म्यानहण्टको शीर्ष उपाधि निरजन थापालाई
September 26th, 2011
अनुप सक्सेना / एचकेनेपाल डट कम-
काठमाडौं, ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गरेको म्यान हण्ट इन्टरनेशनल नेपाल २०११ को शीर्ष उपाधि निरजन थापाले जितेका छन्। प्रतियोगितामा १२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै शीर्ष उपाधि जितेका निरजनले फोटोजेनिक टाइटल पनि हात पारे।
आर्मी अफिर्सस कल्बमा आइतवार सम्पन्न भएको प्रतियोगितामा सुबिक केसी फस्ट रनरअप र राजीव शाही सेकेण्ड रनर अप भए।
त्यसैगरी, प्रतियोगितामा सबिक केसीले मिस्टर पर्सनाल्टी, राजीव शाहीले मि. फ्रेण्डशिप, दिनेश महर्जनले बेस्ट हेयर, प्रज्वल गिरीले बेस्ट फिजिक, हेप्पी विक्रम मल्लले मोस्ट पपलर, सदन पन्तले मि. ट्यालेन्टको उपाधि जिते।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले ग्रान्ड फिनालेबाट छनोट भएका बिजेता निरजनलाई दक्षिण कोरियामा सम्पन्न हुने म्यानहन्ट इन्टर्नेशनल २०११ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी गराउंदै छ।
यसअघि, म्यानहण्ट इन्टरनेशनल प्रतियोगितामा सन् २००५ सुह्रिद ज्योतिले नेपालको प्रतिनिधित्व गरेका थिए। यसैगरी २००७ मा चन्दन अग्रवाल तथा २००८ मा रिकेश श्रेष्ठले सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका थिए। चन्दनले मिष्टर पर्सनालिटी तथा रिकेशले मिष्टर फ्रेन्डशिपको अवार्ड जितेका थिए। यसैगरी सन् २०१०मा भने कनिज कोइरालाले सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए।
म्यानहण्ट प्रतियोगिता सन् १९८७ देखि सिंगापुरबाट प्रारम्भ भएको हो। म्यानहण्ट इन्टरनेशनलकै रुपमा यस प्रतियोगिताको पहिलो संस्करण भने सन् १९९३ मा अष्ट्रेलियाको गोल्ड कोष्टमा सम्पन्न भएको थियो।
Recent Videos:
Popularity: 11%
Entry Filed under: Entertainment

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. jon_limbu | August 30th, 2011 at 12:25 pm
ha……….ha
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed