चारदिने फिल्म महोत्सव सम्पन्न

October 3rd, 2011

चारदिने फिल्म महोत्सव सम्पन्न
जय भिम कामरेड सर्वोत्कृष्ट
अनुशील श्रेष्ठ / एचकेनेपाल डट कम, अक्टोबर ३-
‘वृत्तचित्र पनि चलचित्र नै हो’ को नारासहित सम्पन्न फिल्म साउथ एसियाको आठौं संस्करणमा आनन्द पटवर्द्धनको जय भिम कामरेड सर्वोत्कृष्ट घोषित भएको छ।

तस्वीरः अनुशील श्रेष्ठ / एचकेनेपाल डट कम

काठमाडौंस्थित कमल पोखरीको कुमारी सिनेमा घरमा आइतबार सम्पन्न महोत्सव समापन समारोहमा उत्कृष्ट फिल्मलाई २ हजार अमेरिकन डलरसहित राम बहादुर ट्रफीको पुरस्कार प्रदान गरियो। ३ घण्टा २० मिनेटको फिल्म जय भिम कामरेडले मुम्बईको महाराष्ट्रमा सन् १९९७ मा भएको १० जना दलित अधिकारकर्मीको हत्या प्रकरणलाई उठाएको छ। समारोहका प्रमुख अतिथि बंगलादेशी फिल्म मेकर क्याथरिना मसुदले अवार्ड प्रदान गर्नु भएको थियो।

त्यसैगरी, श्री लंकाका गाय गुणरत्नेको द टुथ द्याट वासनट देयरले उत्कृष्ट दोश्रो फिल्मको १ हजार डलर सहितको पुरस्कार पायो भने तारिक मसुद डेब्युट फिल्म अवार्डबाट नेपालका दिपेन्द्र भण्डारीले बनाएको जर्नी टु यार्सा पुरस्कृत भयो । जिविकोपार्जनका लागि यार्सा गुम्बा टिप्न हिमाली क्षेत्रमा गएका एक परिवारको कथा समेटिएको यस फिल्मले १ हजार अमेरिकन डलर सहितको पुरस्कार पायो। त्यस्तै स्पेशल मेन्सन अवार्ड बर्माको फिल्म नर्गिस हृवेन टाइम स्टुपिड ब्रेथिङ ले प्राप्त गर्यो।

४ दिनसम्म चलेको महोत्सवमा अफगानिस्तान, बंगालदेश, बर्मा, भारत, नेपाल, पाकिस्तान, श्रीलंका र स्वशासित क्षेत्र तिब्बतका चार सयबाट छानिएका ३६ चलचित्र प्रदर्शन भएका थिए।

महोत्सवमा करिब २० फिल्ममेकरको उपस्थिति रहेको थियो। फिल्म साउथ एसियाका सहनिर्देशक उपासना महोत्सवबाट काठमाडौंका दर्शकले वास्तविक फिल्मी स्वाद पाएको बताइन्। महोत्सव अवधिभर दर्शकको उत्साहजनक सहभागीता रहेको थियो।

चलचित्रबाहेक यस महोत्सवमा अन्य तीन विशेष कार्यक्रम सम्पन्न भएका थिए । पहिलो, द युनिभर्स फ्रम नाइट्रेट टु युटुब नामक डकुमेन्ट्री, यसमा तारेक मसुदको स्मृति संवाद थियो जसमा नुपुर बासु, यास्मिन कबिर र सतीश शर्मा सहभागी थिए । दोस्रो, श्रीलंकाको किलिङ्ग फिल्ड्स मा समाविष्ट मानव अधिकारसम्बन्धी बहसलाई अधिकारकर्मी तपन बोसले सञ्चालन गरेका थिए । फिनल्यान्डका वाइएलइ टिभीका कमिसनिङ सम्पादक आइका बेखालाहठीको सञ्चालनमा वृत्तचित्रको अन्तर्राष्ट्रिय लगानी र वितरणसम्बन्धी अन्तिम प्रस्तुति रहेको थियो।

राजधानीमा चारदिने फिल्म महोत्सव
अनुशील श्रेष्ठ / एचकेनेपाल डट कम, सेप्टेम्बर २८-
काठमाडौं, ११ असोज । ‘वृत्तचित्र पनि चलचित्र नै हो’ को नारासहित २९ सेप्टेम्बरदेखि फिल्म साउथ एसियाको आठौं संस्करण शुरु हुदैछ।


काठमाडौंस्थित कमलपोखरीको कुमारी सिनेमाघरका दुवै हलमा २ अक्टोबरसम्म चल्ने महोत्सव दिपेन्द्र भण्डारीको जर्नी टु यार्साबाट सुरु हुनेछ। महोत्सवमा अफगानिस्तान, बंगालदेश, बर्मा, भारत, नेपाल, पाकिस्तान, श्रीलंका र स्वसासित क्षेत्र तिब्बतका ३६ चलचित्र प्रदर्शन हुनेछन्। यीमध्ये ६ चलचित्रको यसै महोत्सवमा दक्षिण एशियाली प्रिमियर हुनेछ।

वास्तविक कथावस्तुमा आधारित यी सिनेमाहरु चार सय चलचित्रबाट छानिएका हुन्। छनौट प्रकृयाका लागि मात्र तीन महिना लागेको महोत्सवकी निर्देशक उपासना श्रेष्ठ बताउँछिन्। निर्णायकहरुले छानेको सर्वोकृष्ण चलचित्रले दुइ हजार अमेरिकी डलर, दोस्रो र नव फिल्ममेकरले एक-एक हजार डलर पुरस्कार पाउनेछन्। महोत्सवमा करिब २० फिल्ममेकरको उपस्थितीको अपेक्षा गरिएको छ जसले सिनेमा प्रदर्शनीपछिको छलफललाई नेतृत्व पनि गर्नेछन्।

फिल्म साउथ एसियाप्रति उत्साही निर्देशक उपासना यो महोत्सव दक्षिण एसिया कै प्रमुख ‘नन्फिक्सन इभेन्ट’को रुपमा विकसित भएको बताउँछिन्। सहनिर्देशक ओजस्वी थामीले काठमाडौंका दर्शकले यस महोत्सवमा वास्तविक फिल्मी स्वाद पाउने विश्वास लिएकी छन्।

चलचित्र बाहेक यस महोत्सवमा तीन विशेष कार्यक्रम हुनेछन्। पहिलो, डकुमेन्ट्रीः द युनिभर्स फ्रम नाइट्रेट टु युटुब नामक तारेक मसुदको स्मृति संवाद हुनेछ जसमा नुपुर बासु, यास्मिन कबिर र सतिस शर्मा सहभागी छन् । दोस्रो, श्रीलंकाको किलिङ्ग फिल्ड्स मा समाविष्ट मानव अधिकार सम्बन्धी बहसलाई अधिकारकर्मी तपन बोसले अगाडि बढाउने छन्। वृत्तचित्रको अन्तर्रराष्ट्रिय लगानी र वितरण सम्बन्धि अन्तिम प्रस्तुतिको बागडोर सम्हाल्नेछन्, फिनल्याण्डका वाइएलइ टिभीका कमिशनिंग सम्पादक आइका बेखालाहठीले।

Recent Videos:

Popularity: 6%

Entry Filed under: Entertainment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in October, 2011

Most Popular Posts

More news....