बेलायतबिरुद्ध निर्णायक लडाई सुरु

March 10th, 2011

राजेश राई / एचकेनेपाल डट कम-
काठमाडौं, गोरखा भूतपूर्व सैनिक सघं (गेसो)का सभापति पदमबहादुर गुरुङले बेलायतले गोर्खाली युवाहरुमाथि गरेको अन्याय र बिभेदको बिरुद्ध गोर्खाहरुले निर्णायक कानुनी लडाई सुरु गरेको बताएका छन्।

लाखौ गोर्खालीहरुलाई रगत र पसिनाको मुल्य लिनका लागि नयाँ चरणको आन्दोलन लडाई सुरु गरिएको उनले बताए।

१०१ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोरखा भूतपूर्व सैनिक सघं उपत्यका महिला समितिले विहीबार गरेको कार्यक्रममा सभापति गुरुङले विश्वलाई मानवअधिकारको पाठ सिकाउने बेलायत सरकार आफैले लाखौ गोर्खालीहरुको मानवअधिकारको हनन गरेको दाबी गरे।

‘हामीले बेलायतसंग भिख मागेको होईनौ, हाम्रो रगत र पसिनाका मुल्य मागेका हौ’ उनले भने,’हाम्रो माग सम्बोधन गरिएन भने बेलायतको कर्तुत संसार सामु उदाङ्गो पारिदिन्छौ।’ बेलायतको बिभेदबिरुद्ध गरिने कानुनी लडाईमा नेपाल सरकारले सहयोग नगरे विश्वले सहयोग गर्ने उनको विश्वास छ।

‘नेपाल सरकार बेलायत रिसाउने डरले आफ्नै नागरिकमाथि भएको अन्याय हेरेर बसेको छ। नेपाल सरकारले सहयोग नगरे हामीलाई विश्वले सहयोग गर्नेछ’ उनले भने।

एक अर्को प्रशङ्गमा सभापति गुरुङ गोर्खालीहरुको सम्झनामा स्याङजामा गोर्खा स्मारक बनाउन लागिएको बताए। ५२ रोपनी जग्गामा बनाईने स्मारकमा विश्वभरबाट गोर्खालीका अस्तु ल्याएर राखिने उनले बताए।

महिला सभासद्हरुको समूह महिला ककसका संयोजक उषाकला राईले गोर्खा सैनिकहरुको समस्या गोर्खा समुदायको मात्रै नभएर राष्ट्रको भएकोले सरकार गम्भीर हुनुपर्ने बताईन्। यस्तै सभासद् प्रमिला राई, पर्यटन बिकास बोर्डकी उपाध्यक्ष बमकुमारी बुडा, अधिवक्त्ता शान्ति राईलगायतले गोर्खालीहरुको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए।

कार्यक्रममा गोसो महिला उपत्यका संयोजन समितिका सुनीता गुरुङले गोर्खाली महिलाको बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन्।

Recent Videos:

Popularity: 11%

Entry Filed under: News, Gurkha News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in March, 2011

Most Popular Posts

More news....