गोर्खा आन्दोलनका लागि कार्यगत एकता

December 25th, 2011

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन । गोर्खा आन्दोलनमा सक्रिय रहेका चार प्रमुख संगठनहरु कार्यगत एकता गर्न सहमत भएका छन्।

लण्डनस्थित नेपाली दूतावासमा शनिबार भेला भएका उनीहरुले गोर्खाहरुको माग सम्बोधन गराउन बेलायत सरकारलाई सबै संगठनहरु मिलेर ठुलो धक्का दिने बताए।

डा. चन्द्र लक्जम्बाले संयोजन गरेको कार्यक्रममा सहभागि ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (विजीडब्लुएस)का अध्यक्ष टिकेन्द्रदल देवान, संयुक्त ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (युविजीइए), युकेका संयोजक ज्ञानराज राई, नेपाल भूतपूर्व सैनिक संघ, (नेसा) युकेका अध्यक्ष केश बहादुर गुरुङ, ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बि गेसो)का कार्यबाहक सभापति सन्तोष थलङलगायतले गोर्खा आन्दोलनमा एकमत हुने बताएका हुन।

एउटै उद्धेश्य प्राप्तिका लागि गठन भएका विभिन्न संगठनहरुको आपसी सहकार्यले आन्दोलन सफल हुने उनीहरुले दाबी गरेका छन।

कार्यक्रममा बोल्दै विजीडब्लुएसका अध्यक्ष टिकेन्द्रदल देवानले सहकार्य अहिलेको आवश्यकता भएको बताए। उनले प्रमुख आन्दोलनकर्ता संगठनहरुको छिट्टै बस्ने अर्को बैठकले बृहत भेला आयोजना गरी कार्यगत एकताका सवालमा स्पष्ट पार्ने जानकारी दिए। गोर्खाहरुको मागमा आफ्नो संगठनले युरोपियन अदालतमा मुद्धा दायर गरिसकेको बताउंदै देवानले प्रभावकारी कदममा सहयोगको अपेक्षा गरे।

युबिजीइएका युके संयोजक ज्ञानराज राईले गोर्खालीहरुको समस्या समाधानका लागि जस्तोसुकै एकता गर्न तयार रहेको बताए। युबिजीइए हिजो, आज र भोलि पनि आन्दोलनको सफलताका लागि एकता गर्न तयार रहेको राइले जानकारी दिए।

संस्थाले सञ्चालन गरेको हस्ताक्षर अभियान बेलायतस्थित विभिन्न बरो काउन्सील र युनाइट दी युनियनको सहयोगी आश्वासनले पर्ख र हेरको अवस्थामा रहेको उनले बताए।

नेसा युकेका अध्यक्ष केश बहादुर गुरुङले एकता हामी सबै गोर्खालीहरुको चाहना भएकोले यसलाई छिट्टै अगाडि बढाउ आग्रह गरे। एकताप्रति प्रतिबद्ध र कटिबद्ध हुन आग्रह गर्दै गुरुङले समान पेन्सन, गोर्खा भर्ति लगायतका विषयमा सबै एकमत हुनुपर्ने बताए।

बि गेसोका कार्यवाहक अध्यक्ष सन्तोष थलङले गेसोका अध्यक्ष पदम गुरुङका कारण कार्यगत एकता हुन नसकेको बताउंदै एकताका लागि अब बाटो खुलेको दाबी गरे।

संयोजक डा. चन्द्र लक्जम्बाले आन्दोलनका घटकहरुबीचको सहमतिले उपलब्धि प्राप्ति गर्न सहज हुने बताए। उनले कार्यगत एकताका लागि बृहत आमसभा गरी छिट्टै निर्णयमा पुगिने जानकारी दिए।

सो अवसरमा उनीहरुले राजदूत डा. सुरेशचन्द्र चालीसेमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई एक पटक लिइसकेको नागरिकता नखोसिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्रमा देवान, राई, गुरुङ र थलङले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्र संबिधानसभा अध्यक्ष, संबैधानिक समितिका सभापति, मौलिक अधिकार समितिका सभापति र परराष्ट्र मन्त्रालयलाई बोधार्थ गरिएको छ।

कार्यक्रममा करीब दुइ दर्जन बढि गोर्खालीहरुको सहभागिता रहेको थियो। एकता कार्यक्रममा आन्दोलनको एक घटक गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लाई सहभागि गराइएको थिएन।

Recent Videos:

Popularity: 4%

Entry Filed under: News, बेलायत समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. HB Tamang  |  December 28th, 2011 at 9:24 am

    Yahanhau ko bagalima chhura mukhama ram ram ta hoina kinabhane, chhatima hat rakhera manbhitra batai sapha dekhnu saknu paryo,thau thauma chukeko jasto nahos,Ekta ko subhakamana sathai Happy New Year.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in December, 2011

Most Popular Posts

More news....