सुमन गौतमलाई भर्जिन मोबाईल विग आईकनको उपाधि

August 20th, 2011

रेम बिक / एचकेनेपाल डट कम-
पोखरा, यस वर्षको भर्जिन मोबाईल विग आईकनको उपाधि शितलदेवी पोखराका सुमन गौतमले हात पारेका छन्।

उपाधिसंगै उनले टिभिएसको मोटरसाईकल प्राप्त गरे। कुल ६ सय ३० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हात पारेका हुन्। फाईनलसम्म उनको प्रतिद्वन्दी रहेका लेखनाथ सैनिक बस्तीका सविन तामाङलाई एसएमएस भोटले पछाडि पार्दै उनी दोश्रो विग आईकन बन्न सफल भए। बाक्लो दर्शकदिर्घा रहेको पोखरा सभागृहको प्रेक्ष्यालयमा शुक्रबार नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले सुमनले यस वर्षको विग आईकनको उपाधि जितेको घोषणा गरेका थिए।


उपाधि घोषणा गर्दै राजेश हमाल र हर्षित मुद्रामा विजेता सुमन गौतम । तस्वीरः संजय शाक्य / एचकेनेपाल डट कम

‘तिमी पारी त्यो गाउँमा’ र ‘मस्की मस्की’ गरि गौतमले फाईनल चरणमा दुइवटा गीतहरु प्रस्तुत गरेका थिए। उपाधि हात पारेपछि शब्दमा वर्णन गर्न नसकिने खुशी लागेको गौतमले प्रतिक्रिया दिए। विग एफएमले नयाँ प्रतिभा जन्माउनका दिएको मञ्चबाट आफूलाई धेरै उपलब्धी भएको भन्दै आगामी दिनमा समेत आईकनलाई निरन्तरता दिन उनले आग्रह गरे। उपाधि पाएपछि साँगीतिक क्षेत्रमा आफूले अझै राम्रो गर्दै जाने प्रेरणा मिलेको उनले बताए।

फस्ट रनर अप भएका लेखनाथका सविन तामाङले एमएसआईको ल्यापटप प्राप्त गरे। उनले पनि कार्यक्रममा ‘तालको पानी’ र ‘सुन कथा एउटा गीत’ गरि दुइवटा गीत प्रस्तुत गरेका थिए। फाईनल कार्यक्रममा विग आईकनमा सहभागी भई टप १० मा पर्न सफल सहभागीहरुले समेत प्रस्तुती दिएका थिए।

बाटुलेचौरकी प्रतिक्षा देवकोटा, वगर सिम्पानीका राजेश नेपाली, लेखनाथ डाँडागाउँका दिपक विश्वकर्मा, स्याङ्गजाका विष्णु सुनाम, किरण गुरुङ, धरान सुनसरीका विजय तामाङ, नदीपुर पोखराका रमेश गुरुङ र पुम्दीभुम्दी कास्कीका महेन्द्रराज बरालको प्रस्तुतीबाट पनि दर्शकदिर्घा हौसिएको देखिन्थ्यो।

मोफसलमा रहेर पनि संगीत र कलालाई माथि उठाउनका लागि एफएमले गरेको योगदान प्रशंसानिय भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका महानायक राजेश हमालको भनाई थियो। ‘प्रतिभा जहाँ पनि हुन्छन् तर तिनीहरुको प्रतिभा प्रस्तुत गर्नका लागि एउटा मञ्चको खाँचो हुन्छ।’ उनले भने-’पोखरामा विग एफएमले सांगीतिक मञ्च प्रदान गरि कलाकार जन्माउने आँट गरेर प्रशंसित भएको छ।’ कार्यक्रममा नेपाली चलचित्र उद्योगमा अग्रणी भूमिका खेल्दै विगत दुइ दशकदेखि महत्वपूर्ण् योगदान पुर्याएको भन्दै विग एफले सम्मान गरेको थियो। विग एफ एमका अध्यक्ष महेश भण्डारीले ताम्रपत्रसहित दोसल्ला ओढाएर महानायक हमाललाई सम्मान गरेका थिए।

कार्यक्रममा सभासद रविन्द्र अधिकारीले संविधान वन्न नसकेको अवस्थामा केही समय भने पनि सांगीतिक माहोलमा रम्न आएको उल्लेख गर्नु भयो। उनले संविधान नपाएर निरस भएका नेपाली जनतालाई केही हदसम्म भने पनि गीत संगीतले धैर्य गर्न मद्दत पुर्याएको वताए।

लोकगायिका हरिदेवी कोइरालाले गीत संगीतको उर्वरभूमि पोखरामा नयाँ प्रतिभा जन्माउन विग एफ एम सफल भएको बताइन्। भर्जिन मोवाइल विग आइकन संगीत महोत्सव वन्न सफल भएको बताइन्।

यसैगरी कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालले मोफसलमा सवै वातावरण मिलाएर खर्चिलो कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै युवा संचारउद्यमीहरुले पनि संगीतको क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको बताए।

कार्यक्रममा वोल्दै भर्जिन मोवाइल शोरुमका प्रवन्ध निर्देशक अनुज वास्तोलाले गीत संगीतको माध्यमवाट व्यवसायिक प्रतिष्ठानलाई प्लेटफम दिन विग एफ एम सफल भएको वताए। आउँदा दिनहरुमा पनि एफ एमसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

विग एफएमका अध्यक्ष महेश भण्डारीले मोफसलमा रहेर गायन प्रतिभा छनौट गर्नका लागि आयोजना गरिएको भर्जिन मोबाईल विग आईकनको माध्यम बनाएर प्रतिभालाई मञ्च दिन पाउँदा आफूलाई गर्व लागेको बताए। संगीत र कलाको राजधानी मानिने पोखरामा पछिल्लो समयमा सुस्ताएको संगीत र कलाका क्रियाकलापलाई पनि कार्यक्रमले उर्जा प्रदान गरेको उनको विश्वास छ। साथै सोही अवसरमा उनले भर्जिन मोबाईल विग आईकन सफल बनाउन प्रायोजक, उपप्रायोजक, स्रोता, सुभेच्छुक र सहयोगीहरुले खेलेको भूमिका अतुलनिय भएको भन्दै आगामी दिनमा पनि यस्तै खाले सहयोगको अपेक्षा गरेको बताए।

असार ६ गतेदेखि संचालनमा आएको भर्जिन मोबाईलको दोश्रो सँस्करण भदौ २ गते फाईनलसम्म आईपुग्दा २० चरण पार गरेको थियो। प्रतियोगिताले पोखरा र आसपासमा रहेर साँगीतिक भविष्य खोजिरहेका प्रतिभाहरुका लागि गतिलो मञ्च प्रदान गरेको एफएमका स्टेशन म्यानेजर अमित रिजालले बताए। ‘यो दोश्रो सँस्करणको प्रतियोगिता हो ।’ उनले भने-’पोखराको साँगीतिक फाँटलाई गति दिन हामी सफल भएका छौँ।’ आगामी दिनमा पनि एफएमले यस्तै विविध कार्यक्रमहरु गरि स्रोता, सुभेच्छुकहरुसंग हरदम नजिक भैरहने उनको भनाई थियो।

कार्यक्रममा भर्जिन मोवाईल विग आइकनका विजेता गौतमलाई वतास ब्रदरर्शका प्रवन्ध निर्देशक शान्ता वतासले टिभिएस मोटरसाइकलको चावी हस्तान्तरण गरे। यस्तै उपविजेता तामाङलाई हिमालयन ट्रेडिङ हाउसका प्रवन्ध निर्देशक जगन गुरुङले एम एस आईको ल्यापटप हस्तान्तरण गरे। कार्यक्रममा आइकनलाई सहयोग गर्ने भर्जिन मोवाइलका विवेक शर्मा धण्ड, मेगा वैंकका रविना देशराज श्रेष्ठ, जगन गुरुङ, शान्ता वतास, किङ्ग इन्स्टिच्यूटका प्रवन्ध निर्देशक सन्तोष शाही, प्रभात आर्टसका तीर्थ सुवेदी, एस के साउण्डका शेरवहादुर गुरुङ, सगरमाथा टेलिभिजनका प्रकाश अधिकारी, क्याफे डि गार्डेनका वुद्ध गुभाजुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।

यसैगरी प्रतियोगिताका निर्णायक श्यामसुङ तामाङ, शुनिल थापा, विनोद वानिया, वाद्यवाद्यनतर्फ राजा मुखिया, महिपाल लामा, अमित गुरुङ, तेज के.सी, राजेश विष्ट, विजय क्षेत्रीलाई विग एफ एमका अध्यक्ष भण्डारी, वजार प्रमुख शिवराज देवकोटा, समाचार संयोजक नवराज सापकोटा, सहसंयोजक शौभाग्य आचार्यले मायाको चिनो प्रदान गरेका थिए।


सविन तामाङ र सुमन गौतम

Recent Videos:

Popularity: 12%

Entry Filed under: Entertainment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts

More news....