माओवादी नेता जमरकट्टेलमाथि आक्रमण

August 27th, 2011

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, अज्ञात समूहले माओवादी सभासद तथा माओवादी मजदूर संगठनका पूर्वअध्यक्ष शालिकराम जमरकट्टेललाई शनिबार साँझ राजधानीमा आक्रमण
गरेको छ।

बबरमहलस्थित निवास जानेक्रममा पौने ८ बजे रातो भाले रेस्टुरेण्टअगाडि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। उनको गर्धनमा धारिलो हतियार प्रयोग भएको बताइएको छ। यसअघि, उनीमाथि गोली प्रहार भएको बताइएको थियो।

घाइते जमरकट्टेललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। अस्पताल लगिएलगत्तै उनको सिटी स्क्यान गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ।

घटनापछि राजधानीका विभिन्न ठाउँमा प्रहरीले चेकजाँच गरेको छ। आक्रमण कसलेगरेको हो थाहा हुन सकेको छैन।

धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद जमरकट्टेल मजदुर संगठनभित्र विवादका कारण पार्टीले हस्तक्षेप गरी अध्यक्षबाट हटाइएको थियो।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts

More news....