सहारालाई स्वदेश विदेशबाट सहयोगको ओइरो
February 12th, 2012
सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पोखरा, २९ माघ । पोखरा १७ दोविलामा निर्माणधिन अबस्थामा रहेको सहारा एकेडेमी भवन निमार्णको लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।
पोखरा समाज सिड्नी अष्ट्रेलियाबाट १ लाख ११ हजार १ सय १५, एन्फा कास्की अध्यक्ष खेमबहादुर गुरुङबाट २५ हजार, संगम क्लबका अध्यक्ष मनिप्रसाद गुरुङबाट १५ हजार प्राप्त भएको छ।
त्यसै गरी, सहयोग गर्नु हुनेमा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष एवम फिस्टेल पब्लिकेसन प्रालिका अध्यक्ष डी.आर. पोखरेलले १० हजार १, भ्याली स्पोर्टस क्लब रामबजारबाट १० हजार १०, तमु प्रतिष्ठान झमगुरुङ बाट १० हजार, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मिनकाजी गुरुङबाट १० हजार ५०, राखेपका सदस्य खड्गबहादुर रानाभाटबाट १० हजार, पोखरा रानीपौवा निवासी महेन्द्रं गुरुङबाट १० हजार, वेलायतमा रहनु भएका आश गुरुङबाट १२ हजार, हङकङबाट संकलित १ लाख रुपैया दिपक गुरुङमार्फत क्लबलाई प्राप्त भएको छ।
दशौं आहा गोल्ड कप फुटवल प्रतियोगिता समापनको अवसरमा उक्त रकम प्राप्त भएको सहारा क्लबले जनाएको छ। साथै क्लबले दशौं आहा गोल्ड कप फुटवल प्रतियोगिता भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण खेलकुदप्रेमी तथा बिभिन्न संस्थाहरुप्रति आभाव ब्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेको छ।
तस्वीरहरूः सुदर्शन रन्जित / एचकेनेपाल डट कम
Recent Videos:
Popularity: 5%
Entry Filed under: Sports

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed