राजा, रानी र युवराज हटाइने
July 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
राजा, रानी र युवराजलाई सरकारी तथा अर्ध सरकारी संस्थाको संरक्षक, अध्यक्ष तथा कुलपतिबाट हटाउने बिधेयक प्रतिनिधिसभामा पेश गरिएकोछ।
पशुपति क्षेत्र विकास कोषको संरक्षकमा राजा र सञ्चालक समितिको अध्यक्षमा रानी रहने व्यवस्थालाई खारेज गरिएकोछ। कोषको संरक्षकमा प्रधानमन्त्री र समितिको अध्यक्षमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था गरिएको छ।
विधेयकमा महेन्द्र सस्कृत विश्वविद्यालयको नाम परिवर्तन गरी नेपाल संस्कृत विश्वविद्यालय राख्न प्रस्ताव गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको कुलपति राजा रहने व्यवस्थालाई समेत हटाई कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था गरिएको छ।
Popularity: 19%
Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. suman | July 28th, 2006 at 9:13 pm
yo kura thik ho
2. Ghayal | July 29th, 2006 at 8:15 am
हैन जताततै प्रधानमन्त्री नै किन? शिक्षा क्षेत्रमा त शिक्षा-मन्त्री नै कुलपति भए भैहाल्यो नि । अनि महेन्द्र सस्कृत विश्वो विद्यालयको नाम बदले जस्तै त्रिभुवन विश्वो विद्यालयको नाम किन न बदलेको? मेरो विचारमा यो पनि बदलिनु पर्छ । कि कसो हो पाठक वर्गहरु?
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed