त्रिशूलीमा बेपत्ता भएको कारसहित २ शव फेला पर्र्यो
April 21st, 2011
त्रिशूलीमा वेपत्ता कारसहिद २ शव फेला
एचकेनेपाल डट कम संवाददाता, अप्रिल २१-
त्रिशूली नदीमा बेपता भएको एक कारसहित दुई जना पुरूषको शव विहीबार दिउंसो फेला परेको छ।
कारबाट निकालिएको दुई शवहरूमा एक काठमाण्डौ गोकर्णका गिरबहादुर शाह र ठेगाना नखुलेको मणिराज पौडेलको रहेको प्रहरी कार्यालय गजुरीले जनाएको छ।
काठमाडौंबाट चितवनको मुग्लिङतर्फ जाँदै गरेको उक्त कार मंगलवार दिउंसो त्रिशूली नदीमा बेपत्ता भएपछि स्थानीय र प्रहरी टोलीले खोजी जारी गरेको थियो।
क्रेनबाट निकालिएको बा ६ च ५६३३ नं. को रातो कारमा कति सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।
______________________________________________
कार त्रिशूलीमा खस्दा चारजना बेपत्ता
एचकेनेपाल डट कम संवाददाता, अप्रिल २०-
काठमाडौंबाट चितवनको मुग्लिङतर्फ जाँदै गरेको एउटा कार त्रिशूली नदीमा खसेर हराइरहेको छ।
धादिङको जोगिमारा गाविस–९ ज्यामिरेघाट नजिक राजमार्ग छेउबाट रातो रङको निजी कार त्रिशूली नदीमा खसेको स्थानीयवासीले बताएका छन्।
कारमा कतिजना सवार थिए भन्ने यकिन नभए पनि चालकसहित चारजना यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
कार खसेको स्थानमा नदी किनारमा एउटा झोला मात्र फेला परेको जिल्ला प्रकरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताउनुभयो।
कारको खोजी कार्य जारी रहेको भएपनि केही जानकारी नआएकोले चारजना नदीमा परेर बेपत्ता भएको प्रहरीको भनाइ छ।
Recent Videos:
Popularity: 13%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed