भ्यालेन्टाईन डेमा सिकिस्त श्रीमती उपचारको लागि याचना
February 14th, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २ फागुन । आज १४ फरवरी यूवा यूवतीहरु रातो गुलाफको फूल साटासाट गरेर प्रणयसुत्रमा बाँधिने कसम खाईरहेका छन्। तर धादिङ ज्यामरुङ ९ का पदमबहादुर श्रेष्ठ भने आफ्नी सिकिस्त प्राण प्यारी अर्धाङगीनी ४९ वर्षीया सानी माया तामाङको जीवन रक्षाको लागी अपिल गर्न बाध्य छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर श्रेष्ठले जीवन मरणको दोसाँधमा वीर अस्पतालको शैयामा रहेकी प्राण प्यारी अर्धाङगिनीको उपचारमा सहयोग गर्न सहयोगी हातहरुलाई आग्रह गरे।
फोक्सो, मुटु, पित्त, निमोनिया र दम जस्ता रोगबाट ग्रस्त सानीमायाको औषधीको लागि मात्रै अहिले दैनिक १ हजार ५ सय रुपैया लाग्दै आएकोमा आफूले सो को ब्यवस्था समेत गर्न नसकेको र थप उपचार झन टाढाको विषय बनेको भन्दै सहयोगी हातको लागि आब्हान गरेका हुन्।
पत्रकार सम्मेलनमा उनले सहयोग गर्ने दाताहरुलाई एभरेष्ट बैंक नयाँ बजारमा रहेको ०२०००५०१२०४७८५ नम्बरको खातामा जम्मा गरिदिन आग्रह गरे। उनले सहयोगी हातहरुले जानकी श्रेष्ठको मावाईलन नम्बर ९८४१०४८४६८ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
Recent Videos:
Popularity: 5%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed