लुटेरासंग प्रतिकार गरेर बहादुरी देखाउने सम्मानित

August 27th, 2011

शौभाग्य आचार्य / एचकेनेपाल डट कम-
पोखरा, कास्कीको सिल्दुजुरे गाविस ९ छाचोकमा लुटेरा समूहको प्रतिकार गरि बहादुरी प्रदर्शन गरेका स्थानीय भोजबहादुर वंशीलाई सम्मान गरिएको छ।

गत साउन ३१ गते राति घरमा एक्कासी घुसेका ४ जना लुटेरा समूहको प्रतिकार गरी गाँउको सुरक्षा र बहादुरी देखाएको भन्दै उनलाई सिल्दुजुरे पोखरा सम्पर्क समाजले एक कार्यक्रमका विच सम्मान गरेको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी इश्वरराज रेग्मी र कास्कीका प्रहरी नायव उपरिक्षक तुलवहादुर कार्कीले संयुक्त रुपमा खादा र सम्मान पत्र प्रदान गरी वंशीलाई सम्मान गरेका हुन्।

कार्यक्रममा वोल्दै कास्कीका सहायक जिल्ला अधिकारी रेग्मीले पछिल्लो समयमा कास्कीको ग्रामिण भेगहरुमा अपराधिक क्रियाकलापहरु बढ्दै गइरहेको वताउदै त्यसका लागि गाउंगाउंमा पनि सुरक्षा व्यवस्थाको उचित पहल गरिने वताए।

कार्यक्रममा वोल्दै कास्कीका प्रहरी नायव उपरिक्षक कार्कीले कास्कीमा पछिल्लो ७ महिनाको अवधिमा विभिन्न प्रकारका अपराधिक क्रियाकलापहरु बढिरहेको वताउदै पश्चिमाञ्चलमा सूचना प्रविधीको पहुँचमा वृद्धि हुँदै जांदा अपराधिक क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्न अफ्ठ्यारो परेको वताए। पछिल्लो समयमा सूचना प्रविधीको विकाससंगै समाजमा नकारात्मक प्रभाव परिहेको उल्लेख गर्दै जथाभावी मोवाइलको सिमकार्ड वितरण गर्दा अपराधिक गिरोहहरुलाई सजिलो भइरहेको वताए।

सिल्दुजुरेको घटना चाउथे र पुम्दीभुम्दीको घटनासंग जोडिएको हो कि भन्नेमा आफूहरुले थप अनुसन्धान गरिरहेको उल्लेख गर्दै कार्कीले अपराधमा संलग्नहरुलाई चाँडै सार्वजनिक गरिने बताए।

कार्यक्रममा सम्मानित व्यक्ति बंशीले आफ्नो अनुभव सुनाउदै आगामी दिनहरुमा पनि त्यस्ता अपराधिक गिरोहलाइ प्रतिकार गर्न आफू पछि नपर्ने वताए।

गत साउन ३१ गते राति घरमा चोरी गर्न लागेपछि प्रतिकारमा उत्रिएका वंशीमाथी लुटेराहरुले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनको दुवै हातमा गम्भीर चोट लागेको छ भने टाउको, छाती र शरीरका अन्य भागमा समेत चोट लागेको छ। घाईते वंशीको दाहिने हातमा १२ टाँका लगाईएको छ भने देव्रे हातमा समेत ४ टाँका लगाईएको छ।

लुटपाटमा संलग्न ३ जना कास्की प्रहरीको नियन्त्रणमा रहेका छन्। पक्राउ पर्नेमा घाचोक स्थानीय घर भएका बाबु थापा, उदयपुर आपँटार स्थायी घर भई हाल पोखरा बस्ने १७ बर्षीय संगम मगर र सप्तरी फत्तेपुर घर भएका २२ बर्षीय रमेश खड्का रहेका छन्।

समूहमा रहेको लुटेराहरुमध्ये ३ जना प्रहरीको नियन्त्रणमा रहेपनि बाँकि १ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts

More news....