प्रतिष्ठा भइन् वाइ वाइ लिटिल च्याम्प्स

August 13th, 2011

प्रतिष्ठा भइन् वाइ वाइ लिटिल च्याम्प्स
सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम, अगष्ट १३-
इन्फोटेनमेन्ट साथै इन्टरटेनमेन्ट कार्यक्रमहरुलाई प्रमुख प्राथमिकताका साथ प्रशारण गर्दै आएको टिटिभीले पछिल्लो समयमा निर्माण गरेको ‘वाइवाइ लिटिल च्याम्प्स्’ मा प्रतिष्ठा पौडेल ‘वाइवाइ लिटिल च्याम्प्स्’को ताज पहिरिन सफल भइन् भने द्वितीय बिष्णु मगर र तृतीय अभिषेक श्रेष्ठ घोषित भए।


विजेता प्रतिष्ठा पौडेल, द्वितीय बिष्णु मगर (दायाँ) र तृतीय अभिषेक श्रेष्ठ।

५ देखि १६ वर्षका नृत्य प्रतिभाहरुको एक सशक्त प्रतिस्पर्धात्मक एवम् मनोरन्जनात्मक कार्यक्रम हो। यो कार्यक्रम २०६७ साल भदौ २९ गतेबाट छायांकन प्रारम्भ भएको थियो।

हजारौंको भीडबाट टप-१५, टप-१० हुंदै टप-३ मा आएर कार्यक्रमले ग्रान्ड फिनालेको स्वरुप पाएको हो। टप थ्रीमा अभिषेक श्रेष्ठ, विष्णु मगर र प्रतिष्ठा पौडेल पुगेका थिए।

नेपाली टेलिभिजन इतिहासमै सर्वाधिक धेरै नगद पुरस्कार (प्रथम ३ लाख १ हजार, द्वितीय ५० हजार १ सय र तृतीय २५ हजार १ सय) प्रदान गरिने यो कार्यक्रममा हजारौंको सहभागिता रहेको थियो। राष्ट्रव्यापी अडिसन लिने सोच लिएर अगाडि बढेको टिटिभीको यो कार्यक्रम ‘वाइवाइ लिटिल च्याम्प्स्’को सिजन-१ काठमाडौं, ललितपुर र भक्तपुरमा केन्द्रित रह्यो।

यस कार्यक्रममा शुरुका दिनदेखि निर्णायकको रुपमा चर्चित नृत्य निर्देशकद्वय दिनेश अधिकारी र प्रदीप श्रेष्ठ तथा नायिका दिया मास्केको सहभागिता रहेको थियो भने कार्यक्रममा थप रौनकका लागि लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठलाई ‘प्रोग्राम किङ’का रुपमा सहभागी गराइएको थियो।

_________________________________________________

लिटिल च्याम्प्स टप थ्री चरणमा
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम, जुलाई ३०-
काठमाडौं, आकर्षक धनराशिको पुरस्कार रहेको रियालिटी शो ‘वाईवाई लिटिल च्याम्पस’ टप थ्री चरणमा पुगेको छ। प्रथम पुरस्कार ३ लाख १ हजार, दोस्रो पुरस्कार ५० हजार १ सय र तेस्रो पुरस्कार २५ हजार १ सय रुपैयाँ रहेको लिटिल च्याम्पस टीटीभीमार्फत् प्रसारण भइरहेको छ। ५ देखि १६ वर्षसम्मका बालबालिकाभित्रको नृत्य, प्रतिभा उजागर गरी डान्स सेलिब्रेटी जन्माउने उद्धेश्यले खर्चिलो सेट बनाएर कार्यक्रम निर्माण गरिएको छ।


नेपाली रियालिटी सो पनि अन्तर्राष्ट्रिय स्तरको हुनसक्छ भन्ने कुरा लिटिल च्याम्पसले प्रमाणित गरिदिएको कार्यक्रमका अनलाइन प्रोड्युसर फुर्वा शेर्पाले बताए।

लिटिल च्याम्पसमा जुनसुकै भाषामा पनि नृत्य गर्ने मौका दिइएको छ। लिटिल च्याम्पसको टप थ्रीमा प्रतिष्ठा पौडेल, अभिषेक श्रेष्ठ र विष्णु मगर पुगेका छन्। हाल भोटिङ राउण्ड चलिरहेको च्याम्पसका तीनै प्रतियोगीबीचको ग्राण्ड फाइनल कार्यक्रम चाँडै हुने टीटीभीले जनाएको छ।

निर्णायकको रुपमा दीया मास्के, प्रदीप श्रेष्ठ र दिनेश अधिकारी तथा मुख्य आकर्षणमा नायक श्रीकृष्ण श्रेष्ठ रहेको कार्यक्रमको सञ्चालन श्याम भट्टराई र जेनी खड्काले गरिरहेका छन्। कार्यक्रम हरेक शुक्रबार साँझ साढे ८ बजे प्रसारण हुँदै आएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 6%

Entry Filed under: Entertainment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts

More news....