन्देश साप्ताहिक पत्रिकाको प्रधान सम्पादक चण्डिराज राई र गुरुङ समाज केन्टको अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरेपछि राष्ट्रिय गीत गाएर गरिएको थियो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
कार्यक्रममा गायक खेमराज गुरुङले बीचबीचमा स्वास्थ्यलाभ गराउंदै, आफ्ना कर्णप्रिय गीतहरु गाएर सबैलाई मनोरञ्जन दिएका थिए। त्यस्तै, सयपत्री कल्चरग्रुप वकिङका नृत्यकारहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए भने गुरुङ चलचित्रहरुमा अभिनय गरिसकेका नायक प्रभु गुरुङले कुशल नृत्य प्रदर्शन गरेर सबैको मन जितेका थिए।
नमस्ते लण्डनकी निर्देशक अनिता गुरुङले नमस्ते लण्डनले स्थापना कालदेखि नै सकरात्मक सोच लिएर अगाडि बढिरहेको र विगतमा पनि थुप्रै च्यारिटीको कार्यक्रमहरु गरेर अनाथ वालवालिकाहरुको लागि रकम संकलन गरिसकेको जानकारी गराईन्। कार्यक्रमलाई सफल पार्नमा अग्रणी भूमिका निर्वाह गर्ने, सबै महानुभावहरुलाई फूलको गुच्छासहित खादा ओडाएर धन्यवाद दिएकी थिईन्।
Recent Videos:
Popularity: 13%
Entry Filed under: Entertainment, बेलायत समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed