बेलायतमा मेलमिलाप दिवस

January 3rd, 2012

बिज्ञान प्रसाई / एचकेनेपाल डट कम-
लण्डन, ३ जनवरी । नेपाली जनसम्पर्क समिति युकेले राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रम आयोजना गरेको छ।

सन् १९७६ डिसेम्बर ३० का दिन स्वर्गीय बीपी कोइरालाले नेपालको राष्ट्रियताको खतरा महसुस गरी राष्ट्र रहे राजसंस्था, पार्टी र नेता रहनेरसमाजवाद प्रजातन्त्रको आन्दोलन दीगो हुने महसुस गरी वैदेशिक हस्तक्षेपलाई नकार्दै प्राणको बाजी लगाइ स्वदेश फिर्ता भएको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समितिका उपसभापति भीम राईले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि डा. सम्पूर्णनन्द ढुंगानाले ढुंगानाले देशमा साम्प्रदायिकता बढेका बेला जनजाति एवं मधेश आन्दोलन चर्किरहेका बेला सम्पूर्ण समस्या हल गर्न शान्ति र संविधानलाई निष्कर्षमा पुर्र्याउन बीपीले देखाएको राष्ट्रिय मेलमिलाप नै एक मात्र मन्त्र भएकाले सम्पूर्ण देश उनले देखाएको बाटोमा हिड्नुपर्ने बताए।

यसैगरी कार्यक्रमका प्रमुख वक्ता शिवजी श्रेष्ठले बीपीले प्राण बाजी लगाई राष्ट्रियता र प्रजातन्त्र जोगाउन देश फर्कदा तत्कालीन भारतका प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीलाई रानी मान्नुभन्दा राष्ट्रियताको लागि राजसंस्थासँग घाँटी जोड्न तयार छु तर इण्डियासँग आफू झुक्न तयार नभएको खुलासा गरेको र स्वदेशमा आउने वित्तिकै जेल चलान गरिएको स्मरण गराउँदै तत्कालीन अवस्थामा बीपी नेपाल नफर्केको भए नेपाल पनि सिक्किमजस्तै बन्ने अवस्था रहेको बताए।

नेपाली कांग्रेसका महासमिति सदस्य विज्ञान प्रसाईले बीपीको राष्ट्रिय मेलमिलाप अहिले पनि त्यत्तिकै सान्दर्भिक भएको बताए। मेलमिलापको अपरिहार्य पार्टीभित्र, पार्टी बाहिर संसदभित्र सरकारभित्र साथै सम्पूर्ण आदिवासी जनजातिबीच राष्ट्रिय हितलाई सर्वोपरी राखी मेलमिलाप गर्नुपर्ने आवश्यकता अझै छ उनले भने। राजनीति दलहरुले भन्दै आएको सहमतीय आधारको जिम्मा काङ्ग्रेसले लिएबाट नेपाली काङ्ग्रेस सरकार बाहिर बसेर पनि मुलुकको हितको जिम्मेवारी लिन अघि बढेको र मुलुककै राजनीतिक नेतृत्व लिएको देखिन्छ। अहिले वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक छ। राजनीतिक दलहरुबीच मेलमिलाप गराई राष्ट्रिय अखण्डता कायम राख्दै नयाँ संविधान बनाउन पार्टीहरूबीच मेलमिलाप र सहमतीय वातावरण आवश्यक छ।

यसैगरी पूर्व सभापति विनोद मोक्तानले हामी आज राष्ट्रिय मिलमिलाप दिवस मनाइ रहँदा नेपाल जनसम्पर्क समितिको नेतृत्व गुटबन्दीमा लागेको, विधान मिची संगठन चलाइएको, पारदर्शीता भंग गरेको, सडक सडकमा नेपाली कांग्रेसको सक्रिय सदस्यता बिक्री गरेको संगठनभित्र विसंगति बढाएको भन्दै आफ्नो पालामा मेलमिलापकै लागि आफू निर्वाचित सभापति भए पनि पदावधि नसकिदै एक अगाडि नै चुनाव गराई बीपी कोइरालाले देखाएको मेलमिलापको नीति अंगिकार नगरेको स्मरण गराए।

महासमिति सदस्य रविप्रसाद राईले सिक्किम भारतमा गाभिएको बेला बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको बेला नेपालको राष्ट्रियता कमजोर पार्ने भारतले विस्तारवादी भूमिका खेलेको बेला स्वर्गीय बीपीले नेपालको राष्ट्रियता जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिएको र आजसम्म उक्त मेलमिलाप सान्दर्भिक रहेको बताए।

कार्यक्रम समापन गर्दै नेपाली जनसम्पर्क समिति का बरिष्ठ उपसभापति भिम राईले मेलमिलाप र एकता सर्वोपरी छ भन्दै नेपाली जनसम्पर्क समितिको वर्तमान सभापति लोक गुरुङलगायत संस्थापन पक्षले आफू लगायत सम्पूर्ण निष्ठावान कार्यकर्तालाई अपहेलाना गरेको, संगठन कुण्ठित गरेको र यस पालामा जस्तो संगठन कमजोर विगतको पालामा कहिले नभएको भन्दै नेपाली कांग्रेस क्रियाशील सदस्य बाटाबाटामा विगतमा बिक्री गरेकोले गुरुङले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्न नमिल्नेर तानाशाही भएको जिकिर गर्दै उनलाई बहिष्कार गर्न आह्वान गरे।

कार्यक्रम सञ्चालन गर्दै पूर्व महामन्त्री ई. राजकुमार त्रिपाठीले बीपीको राष्ट्रिय मेलमिलापकै कारण २०३८ सालको जनमत संघर्ष, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग सहकार्य आजको अवस्थामा माओवादीसँग सहकार्य सम्भव भएकाले अझै मिलमिलापको अपरिहार्यता खड्किएको बताए।

अर्का बक्ता नेपाली जनसम्पर्क समितिका नेता योराज गुरुङले महामनाब बिपी कोइरालाको राट्रिय मेलमिलाप आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै राष्ट्र दरो पार्न, लोकतन्त्र र समाजबाद मार्फत नेपालमा समानताको महशुस दिन र सान्ति र सम्भिधन तत्विक निष्कर्षमा पुराउन सबै मिल्नु पर्ने बता। त्यसै गरि नोर्थ लण्डनका क्षेत्रीय शभापति सूर्य नेम्वाङले नेपाली जनसम्पर्क समिति लोक गुरुंगले संस्थाभित्र अमेलमिलापको नीति लिएको बताए।

कार्यक्रममा नेपाली कांगे्रसका युवा कार्यकर्ता, सुनसरीका क्षेत्रीय उपसभापति दिपराज राई, महिला नेतृ कोपिला सुब्बा, बुद्धिजीवी राजेन्द्र सुवेदी, मीन रानाभाट, पदम दवाडी, संस्थापक महामन्त्री विकास देवकोटा, नर्थवेस्ट लण्डन क्षेत्रीय सभापति अजय राई, नेविसंघ पूर्व केन्द्रीय सदस्य युवराज सिंह, नर्थ वेस्ट लण्डनका क्षेत्रीय उपसभापतिद्वय शिव भण्डारी, बाबुराम प्रधान, मिषीकुमार गुरुङ, केन्ट कमिटीका सदस्य भीमराज राइ, क्षेत्रीय सल्लाहकार प्रताप रायमाझी, रामसुन्दर शाह, उत्तरमान लिम्बु, योजना राई, पृथ्वीराज राई, मणिकुमार गुरुङ, नर्थवेस्ट लण्डन क्षेत्रीय महासचिव आलेख चौहान, सन्तोष खरेल, सुष्मा उपे्रती, सविना उपे्रतीलगायतका कार्यकर्ताको कार्यक्रममा उपस्थिति थियो।

Recent Videos:

Popularity: 4%

Entry Filed under: News, बेलायत समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Most Recent Posts

Most Popular in January, 2012

Most Popular Posts

More news....