पोखरामा सिपोराको विजय र्याली
September 17th, 2011
पोखरामा सिपोराको विजय र्याली
सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा, ३१ भदौ, लोकप्रिय वर्षखेलाडी २०६७ घोषित भएकी राष्ट्रिय भलिवल खेलाडी पोखरेली चेली सिपोरा गुरुङलाई सहयोग समितिले २ लाख ५५ हजार नगदसहित सम्मानपत्र, फूलमाला र खादाले सम्मान गरेको छ।
सिपोरा गुरुङलाई लोकप्रिय खेलाडी बनाउन सहयोग समितिले संकलन गरेको रकमबाट बचत उक्त रकम सहितले शनिवार बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सिपोरालाई सम्मान गरेको हो।

तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम
सिपोरालाई सम्मान गर्दै प्रमुख अतिथि क्षेत्रिय प्रशासक तुलसीप्रसाद सिटौलाले खेलाडीको सम्मान, राष्ट्रकै सम्मान हो भन्दै सिपोराले खेलवाट पोखरालाई चिनाएकोमा खुशी व्यक्त गर्नु भयो।
सम्मानित भएपछि सिपोराले लोकप्रिय खेलाडी बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गदै लोकप्रिय खेलाडीको उपाधिले आफूमा जिम्मेवारी थपिएको र समग्र पोखरा र भलिवलका लागि थप योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सिपोरा गुरुङ सहयोग समितिलाई विशेष सहयोग पुर्याउने महानुभाव र संघ संस्थालाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रममा समितिका आर्थिक संयोजक सरस्वती गुरुङले आयव्यय प्रस्तुत गर्नुभएको थियो भने सहसंयोजक रमेश पौडेलले स्वागत र महासचिव मोहन घलेले सञ्चालन गर्नुभएको थियो।

सम्मान कार्यक्रमपछि पोखरामा खुशीयाली र्याली निकालिएको छ। र्यालीका लागि फोर्ड १५ बटा गाडी सहयोग गरेको थियो। र्याली पोखरा रङ्गशालाबाट शुरू भई पृथ्बीचोक, नयाँबजार, नदीपुर, पिएन क्याम्पस, टक्यासी चोक, बागबजार, बिन्दबासिनी, भैरबटोल, तेर्सापट्टि पालिखेचोक, महेन्द्रपुल चिप्लेढुङ्गा सभागृहचोक, श्रृजनाचोक, लेकसाईड, राष्टबैङ्गचोक, डयामसाईड, बिरौटा तमु हृयुला चोक हुदै सिपोराले अध्ययन गर्ने फिस्टेल उच्च माबिमा पुगी चियापान सहित समापन भएको थियो।

सिपोरा गुरुङ लोकप्रिय वर्षखेलाडी २०६७ घोषित
हुम गुरूङ /एचकेनेपाल डट कम-
काठमाडौ, २५ भदौ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आइतवार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोह विच सिपोरा गुरुङ लोकप्रिय वर्ष खेलाडी २०६७ घोषित भएकी छन्।

उपाधि जितेपछि सिपोरो गुरूङ। तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम
सिपोरा गुरुङले कुल २ लाख ९८ हजार ५१२ एसएमएस भोट मध्ये १ लाख ३६ हजार २७२ प्राप्त गर्दै अन्य चार प्रतिस्पर्धीलाइ उछिन्दै लोकप्रिय वर्ष खेलाडी २०६७ बनेकी हुन्। उनको निकटतम ओलम्पिकमा बक्सिंगबाट नेपाललाई कास्य पदक दिलाएका दिपक महर्जनले १ लाख २८ हजार ६८४ मत प्राप्त गरेका थिए भने फुटवलका राष्ट्रिय टोलीका क्याप्टेन सागर थापाले २१ हजार ९२६ भोट पाए।

लमजुङको दुधपोखरी स्थायी घर तथा हाल पोखरा १७ राष्ट्रबैंक चोक निवासी मोतीलाल गुरुङ र सेती घिसिङ गुरुङकी सुपुत्री सिपोराले ११ वर्षकै उमेरदेखि भलिवल खेल्न थालेकी हुन्।
तेह्र वर्षकै कलिलो उमेरमा श्रीलंकामा सम्पन्न दशौं सागको महिला भलिवलमा कास्य पदक दिलाउन महत्पूर्ण भुमिका खेलेकी सिपोराले विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा कैयन पटक बेष्ट प्लेयर, बेष्ट स्पाइकर र बेष्ट र्सभरको उपाधि चुमेकी १८ वर्षीया सिपोरा पोखराको फिस्टेल उच्च मावि कक्षा १२ मा अध्ययनरत छिन्।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा चौथो पटकको पल्सर लोकप्रिय खेलाडीको मनोनयनमा परेकी सिपोरालाई वर्षको लोकप्रिय खेलाडी घोषणाका लागि स्वदेश तथा विदेशबाट आर्थिक, भौतिक, नैतिक सहयोग पुर्याउने संघसंस्था, महानुभावहरुप्रति सिपोरा गुरुङ सहयोग समिति पोखराले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सिपोरालाई जिताउन पोखरामा प्रचार अभियानः
तस्वीरहरूः सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्
भोट माग्दै सिपोरा

भोट माग्दै सिपोरा। तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम
Recent Videos:
Popularity: 25%
Entry Filed under: Sports

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. turman limbu | August 18th, 2011 at 5:43 pm
Sipora Ji Lai Dherai Dherai Badhai Ta tha Shuvakamana Yaha ko Ajhai vabisya Ujyal Vayera Jawosh Vanne Kamana Garda 6u ( Good Luck ) ///////////////////////////////////////////
2. aukash | August 20th, 2011 at 12:13 pm
she is most popular teen of our beautiful city pokhara..
god bless her..
3. देश/ विदे&hellip | August 21st, 2011 at 9:01 pm
[…] ाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस् पोखरा, यतिवेला सि […]
4. kumar gurung | September 18th, 2011 at 9:35 am
sipora lai dherai dherai badhai pokhareliko ra gurung ko naam uchhaima puraykoma……..
5. Dilip kumar tamu | September 19th, 2011 at 7:05 pm
Nani sipora lai dherai dherai dhanya bad tamu cheli haru le gareko yasto paragti hami tamu haru ko lagi garva ko kura thank lots with love
dktamu
Arghun pauwa 2 lekhnath
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed