गोर्खा सैनिक सचिनको शव घर ल्याइयो

January 22nd, 2012

गोर्खा सैनिक सचिनको शव घर ल्याइयो
एचकेनेपाल डट कम संवाददाता-
गौरीगन्ज (झापा), ८ माघ । अफगानिस्तानमा मारिएका एक गोर्खा सैनिकको शव नेपाल ल्याइएको छ।

अफगानिस्तानको हेलमन्ड प्रान्तमा विद्रोही तालिवान पक्षसँगको भिडन्तका घाइते भई उपचारका क्रममा मृत्यु भएका सैनिक जवान सचिन लावतीको शव शनिबार दमक स्थित घरमा ल्याइएको हो।

भिडन्तका क्रममा एम्बुसमा परी घाइते भई उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।

दमक–११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए। डेढ वर्षपछि उपचारको क्रममा लन्डनस्थित बेलायती सैनिक अस्पतालमा यही जनवरी २ मा उनको मृत्यु भएको थियो।

लावतीको शव क्या मुक्ति गुरुङ नेतृत्वको टोलीले बेलायतबाट काठमाडौँ हुँदै दमकस्थित उनको घर ल्याइपुर्‍याएको हो। यसअघि, लन्डनमा एक समारोहको आयोजना गरी त्यहाँस्थित उनका आफन्त र ब्रिगेड अफ गोर्खाजले लावतीमाथि अन्तिम सलामी अर्पण गरेको थियो।

तेइस वर्षीय लावती सन् २००८ मा बेलायती सेनामा भर्ना भएका हुन्। (रासस)

_________________________________________________

मृत्यु भएका गोर्खा सैनिकको नाम सचिन लिम्बू
एचकेनेपाल डट कम संवाददाता-
बेलायत, २१ पुष । अफ्गानिस्तानमा बम विस्फोटबाट गम्भीर घाइते भएका बेलायती गोर्खा सैनिकको १८ महिनापछि मृत्यु भएको छ।

मृत्यु हुनेमा राजघाट मोरङका २३ वर्षीय गोर्खा राइफलमेन सचिन लिम्बू रहेको मोड (बेलायती रक्षा मन्त्रालय)ले जनाएको छ। उनी फस्ट बटालिन रोयल गोर्खा राइफल्समा कार्यरत थिए।

सन् २०१० मा अफ्गानिस्तानमा आफ्नो कर्तव्य पालना गर्दै पेट्रोलिङमा रहेको बेला तालिबानको बम आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए।

बेलायतस्थित क्वीन एलिजाबेथ अस्पतालमा मृत्युसंग जुझिरहेका लिम्बूको घटनाको १८ महिनापछि गत सोमवार मृत्यु भएको मोडले जनाएको छ। उनको मृत्युको बेला उनका आमाबाबु दुबै साथमा थिए, मोडले भनेको छ।

सचिन हाम्रा एक्लो छोरा थिए, हाम्रा प्यारो छोरा सचिनले अरूको भलाईको लागि आफ्नो जीवन आहुति दिए, सचिनको बाबु डिल्लीशेर लिम्बूको भनाई उदृत गर्दै मोडले भनेको छ- उनको बाबु आमा बन्न पाउंदा हामीलाई गौरव लागेको छ।

उनी इमान्दार, कर्तव्यनिष्ठ र जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने आँट भएका सैनिक थिए। उनका सहकर्मीहरूले उनको स्मरण गर्दै भने उनी साँच्चिकै गोर्खा सैनिक थिए।

सचिन सन् २००७ मा बेलायती गोर्खा सैनिक सेवामा भर्ती भएका थिए।

उनको मृत्युसंगै ‘अफ्गानिस्तान अप्रेशन’ मा मृत्यु हुने बेलायती सैनिकको संख्या ३९५ पुगेको छ।

Recent Videos:

Popularity: 6%

Entry Filed under: News, बेलायत समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Most Recent Posts

Most Popular in January, 2012

Most Popular Posts

More news....