भ्यालेन्टाईन डेमा प्रकृतिसँग प्रेम गर्न आब्हान
February 14th, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २ फागुन । यूवा यूवतीहरुले आफ्नो मन पालेको प्रेम एक अर्कासँग ब्यक्त गर्ने दिन १४ फेबु्वरीलाई भ्यालेन्टाईन डे भब्यताका साथ मनाईरहेको बेला प्रकृतिलाई माया गर्नेहरुले भने प्रकृतिलाई माया गर्न आब्हान गरेका छन्।
प्रकृति प्रेमीहरुको समूह सेभ द प्लानेटले प्रेम दिवसको अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरेर प्रकृतिक प्रेमीहरुले प्रकृतिलाई प्रेम गर्न आव्हान गरेको हो।
प्रकृतिलाई माया गरौं भन्ने नारासहित डिल्ली बजारस्थित भोजनगृहको प्राङगणमा कार्यक्रम गरेर सेभ द प्लानेटले प्रकृतिलाई माया गर्न आव्हान गरेको हो।
नेपालको प्रकृतिक रुप्मा संसारकै सुन्दर मुलुक भएपनि यसको सुन्दरता पछिल्लो समयमा ओईल्याउँदै गएको भन्दै सुन्दर प्रकृतिलाई माया गर्न जोड आग्रह गरिएको थियो।
कार्यक्रममा बोल्दै वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञावालीले सुन्दर प्रकृतिको संरक्षण र सम्बर्धन गर्न वातावरण मन्त्रालयले दीर्घकालीन कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए।
खेलकूद मन्त्रालयका सचिव युवराज पौडेलले नेपालको प्राकृतिक गहनाहरु दिनानुदिन मासिदै गएकोमा चिन्ता प्रकट गर्दै सरकारले सुन्दर प्रकृतिलाई संरक्षण गर्न नसकेको आरोप लगाए।
Recent Videos:
Popularity: 5%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed