कोरियाको समस्याबारे काठमाण्डौमा अन्तरक्रिया हुने

October 14th, 2011

खेम कार्की / एचकेनेपाल डट कम-
दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आयोजनामा दक्षिण कोरियामा रहेका नेपालीको समस्याबारे यही अक्टुबर १५ तारिख काठमाडौमा अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलन हुने भएको छ।

नेपाल कोरिया व्यापार संघ दक्षिण कोरिया र एनआरएन दक्षिण कोरियाको सहयोग तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको संयोजनमा सूचना विभागको सभाहलमा शनिवार विहान सो कार्यक्रम तय भएको हो।

पत्रकार सम्मेलनबाट विभिन्न संचार माध्यममा दक्षिण कोरियाका नेपालीका समस्याहरु पुरयाउने तथा अन्तरक्रियाबाट समाधानको निकास खोजिन लागेको बताइएको छ।

दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीहरुको विभिन्न समस्याको सम्बन्धमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले तय गरेको पूर्व निर्धारित अन्तरक्रिया कार्यक्रममा एनआरएन दक्षिण कोरिया र नेपाल कोरिया व्यापार संघले सहयोग गरेपछि कार्यक्रमलाई फलदायी बनाउन सहयोग मिल्ने आयोजकले विश्वास लिएको छ।

कार्यक्रमलाई फलदायी बनाउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले व्यवस्थापनको विशेष भूमिका निर्वाह गरी महासंघको केन्द्रीय कार्यालय अवस्थित सूचना विभागको सभाहलमा कार्यक्रम गर्ने तय भएको छ।

एयरपोर्ट नजिक रहेको सो स्थानमा २८ गते शनिवार विहान ८ बजेदेखि हुने कार्यक्रममा श्रम सचिव, गृह सचिव, इपिएसका डाईरेक्टर, कोरियाका लागि नेपालको तर्फाबाट निवर्तमान उपनियोग प्रमुख यादव खनाल, नेपालका लागि दक्षिण कोरियाका एम्बेस्डरलगायत विभिन्न क्षेत्रका अतिथिहरु आउने बताइएको छ।

प्रधानमन्त्री भट्टराइले व्यस्त कार्यतालिका भए पनि समय मिलाउने प्रयास गरिने भनिएको भएपनि हालसम्म स्वीकृति पत्र नआईसकेको आयोजकले बताएको छ। प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन नसकेमा उहाँको कार्यालयमानै पुगेर ज्ञापन पत्र बुझाउछौ अध्यक्ष त्रिपाठीले बताउनुभयो। कार्यक्रमले कोरियामा नेपालीले भोग्नुपरेका इपिएसका श्रम सम्बन्धी, वैवाहिक, विधार्थी, लगानी, व्यापार जस्ता धेरै क्षेत्रका समस्याहरुलाई एकै ठाउमा प्रस्तुत गरि सम्बन्धित क्षेत्रको ध्यानकर्षण गराउन विशेष सहयोगी हुने आयोजक पत्रकार महासंघ दक्षिण कोरिया शाखा अध्यक्ष रघु त्रिपाठीले जानकारी दिएका छन्।

कार्यक्रममा त्रिपाठीसंगै महासंघसंग आवद्ध पत्रकारहरु, तथा एनआरएन दक्षिण कोरियाका विश्व सम्मेलन चुनावका उम्मेदवार सहितका प्रतिनिधिहरु रुद्र शर्मा, तेन्जी शेर्पा,गंगा राई, देवी बहादुर बस्नेत, के.पि सिटौला , मणिक लामा महिला सदस्य गोमा कट्वाल ब्यपार संघका अध्यक्ष मदन केसीसहितका एनआरएन सदस्यहरु तथा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउले सहितका पदाधिकारी तथा पत्रकारहरु, विभिन्न संघ संस्थाको तर्फबाट प्रतिनिधिहरुको पनि उपस्थिती रहने बताइएको छ।

नेपाली समुदायको कोरियामा बढ्दो उपस्थितिसंगै झन समस्या विकराल रुपले बढिरहेको बेला दक्षिण कोरियाका नेपाली समुदायको समस्यालाई नेपालमा सरकारी निकायहरु , इपिएस जस्ता श्रमिक सम्बन्धी कार्यालयहरु र दक्षिण कोरिया जान चाहने आम नेपालीहरुमा दक्षिण कोरीयाको यथार्थ स्थितिको बारेमा जानकारी दिने तथा सम्बन्धित निकायमा समस्या समानार्थ दवाव दिने जस्ता काम अभियानकै रुपमा चाल्नुपर्ने आवश्यकता भएकोले यस कार्यको लागि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले पहल गरिदेओस भनी लिखित प्रतिवेदन समेत कोरिया शाखाको तर्फबाट पेश गरिएको थियो।

यसै गरी, समस्या जानकारी गराउने क्रममा कोरिया शाखा अध्यक्ष र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउले एसिया पत्रकार महासंघका उपाध्यक्ष विष्णु निष्ठुरी पूर्व अध्यक्ष धर्मेन्द्र झालगायत नागरिक न्यूज तथा कान्तिपुरका पत्रकारहरु संघ भेटवार्ता भएको थियो।

भेटको अवसरमा नेपालीले केही समयदेखि दक्षिण कोरियामा भोग्दै आएका इपिएसमा देखिएको कामको समस्या, श्रमसहचारी नियुक्तिमा भएको ढिलाई, वैवाहिक भिसामा आउदाका समस्या, व्यापारिक भिसाका बारेमा भ्रम, विधार्थीहरुका समस्या तथा दक्षिण कोरियामा बढ्दो आत्महत्या र मानसिक समस्या जस्ता कुराहरुबारे भएका छलफलपछि संयुक्त रुपमा यस्तो अन्तरक्रिया कार्यक्रम गरी समस्या समाधान प्रयास गर्ने निष्कर्ष निकालिएको थियो।

कोरियामा हाल १५ हजारको हाराहारीमा नेपाली बसिरहेका छन्। जसमा वहुसंख्यक कामदार रहेका छन। इपिएस प्रक्रियाबाट तेश्रो चरण अन्तरगत १५ हजार २९८ नेपाली पास भई आउने क्रममा छन। यसैगरी विवाह गरी आएका चेलीको विकराल अवस्था, दुर्घटना विमा जस्ता कुराहरु निश्चित नभएका विधार्थीका समस्या जस्ता अनेक समस्या समाधानमा यो कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ।

कार्यक्रमलाई सफल पार्न कोरियाबाट हाल नेपालमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिन समेत अनुरोध गरिएको छ।

यसैगरी, कोरियाको बारेमा बुझन चाहनेको लागि पनि कोरियाका अनेक समस्या बुझन यसले सहयोगी भूमिका खेल्ने हुदा लेखक, बुद्धिजीवी, विश्लेषक, शिक्षक, राजनीतिकर्मी, विधार्थी, मजदुर लगायत सम्पूर्ण क्षेत्रका प्रतिनिधिले समेत कार्यक्रममा सहभागिता जनाईदिन हुन नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको तर्फबाट अनुरोध समेत गरिएको छ।

Recent Videos:

Popularity: 4%

Entry Filed under: Korea News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in October, 2011

Most Popular Posts

More news....