रोमानियामा जन आन्दोलनले नवौं दिनमा प्रवेश
January 21st, 2012
नवराज पोखरेल / एचकेनेपाल डट कम-
बुखारेस्ट, रोमानियामा गत हप्तादेखि शुरू भएको जन आन्दोलनले नवौं दिनमा प्रबेश गरेको छ।
यहाँका राष्ट्रपति त्रैयाँन बसेस्कू र प्रधानमन्त्री एमिल बोकको सरकारप्रति बिरोध गर्दै जनताले उनीहरूको राजिनामाको माग राखेका छन्।
बढ्दो बेरोजगारी, सरकारी कर्मचारीको तलब कट्टा, बिभिन्न प्रकारका करको स्थापना, भ्याटको अंक बढेको, स्वास्थ्य सेवा र शैक्षिक क्षेत्रमा चाहिने रकम लगानी नगरी जनतालाई दु:ख दिएको आरोप लगाउदै यो जनआन्दोलन शुरू भएको हो।
रोमानियाका करीव ७० वटा शहरहरूमा सुरू भएको यस आन्दोलनको क्रम अझै जारी छ। आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा अहिलेसम्म करीव ५० जना घाईते भएका छन् भने धेरैलाई जेल पठाइएको छ।
जनताले राष्ट्रपति त्रैयाँन बसेस्कू र प्रधानमन्त्री एमिल बोकको सरकारले राजिनामा नदिएसम्म यो जन आन्दोलनलाई नरोक्ने बताए छन्। आन्दोलनलाई बिरोधी पार्टीका नेताहरूलेसमेत समर्थन जनाएका छन्।
हाल रोमानियामा झन्डै २० प्रतिशत युबा बेरोजगारी छन् भने बृद्धहरूले पाउने मासिक पेन्सनले महिनाभरी खान समेत नपुग्ने स्थिति छ। अर्कातिर धनिहरू ज्यादै धनि भएका र गरिबको संख्या दिनप्रतिदिन बढिरहेको छ। जनआन्दोलनमा राष्ट्रपति बसेस्कू - मुर्दाबाद, सरकार - राजिनामा दे, हामी भोकले मर्दैछौं तिमीहरू झन् धनि हुदैछौ जस्ता नारा लगाई सबै क्षेत्रका जनता दैनिक सडकमा उत्रिएका छन।
सन् २००७ सालदेखि युरोपियन कम्युनिटीको सदस्यता पाएको रोमानियाले अहिलेसम्म सेन्जेन क्षेत्रको सदस्यता पाएको छैन।
Recent Videos:
Popularity: 6%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed