न्युज अपडेटः भूकम्पमा मर्नेको संख्या ७२ पुग्यो

September 20th, 2011

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ असोज । नेपाल, भारत र तिब्बतमा आइतवार साँझ गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ।

भूकम्पका कारण भारतमा ४८ जनाको मृत्यु भएको छ भने सिक्किममा मात्र ४१ जनाको मृत्यु भएको छ। त्यसै गरी, नेपाल र तिब्बतमा ७/७ जनाको मृत्यु भएको छ।

९० सालपछि कै शक्तिशाली भूकम्प
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ असोज ।
भूकम्पको धक्काले लैनचौरस्थित वेलायती दूतावासको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ। उनीहरूको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको महानगरीय प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर दानबहादुर थापाले बताएका छन्। मृत्यु हुनेहरूमा गोर्खा हुम्लीचोक- ६ का ३६ वर्षीय साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिषा श्रेष्ठ र सिन्धुली मरिनका वीरबहादुर माझी रहेका छन्।

त्यसै गरी, भूकम्पबाट धरानमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा धरान-१३ फुस्रेस्थित नेपाली सेनाको क्याम्प गेट अगाडि बस्ने २२ वर्षीय सन्तोष परियार र ५ वर्षीय बालक विमल परियार रहेका छन्। घरको छत भत्किदा उनीहरूको मृत्यु भएको जनाएइको छ।

भूकम्पका कारण विहोस भएकी भक्तपुर गठ्ठाघरकी ६५ वर्षीया बृद्धा लीला पौडेलको गएराति उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसै गरी, संखुवासभाको खाँदाबारी नुम १ का लहबहादुर राईका ५ वर्षीय छोरा प्रदिप राई र धनकुटा फलाँटे-५ की ४० वर्षीया मधु कार्कीको मृत्यु भएको छ।

यसैबीच, संखुवासभामा जिल्ला विकास समिति, प्रहरी र बाणिज्य बैंकको कार्यालयसहित १६ घर भत्किएको खबर प्राप्त भएको छ। घर भत्किदा एक प्रहरी जवान घाइते भएका छन्। त्यसै गरी, भक्तपुरमा ७ वटा घरमा क्षति पुगेको जनाइएको छ। त्यस्तै, भूकम्पका कारण वीर अस्पतालमा भागदौड मच्चिँदा १५ जना घाइते भएका छन्। गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापन महाशाखाले भूकम्पमा परेर २७ जना घाइते भएको जनाएको छ।

भूकम्पको धक्कापछि काठमाडौंको जनजीवन अस्तव्यस्त र आतंकित बनेको छ। साँझ करीव साढे ६ बजेर २६ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुस गरिएको हो। अमेरिकी भूगर्भ विभागले ६ दशमलव ८ रिक्टर स्केलको भूकम्पको केन्द्र विन्दू भारतको सिक्किमसँग सिमाना जोडिएको उपल्लो ताप्लेजुङ केन्द्र रहेको जनाएको छ। यो भूकम्प अमेरिकन भूगर्व केन्द्रले मापन गरेको १९९० साल यताकै सबैभन्दा ठूलो भूकम्प हो।

काठमाडौंमा महाभूकम्प आउन सक्ने भविष्यवाणीहरू भइरहंदा आज आएको भूकम्पले राजधानीको जनजीवन आतंकित बनेको थियो। भूकम्पले राजधानीका घरहरू हल्लिएपछि सर्वसाधारणहरू अत्तालिंदै घर बाहिर भागेका थिए।

संसद भवनमा रहेका सभासदहरूसमेत भूकम्पको धक्का महसुस गरेपछि भागाभाग भएका थिए। भूकम्प फेरि पनि आउन सक्ने सन्त्रासले सर्वसाधारणहरू घरभित्र फर्कन सकेका छैनन्।

भूकम्पपछि राजधानीका केही स्थानहरूमा टेलिफोन सेवा अवरूद्ध भएको छ। नेपालको पूर्वी पहाडी भेगहरूमा क्षति हुन सक्ने अनुमान गरिएपनि फोन सम्पर्क हुन नसक्दा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन।

उता सिक्किममा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसैबीच, नेपाल भूगर्भ विभागले भिन्न भिन्न समय गरी देशका विभिन्न भागमा करीव १६ पटक भूकम्पको धक्का महसुस गरिएको जनाएको छ। विभागले पूर्वी नेपालको इलाम, पाँचथर, तेह्रथुम लगायतका जिल्लाहरू भूकम्पको सबैभन्दा बढी प्रभाव परेको जिल्ला बताएको छ।

Recent Videos:

Popularity: 6%

Entry Filed under: News

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. shyam ku,chamling  |  September 18th, 2011 at 11:33 pm

    yo nepal ma bhukampha aaunu le tholo dukha lado kuro ho ahile ko paribesh ma, yasa le sabai desh basi haru lai sokukal banaya ko chhan.

  • 2. MILAN  |  September 19th, 2011 at 2:06 am

    Aba ko palo nepal ma ho ki jasto po lagna thalyo. Japan ma gayeko thiyo, bistarai sarera nepal tira po aauna lagecha ba. aaba ke garne hola ? Kathmandu ma ta kuchuk muchuk ghar banayeka chaan, barbad ta hune hoina ? bhagne thau pani narakhera gharai ghar le bhariye pachi ke garni . Pancheta bhaye aakas tira bhurrrra udna huntyo , pancheta chaina, jamin mai po gadinchu ki kya ho ….

  • 3. namaraj sharma  |  September 20th, 2011 at 1:00 am

    achhamkuika bukamp

  • 4. namaraj sharma  |  September 20th, 2011 at 1:04 am

    nepal kuika achham

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in September, 2011

Most Popular Posts

More news....