मिस नेवाः ११३२ को उपाधि रस्मिता नकर्मिलाई
January 8th, 2012
दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, २३ पौष । २१ जना नेवा सुन्दरीहरुलाई पछि पार्दै नेवाःखल कास्कीको आयोजनामा शनिवार पोखरा सम्पन्न मिस नेवाः ११३२ को उपाधि रस्मिता नकर्मिले जितेकी छन्। उपाधिसंगै रस्मिताले ३० हजार नगर पुरस्कार प्राप्त गरिन्।
उपाधि विजेता नकर्मिलाई पूर्व मिस नेवा निकिता श्रेष्ठले ताज पहिर्र्याई दिएकी थिइन्। उनले ताज पहिरिंदा पोखरा सभागृहमा उपस्थित दर्शकदिर्घाबाट तालीको आवाज गुञ्जिएको थियो।

तस्बीरः उमेश पुन / एचकेनेपाल डट कम
प्रतियोगिताको फष्ट रनर अप प्रिया साही खड्गी भइन् भने उनले नगद २० हजार प्राप्त गरिन्। यस्तै सेकेण्ड रनर अप सजनी मानन्धर घोषित भएकी छन्। उनले नगद १० हजार पुरस्कार प्राप्त गरिन्।
२२ प्रतियोगीहरु दोश्रो चरणमा १५, तेश्रो चरणमा १० गरी फाईनल चरणमा पाँच जना छानिदा, उनीहरुबिचको मूल्यांकनबाट उपाधि विजेता नकर्मि घोषित भएपछि साथीसंगि र आफन्तको वधाई ग्रहण गर्न उनलाई भ्याई नभ्याई भएको छ।

आयोजक नेवा खल कास्कीको प्रचारात्मक ब्रोसरको २२ जना प्रतियोगीहरुको क्रम संख्या २२ सम्म रहेकोमा १ नम्वरमा रहेकी रस्मिता नकर्मिले उपाधि, क्रम संख्या ३ कि प्रिया साही फष्ट रनर अप र क्रम संख्या २ की सजनी मानन्धर सेकेण्ड रनर अप घोषित हुनु एउटा मीठो संयोग भएको छ।
यसअघि कार्यक्रममा सुन्दरीहरुले र्याम्पमा उत्रिदै निर्णायकहरुको प्रश्नको सटिक जवाफ दिएका थिए। दर्शकको रोजाई र निर्णायकको सोधाईमा प्रतिष्पर्धीमध्ये नकर्मिले मिस नेवाः ११३२ को उपाधि उचाल्ने अवसर पाएकी छन्। जो उनको क्षमता, सालिनता, तिक्ष्णता र प्रस्तुतिले हो, कर्याक्रमपछि बाहिरिने क्रममा दर्शकहरु भन्दै थिए।

औपचारिक कार्यक्रमको नेवा खलः कास्कीका अध्यक्ष प्रकाशमान पालिखेले पानसमा बत्ति वालेर उद्घाटन गर्नुभएको थियो। त्यस अवसरमा पालिखेले युवतिहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्न र नेवारी संस्कृतिलाई जोगाउन यस प्रकारका कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने बिचार व्यक्त गर्नुभएको थियो।
संयोजक निरञ्जन श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । मिस नेवाः ११३२ को मूल समारोहमा झिगु भाया झिगु संस्कृति पुचः ले नेवारी पहिचान झल्किने नृत्य तथा फेदी लेउराली नेवा गुठिले लाखे नाच प्रस्तुत गरेको थियो। समारोहमा मिस नेवा ११३२ का सहयोगी व्यक्ति, विभिन्न संघ, संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

मिस नेवा ११३२ को निर्णायक मण्डलमा तीर्थमान प्रधानाङ्ग, मेजरमान बज्राचार्य, गायत्री श्रेष्ठ, सलिना मास्के, तीर्थ श्रेष्ठ, सुशिल प्रधानाङ्ग र रमेश कर्माचार्य रहनु भएको थियो।
प्रतियोगिताको लागि २२ नेवाःसुन्दरीहरु एक महिनादेखि प्रशिक्षणमा रहेका थिए । पौष १९ गते प्रि जजिङ्ग राउण्ड सम्पन्न भएको थियो।
नेवारी यूवतीहरुलाई जातीय संस्कृति र परम्परा बारे जानकारी गराई नेवार समुदायलाई समेत गोलबद्ध र एकताबद्ध गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रचार संयोजक दीपेन्द्र श्रेष्ठले बताउनु भयो।

बिभिन्न प्रायोजक मार्फ सहयोग खोजेर आयोजना गरिने कार्यक्रमबाट संकलित रकम नेवाः खलःको सांस्कृतिक कृयाकलाप एवं भौतिक संरचना निर्माणका लागि खर्च गरिने भएको छ।
Recent Videos:
Popularity: 5%
Entry Filed under: Entertainment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed