पोखरा खेलकुद महोत्सवः कसले केमा जिते?

October 22nd, 2011

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ५ कार्तिक। पोखरामा शनिबार सम्पन्न भएको कास्की जिल्ला स्तरीय बृहत खेलकुद महोत्सवमा ४ स्वर्ण पदकसहित अर्मला गाविस उत्कृष्ट खेलकुद गाविस घोषित भएको छ।

कास्कीमा रहेका ४३ गाविस मध्य बृहत खेलकुद महोत्सवमा २३ वटा गासिवहरुले सहभागिता जनाएको थिए।

१८ वटा खेलहरु एकै पटक आयोजना गरी एक सय ८० स्वर्ण पदकको लागि प्रतिष्पर्धा गराईएको सो प्रतियोगिता अर्मलाले ३ वटा सितोरीयो कराँते र एउटा एथ्लेटिक्समा स्वर्ण पदक ल्याउदै गाविसमा उत्कृष्ट भएको हो।

समापन समारोहको अवसरमा अर्मला गाविसलाई ट्रफिसहित उत्कृष्ट गाविस घोषणा गरीएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य दिलिप विक्रम शाही, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईराला, नेपाल हृयाण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङलगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

उसु प्रतियोगिता सम्पन्न
शनिबार उसु प्रतियोगिता सम्पन्न भएको छ । ४५ केजी तौल समूहमा लक्ष्मण श्रेष्ठले स्वर्ण पदक जितेका छन । ४८ केजी तौल समूहमा मिलन शेर्पाले स्वर्ण पदक ५२ केजी तौल समूहमा नारायण बहादुर मगरले स्वर्ण पदक ५६ केजी तौल समुहमा विम थापाले स्वर्ण पदक ६० केजी तौल समूहमा मनिष कुमार विकले स्वर्ण पदक ६५ केजी तौल समूहमा लोकबहादुर सुनारले स्वर्ण पदक जितेका छन। यस प्रतियोगितामा ६० जना खेलाडीहरुले सहभागिता जनाएका थिए।

विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटा, कास्की जिल्ला उसु संघका अध्यक्ष शान्तराज बतास लगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे क्रिकेट क्लबलाई स्वर्ण पदक
पोखराको माछापुच्छ्रे क्रिकेट क्लबले पोखरामा शनिबार सम्पन्न भएको बृहत खेलकुद महोत्सव अर्न्तगत क्रिकेट प्रतियोगितामा स्वर्ण पदक जितेको छ।

शनिबार पोखरा नगर प्रशिक्षण केन्द्रमा सम्पन्न भएको फाईनल खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखराकै कंक्रा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी स्वर्ण पदक हात पार्न सफल भएको हो।

पहिला ब्याटिङमा उत्रिएको कंक्राले अलआउट हुदै १ सय २२ रनको योगफल तयार पारेको थियो । १ सय २३ रनको चुनौती पाएको माछापुच्छ्रेले ४ विकेटको क्षेतिमा १९ दशमलव १ ओभरमा लक्ष्य पुरा गरी जित हासिल गरेको हो।

माछापुच्छ्रे क्लबका दिपेश खत्रिले ५८ रन मनोज कोईरालाले ३६ रन जोडेका थिए भने दिपेशले ३ विकेट लिएका थिए । कंक्राका नवराज गुरुङले ४३, अनिल गुरुङले १६ रन जोडेका थिए । विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईराला, नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष डाक्टर विरेन्द्रसिंह गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो। आगामी फागुनमा हुने छैटौ बृहत खेलकुद महोत्सवमा कास्कीबाट खेलाडी छनौट हुने प्रशिक्षक जगत टमटाले जानकारी दिनु भयो।

ब्याण्डमिन्टन प्रतियोगितामा पुनमलाई स्वर्ण पदक
राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी पुनम गुरुङले पोखरामा जारी बृहत खेलकुद महोत्सव अर्न्तगत महिला ब्याडमिण्टन प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।

शनिबार भएको फाईनल खेलमा सरस्वती बुढा थोकीलाई सोझो सेटमा पराजित गरी स्वर्ण पदक जितेकी हुन्। माया गुरुङले कास्य पदक जितेकी छन्।

डबल महिला तर्फ सरीता गुरुङ र प्रतिभा गुरुङले माया गुरुङ र माया पुनलाई सोझो सेटमा पराजित गरी स्वर्ण पदक जितेका हुन्।

पुरुष एकल तर्फ शम्भु श्रेष्ठले भुगोल गुरुङलाई पराजित गरी स्वर्ण पदक जितेका छन्। पुरुष डबल तर्फको खेलमा भुगोल गुरुङ र शम्भु श्रेष्ठको जोडीले आसिष श्रेष्ठ र नरबहादुर गुरुङको जोडीलाई पराजित गरी स्वर्ण पदक जितेका छन्।

मिक्स डबलमा पुनम गुरुङ र शम्भु श्रेष्ठको जोडीले माया पुन र नरबहादुर पुनलाई पराजित गरी स्वर्ण पदक जितेका छन। रामकृष्ण अर्याल र माया गुरुङले काँस्य पदक पाए।

तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण पदकसहित शुक्रराज तेक्वान्दो डोजाङ उत्कृष्ट
पोखरामा शनिबार सम्पन्न भएको बृहत खेलकुद महोत्सव अर्न्तगत तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण ३ रजत पदकसहित शुक्रराज तेक्वान्दो डोजाङ उत्कृष्ट भएको छ। त्यसै गरी राम देक्वान्दो डोजाङले ३ स्वर्ण पदक २ रजत र २ कास्य पदक पदक सहित दोश्रो स्थानमा रहेको छ। २ स्वर्ण पदक १ रजत पदक सहित युनिभर्स तेक्वान्दो स्कुल तेश्रो भयो।

पुरुष ३८-४२ केजी तौल समूहमा युनिभर्स तेक्वान्दो स्कुलका सुजित गुरुङले स्वर्ण पदक, पार्दी तेक्वान्दो स्कुलका अन्जन थापाले रजत पदक जितेका छन। ४२-४६ केजी तौल समूहमा लेखनाथ तेक्वान्दो डोजाङका सुदिप सुनारले स्वर्ण पदक जिते भने शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका सुशान्त गुरुङले रजत, ४६-५० मा शुक्रराजका दिपेश विष्टले स्वर्ण पदक, मझेरी तेक्वान्दो डोजाङका साजन राईले रजत, ५०-५४ मा पोखरा तेक्वान्दो डोजाङका समिर गुरुङले स्वर्ण पदक, पार्दीका राजकुमार गुरुङ रजत, ५४-५८ मा अमरसिंह तेक्वान्दो डोजाङका महेश थापाले स्वर्ण पदक, रामका अनिल रिमालले रजत पदक जितेका हुन्।

त्यसै गरी २०-२३ मा सशिद स्मृति स्कुलका खेम गुरुङले स्वर्ण पदक, रामका दिपेश थापाले रजत, २३-२६ मा रामकै वसन्त भट्र्राईले स्वर्ण पदक वालकल्याण तेक्वान्दो स्कुलका विजय तामाङले रजत, २६-२९ मा गुड सेर्फड तेक्वान्दो स्कुलका रविन्द्र चौधरीले स्वर्ण पदक, फिस्टेल तेक्वान्दो स्कुलका सुलभ कार्कीले रजत पदक, २९-३२ मा युनिभर्सका पुकार सुवेदीले स्वर्ण पदक, यासुदाका सौरभ क्षेत्रि रजत, ३५-३८ मा रामका विनोद थापाले स्वर्ण पदक, मझेरीका पुर्ण थापाले रजत, ५८-६३ मा शुक्रराजका सुरज परियारले स्वर्ण पदक, पोखरा तेक्वान्दो डोजाङका सुन्दर गुरुङले रजत जितेका छन्।

त्यसै गरी महिला तर्फ३८-४२ मा शुक्रराजकी प्रतिक्षा सुवेदीले स्वर्ण पदक, यासुदाकी रक्षा खाँडले रजत, ३५-३८ मा यासुदाकी अस्मीता गुरुङले स्वर्ण पदक, सगरमाथा डोजाङकी शान्ति नेपालीले रजत, ४६-४९ मा रामकी प्रशंसा क्षेत्रिले स्वर्ण पदक, शुक्रराजकी मनिसा परियारले रजत, ४९-५३ मा पोखरा डोजाङकी तारा जिसी स्वर्ण पदक, शुक्रराजकी सन्जु थापाले रजत जितेको कास्की जिल्ला तेक्वान्दो संघका सचिव प्रेमनारायण न्यौपानले बताउनु भयो। प्रतियोगितामा यासुदाकी अस्मीता गुरुङ र लेखनाथका सुदिप सुनार वेष्ट फाईटर घोषित भए।

विजयी खेलाडीहरुलाई कास्की जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष अर्जुन थापा, रेवान पोखराका उपाध्यक्ष गोपी भट्र्राई, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष वसन्त शर्मा भट्र्राईलगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

अनिल शाहीलाई लनटेनिसमा स्वर्ण पदक
पोखरामा जारी बृहत खेलकुद महोत्सव अर्न्तगत लनटेनिसको एकल पुरुषतर्फ अनिल शाहीले स्वर्ण पदक जितेका छन्।

शनिबार प्रर्स्याङ टेनिस कोर्टमा सम्पन्न भएको फाईनल खेलमा अनिलले तारामान गुरुङलाई २-६, ६-२, ७-५ को सेटमा पराजित गरी स्वर्ण पदक जितेका हुन्।

महिला एकल तर्फगंगा शर्माले ऋतु गुरुङलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जितेकी छन्।

डबल्स तर्फको खेलमा विनोद कायस्थ र दोर्जे लामाको जोडीले डिआईजी दुर्जकुमार राई र निरज थापाको जोडीलाई ७-५,७-५, ६-२ को सेटमा पराजित गरी स्वर्ण पदक जितेका छन्।

ज्ञान क्लब अर्चलवोटलाई बास्केटवलमा स्वर्ण पदक
पोखरा अर्चलवोटको ज्ञान क्लबले पोखरामा शनिबार सम्पन्न भएको बृहत खेलकुद महोत्सव अर्न्तगत बास्केटवल प्रतियोगितामा स्वर्ण पदक जितेको छ।

फाईनल खेलमा ज्ञान क्लबले घान्द्रुकको रोदी क्लबलाई ६१-५३ स्कोरले पराजित गरी स्वर्ण पदक जितेको छ। घान्द्रुकका सुसिल गुरुङले हाई स्कोररको उपाधि पाए। उनले २१ स्कोर गरेका थिए।

ताङतिङ युवा क्लबले पोखरा उपमहानगरपालिका वडा नम्बर १० लाई ५८-४५ को स्कोरले पराजित गरी काँस्य पदक जितेको छ।

श्यामसुन्दर ताम्राकारलाई बुद्धिचालमा स्वर्ण पदक
पोखराका श्याम सुन्दर ताम्राकारले पोखरामा शनिबार सम्पन्न भएको बृहत खेलकुद महोत्सव अर्न्तगत बुद्धिचाल प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

उनले ६ अङकका साथ प्रथम हुदै स्वर्ण पदक जितेका हुन्। त्यसै गरी, प्रोग्रेसीपका आधारमा ६ अङक ल्याएका भुमि गुरुङले रजत पदक जितेका छन्।

सुरज गुरुङले कास्य पदक जितेका छन । पोखराको ग्लोवल कलीजीयट उच्च माबिमा ५ दिनसम्म ७ चरणमा उक्त प्रतियोगिता संचालन भएको कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष बाबुराम पन्तले बताउनु भयो।

विजयी खेलाडीहरुलाई नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य अग्नि कंणेलले पुरस्कार वितरण गर्नु भएको थियो।

भलिवलमा ज्ञानुबाबालाई स्वर्ण पदक
महिला भलिवलमा अब्बल सावित भएको पोखरा मिरुवाको ज्ञानुबाबा आवासिय उच्च माबिले पोखरामा जारी बृहत खेलकुद महोत्सव अर्न्तगत महिला भलिवलमा स्वर्ण पदक जितेको छ।

पोखरा रंङगशालामा शनिबार सम्पन्न भएको फाईनल खेलमा ज्ञानुबाबाले पोखरा १७ को समूहलाई २५-१६,२५-१०,२५-१३ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जितेको हो। पल्सर बर्ष खेलाडीसमेत घोषित भएकी सिपोरा गुरुङ फाईनल खेलमा नदेखिदा दर्शकहरुले समेत अचम्म मानेका थिए। यस बिषयमा कास्की जिल्ला भलिवल संघका अध्यक्ष अनिल सिंहले सिपोरा जस्तो खेलाडीले एकाएक प्रतियोगितामा सहभागी नजनाउनाले आफूहरुलाई समेत खिन्न लागेको गुनासो गर्नु भयो।

पोखरा रामघाटको टप्स उच्च माबिले सृजना उच्च माबिलाई २५-७,२५-११,२५-४ को सोझो सेटमा पराजित गरी काँस्य पदक जितेको छ।

त्यसै गरी घान्द्रुकले पुरुष भलिवलमा स्वर्ण पदक जितेको छ। निकै प्रतिष्पर्धामा शनिबार सम्पन्न भएको फाईनल खेलमा घान्द्रुकले अर्मला गासिवलाई २५-२०,२७-२५,२५-२७,२१-२५,१८-१६ को सेटमा पराजित गरी स्वर्ण पदक जितेको हो। प्रतियोगिता हेर्न दर्शकहरुको ठूलो भिड नै लागेको थियो।

लुम्ले गाविसले वाकओभरमा विजयी हुदै काँस्य पदक पायो। धम्पुस गाविसले वाक ओभर दिएको हो।

बक्सिङ प्रतियोगिता सम्पन्न
बृहत खेलकुद महोत्सव अर्न्तगत शनिबार बक्सिङ प्रतियोगिता सम्पन्न भयो । शनिबार सम्पन्न भएको ५४ केजी तौल समूहमा पुर्णबहादुर पाईजाले स्वर्ण पदक जितेका छन्।

राजचन्द्र ढकालले रजत र देवेन्द्र मल्लले काँस्य पदक जिते। ६० केजी तौल समूहमा कालिबहादुर पाण्डेले स्वर्ण पदक, राजु श्रेष्ठले रजत, ६४ केजी तौल समूहमा हरि प्रसाद पुनले स्वर्ण पदक, सम्पत श्रेष्ठले रजत पदक, ६८ केजी तौल समूहमा मधुसुधन श्रेष्ठले स्वर्ण पदक, युवराज थापाले रजत, ६४ केजी तौल समूहमा शिव पौडेलले स्वर्ण पदक, हरी परियार रजत पदक जितेका छना प्रतियोगितामा उत्कृष्ट खेलाडी पुर्णबहादुर पाईजा घोषित भए।

Recent Videos:

Popularity: 5%

Entry Filed under: Sports

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in October, 2011

Most Popular Posts

More news....