सोन्सिकको अध्यक्षमा पहिलो पटक महिला नेत्री

August 16th, 2011

अशोक मैनाली/ एचकेनेपाल डट कम-
ईक्सान, कोरिया। कोरियामा रहेका नेपाली विद्यार्थीहरुको साझा संगठन सोन्सिकको अध्यक्षमा पहिलो पटक महिला नेत्रीको रुपमा आस्था बिन्दु मल्ल निर्वाचित हुनुभएको छ।

कोरियाको लागि नेपाली महामहिम राजदूत कमल प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा शनिवार कोरियाको ईक्सानमा शुरु भएको ८ औं साधारण सभाले आस्था बिन्दु मल्ललाई भारी मतले बिजय गराएको हो।

१५० भन्दा विद्यार्थी उपस्थित उक्त साधारण सभा कुल १०१ मतदाता रहेकोमा आस्था बिन्दु मल्लले ६५ मत प्राप्त गर्नुभएको थियो भने उंहाका प्रतिद्वन्दी शिवराज पोख्रेलले ३३ मत प्राप्त गर्नुभएको थियो। १ मत बदर भएको थियो भने २ जना मतदाता अनुपस्थित रहेका थिए। १३ सद्स्य उक्त कार्यसमिती यसप्रकार रहेको छः

सभापति : आस्था बिदु मल्ल
उप-सभापती :रमेश प्रसाद पाण्डे
महेश्वर साह
बिकाश के सी
इन्दिरा तिवारी
सचिव: जीवन पौडेल
सह -सचिव :तरामान कठायत
कोषाध्यक्ष: दिपेश ढकाल
सद्स्यहरु:
सन्जिव अधिकारी
समुन्द तिवारी
बिमल सुबेदी
प्रशान्त सिलवाल
दिपक घिमिरे
सम्योयोङ इन्टरनेस्नलका प्रमुख ई याङ म्याङ,बिदेश बिभाग प्रमुख मुना पप ताल ,आइ सी सी सद्स्य डा देबी बस्नेत, सोन्सिकका पूर्वअध्यक्ष डा. कृष्ण देबकोटा, डा केशबकुमार नेपाललगायत कोरियामा रहेका नेपाली संघ सस्थाहरुको उपस्थिती रहेको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै राजदूत कोइरालाले नेपाली विद्यार्थीको समस्या समाधान गर्न आफू पछि नपर्ने बताउदै आफ्ना समस्या नेपाली राजदूतावासलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको थियो।

कार्यक्रममा सामयोङ इन्टर्नेस्नलका प्रमुख ई याङ म्याङ ले नेपाली विद्यार्थीलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउदै आफूले सिकेको ज्ञानलाई आफ्नो देशमा लगेर देशलाई बिकसित पार्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा आइसीसी सद्स्य डा. देबी बस्नेतले नेपाली विद्यार्थीको समस्या समाधानका लागि नेपाली राजदूतावास कोरियाले पहल गर्न नसकेको बताउदै बिद्यार्थीहरुले पनि आफूले सिकेको ज्ञान र सिपबाट राजदूतावासलाई सुझाब दिन अपिल गर्नुभएको थियो भने सोन्सिकका पूर्व अध्यक्ष कृष्ण देबकोटाले सोन्सिकले सबै विद्यार्थीको भावनालाई सम्बोधन गर्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

उद्घाटन सत्रका सभापति तथा सोन्सिकका अध्यक्ष प्रकाश धमलाले नेपाली विद्यार्थीको कोरिया अनगिन्ती समस्या रहेको बताउदै आफ्नो कार्यकालमा यस बिषय सक्दो पहल गरेको र आगामी कार्यसमितीले अझै धेरै गर्ने अपेक्षा रहेको कुरा बताउनुभएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै सोन्सिकका उपाध्यक्ष कृष्ण कट्टेलले सोन्सिकले विद्यार्थीको सम्स्यालाई सकेसम्म समाधान गरेको बताउदै आगामी नेतृत्वले अझ धेरै गर्नेमा आफू आशावादी रहेको बताउनुभएको थियो।

नेपाली विद्यार्थीहरु गीत र संगीतको माध्यामबाट मानसिक रुपमा नेपालमै रहेको अनुभूति गरिरहेको देख्न सकिन्थ्यो। कहिले तिजका गीतहरु त कहिले सुदूर पश्चिमको लोक भाका देउडा घन्किएको थियो। निर्वाचनअघि दुबै उमेद्वारले यसरी मतदाता माझ भोट मागेका थिएः
*आस्था बिन्दु मल्ल
म एक महिला हुं सोन्सिकको ८ औ साधारण सभा सम्म आइपुग्दा पनि आजसम्म एक जना पनि महिला उमेद्वार छैन अथवा अध्यक्ष बन्नु भएको छैन। अर्को कुरा सोन्सिकले विद्यार्थी माझ राम्रो नेट्वर्किङ गर्न सकेको छैन म त्यो पूरा गरेर छाड्छु । त्यसैले मलाइ सहयोग गर्नुहोस्।

शिब राज पोख्रेलः
मेरो कोरिया बसाइ धेरै भएको छ र अर्को कुरा म सोन्सिकको उपाध्यक्ष पनि भईसकेकोले गर्दा मैले धेरै गर्न सक्छु जस्तो लाग्छ। नेपाली बिद्यार्थीका धेरै समस्या छ्न् त्यो म अध्यक्ष भए भने धेरै समाधान गर्छु जस्तो लाग्छ।

साधारण सभापछि अध्यक्षमा बिजयी आस्था बिन्दु मल्लले प्रतिक्रिया दिदै आफू सोन्सिकलाई जस्तो सुकै त्याग गर्न पछि नपर्ने बताउदै नेपाली विद्यार्थीको जस्तो सुकै समस्या समाधनमा नयां कार्यसमिति तयार रहेको बताउनुभएको छ। साथै नंया कार्यसमितीको पहिलो बैठकले सोन्सिकको ८ औ साधारण सभालाई सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ब्यक्त गर्दै आंउदा दिनमा पनि सुझाब र सल्लाहको अपेक्षा राखेको बताएको छ।

२००४ मा जनार्दन शर्माको अध्यक्ष्तामा स्थापना भएको सोन्सिक ८ औ साधारण सभासम्म आईपुग्दा प्रकाश धमलाको नेतृत्वको कार्यसमिती स्मरण योग्य रहेको उपस्थित बिद्यार्थीहरुले प्रतिक्रिया दिएका थिए। धमलाको कार्यकालमा सोन्सिको आफ्नै वेब पेज निर्माण भएको, न्युज जर्नल प्रकाशन गरेको,बिद्यार्थी बीच नेट्वर्किङ स्थापना गरि ८ औं साधारण सभामा धेरै विद्यार्थीको सहभागिता गराउन सकेको भन्दै विद्यार्थीहरुले उनको मुक्त कण्ठले प्रशंसा गरेका थिए।

निवर्तमान अध्यक्ष धमलाले आफ्नो सम्पूर्ण जिम्मेवारी नयां नेतृत्वलाई सुम्पदै आफू सोन्सिकबाट टाढा नरहेको बताउदै आफूले बिगतमा विद्यार्थीको समस्यालाई लिएर गरेको त्याग र कर्तब्य बोधले गर्दा सोन्सिक यो अबस्थामा आएकोमा आफूलाई गर्वको अनुभूति भएको बताउनु भयो। साथै नंया कार्यसमितीलाई आफ्नो सक्दो सहयोग रहने बताउदै सफल कार्यकालको सुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

Recent Videos:

Popularity: 5%

Entry Filed under: Korea News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts

More news....