तमु प्ये ल्हु संघ युकेको दोश्रो अधिवेशन सम्पन्न
February 28th, 2011
बि. च्हाक्ली तमु / एचकेनेपाल डट कम-
बेलायत, ओएभल कम्युनिटी क्याम्पसमा शनिवार तमु प्ये ल्हु संघ युकेको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
तीन बर्ष कार्य अवधि रहेको संघको कार्य समितिको हरेक तेस्रो बर्षमा अधिवेशन आव्हान गरिने प्रावधान अनुसार यो दोस्रो अधिवेशन आयोजना गरिएको हो।
प्राध्यापक नारायण ल्हेँगे तमुको विशेष उपस्थिति रहेको उक्त दोस्रो अधिवेशनलाई खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न गरिएको थियो भने खुल्ला सत्र संघको अध्यक्ष जगत प्हच्यु तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमु र सह-सचिव जीत क्रोम्छे तमुले सन्चालन गर्नु भएको थियो।
संघको अध्यक्ष तथा खुल्ला सत्रका सभापति जगत प्हच्यु तमु र पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छे तमुको संयुक्त बाहुलीबाट पानसमा दीप प्रज्वलन गरी प्रोजेक्टरमा तयार पारिएको अधिवेशनको व्यानर विवृत गरेर औपचारिक समुदघाटन गरिएको कार्यक्रममा हेल्थ एण्ड सेफ्टीको बारेमा सह-सचिव जीत क्रोम्छे तमुले जानकारी गर्नु भएको थियो भने उपाध्यक्ष सोम त्होर्जे तमुले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो।
पच्यु पैँडी चिवा यारजङ् तमु, प्रमुख सल्लाहकार ले. याम बहादुर तेल तमु र प्राध्यापक नारायण ल्हेँगे तमुले संघको स्थापना प्रगति उपलब्धि तथा जिम्मेवारी आदि लगायत तमु जातिको कुल-धर्म, संस्कार-सँस्कृति, भाषा, भेषभूषा परम्परा र पहिचानको संरक्षण सम्बर्धनको लागि तमु प्ये ल्हु संघले निभाएको भूमिकाको बारेमा आ-आफ्नो अभिव्यक्ति दिँदै दोस्रो अधिवेशन सफलताको कामना गर्नु भएको थियो।
कोषाध्यक्ष नेत्र टु तमु र सचिव भेग च्हाक्ली तमुद्धारा संघको आर्थिक प्रतिवेदन र साँगठनिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा अधिवेशन सफलताको लागि तमु प्ये ल्हु संघ केन्द्रीय समिति पोखरा नेपाल, कास्की जिल्ला शाखा, पौरे क्षेत्रिय शाखा पोखरा, चितवन जिल्ला शाखा, नवलपरासी जिल्ला शाखा, मकवानपुर जिल्ला शाखा, तनहूँ जिल्ला शाखा, तमु प्ये ल्हु संघ अन्तर जिल्ला मूल समिति र तमु ह्युला छोँज धि नेपालले पठाएको शुभ कामना सन्देश पनि सुनाईएको थियो भने कार्यक्रमको सभापति जगत प्हच्यु तमुले दोस्रो कार्य समितिले संघको वैधानिक सिमानाभित्र कर्तव्यनिष्ठ भई आफ्नो कार्यकाल पूरा गरेको कुराप्रति गम्भीर भई यसको मूल्याङ्कन गरिदिन तमु समुदायलाई आग्रह गर्दै पहिलो खुल्ला सत्र समापन भएको थियो।
दोस्रो चरणको बन्द सत्र शुरु हुनुभन्दा अगाडि आर्थिक एवं साँगठनिक प्रतिवेदनमाथि जिज्ञासा राख्ने समय निर्धारण गरिएको थियो सो क्रममा सल्लाहकार बालासिङ्ग क्रोम्छे तमुले लिखित रुपमा बुझाएको सुझाव बाचन गरी सुनाईएको थियो। त्यसपछि बन्द सत्रमा प्रवेश गर्दै दोस्रो कार्य समितिका अध्यक्ष जगत प्हच्यु तमुले संघको मूल कार्य समिति लगायत कार्य समितिको मातहातमा गठित अन्य सबै समितिहरुको समेत विघटन भएको घोषणा गर्दै तेस्रो कार्य समिति गठनको लागि अध्यक्ष मण्डललाई बैधानिक अधिकार सुम्पिएको थियो। त्यसपछि अध्यक्ष मण्डलले बन्द सत्रलाई अगाडी बढाउदै तेस्रो कार्य समितिको लागि उम्मेदवारीको योग्यता, अयोग्यता र मनोनयन प्रकृयाको नियम सुनाईएको थियो।
पच्यु पैँडी चिवा यारजङ्ग क्रोम्छे तमुको प्रमुख संयोजन रहेको अध्यक्ष मण्डलमा ले. यामबहादुर तेल तमु, ले. मदन प्ल्हेँ तमु, क्या. बुद्धिकुमार पर्जु तमु र मनबहादुर टु तमु गरी पाँच जना सदस्य रहेको थियो। नयाँ कार्य समिति गठनको लागि अध्यक्ष मण्डललाई नेतृत्व गर्दै पच्यु पैँडी चिवा यारजङ् क्रोम्छे तमुले सञ्चालन गर्नु भएको मण्डलले तमु प्ये ल्हु संघको तेस्रो कार्य समितिको रुपमा पूर्व उपाध्यक्ष सोम त्होर्जे तमुको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकोछ भने उपाध्यक्षमा नरबहादुर टु तमुलाई मनोनयन गरेकोछ। सचिव पदको लागि भने पूर्व सचिव भेग च्हाक्ली तमुलाई नै राखिएकोछ। सह-सचिवमा हुमबहादुर क्होल तमु मनोनित हुनु भएकोछ भने सदस्यहरुमा अमर त्होर्जे तमु, बुद्धी टु तमु, सेतु ङोर तमु, श्रीमती पार्वती पर्जु तमु, श्रीमती बिष्णु टु तमु र श्रीमती बिष्णु क्रोम्छे तमु मनोनयन गरिएकोछ। बाँकी सदस्यहरु अध्यक्षले आवश्यकता अनुसार मनोनयन गर्न सकिने प्रावधान राखिएकोछ भने कोषाध्यक्ष र सह-कोषाध्यक्ष पद बिचराधिनमा नै राखिएकोछ।
Recent Videos:
Popularity: 12%
Entry Filed under: बेलायत समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Muk Kaji Gurung | February 28th, 2011 at 10:22 pm
तमु प्ये ल्हु संघ युकेको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक वधाई तथा कार्यकाल सफलताको कामना गर्दछु।
मुक काजी गुरुङ्
हङ्कङ्।
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed