पत्रकार आक्रमणका बिरुद्ध संचार सामाग्री प्रदर्शन

June 15th, 2011

गण्डकी खबर/ एचकेनेपाल डट कम-
पोखरा, विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका बिरुद्ध नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीका संचारसामाग्री प्रदर्शन गरेको छ।

पत्रकारमाथि भएको आक्रमणबिरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशन अनुरुप कास्की शाखाले संचारसामाग्री प्रदर्शनसहित धर्ना समेत दिएको छ।

शाखाका अध्यक्ष बद्रीबिनोद प्रतिकको नेतृत्वमा महासंघको कार्यालयदेखि जिल्ला प्रशासनसम्म र्‍याली सहित पुगेको टोलीले धर्नासहित संचार सामाग्री प्रदर्शन गरेको हो।

संचारसामाग्री प्रदर्शनपछि आयोजित कार्यक्रममा शाखाका अध्यक्ष प्रतिकले पत्रकारमाथिको दमनलाई राष्ट्रिय रुपमा बिरोध जारी रहेको जनाउँदै, यस्ता कृयाकलापका बिरुद्धमा महासंघ सँधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरुमाथि हुने आक्रमणलाई लोकतन्त्र माथिको दमन भन्नुभयो।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ले पत्रकारमाथि बिभिन्न चरणमा हुने आक्रमणबाट पत्रकारहरु समाज बदल्न चुप लागेर नबस्ने चेतावनी दिँदै उहाँले ढकालमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न सरकारसंग माग गर्नुभएको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार माधव शर्माले ढकालमाथि जुन सुकै समूह वा दलले गरेको भएपनि तत्काल कारवाही गर्न माग गर्दै यस्ता हर्कत आगामी दिनमा नगर्न सम्वन्धित निकायलाई चेतावनी समेत दिनुभएको छ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पूण्य पौडेल, महासंघ कास्की उपसभापति राजबहादुर गुरुङ, प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल, आदीवासी जनजाति पत्रकार संघका अध्यक्ष हुमबहादुर गुरुङ, साप्मा नेपालका इश्वरी न्यौपाने, प्रेस चौतारीका अध्यक्ष श्रीराम सिग्देल, संचाररिका समूहका शुष्मा पौडेल, क्रियाशिल महिला पत्रकार समूहका रिता गुरुङ, अधिकारकर्मीहरु टेकनाथ बराल, खगराज आचार्य, कार्यवहाक सचिव बिभु भुषाल लगायतले पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेका छन्।

महासंघको केन्द्रीय परिपत्र अनुसार असार २ गते सम्पादकहरुसंग अन्तक्रिया, ३ गते ट्रेड युनियनहरुसंग अन्तक्रिया र ४ गते जिल्ला प्रशासन कार्यालय कास्की घेराउ कार्यक्रम रहेको महासंघ कास्कीले जानकारी दिएको छ।

Recent Videos:

Popularity: 17%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in June, 2011

Most Popular Posts

More news....