धरानमा क्यान इन्फोटेक प्रदर्शनी हुने

February 14th, 2012

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, नयाँ पुस्तालाई पछिल्लो समयमा बजारमा आएका आधुनिक सूचना प्रविधिको विकास र प्रयोग बारे जानकारी दिने उद्धेश्यले आगामी बैशाख ३ गतेदेखि धरानमा कम्प्यूटर एसोसिएसन नेपाल सुसनरीले क्यान इन्फोटेक प्रदर्शनी गर्ने भएको छ।

शहरी क्षेत्र र गाउ तहसम्म सूचना प्रविधिको प्रयोग गरेर मुलुकको विकासमा समान रुपमा सहभागी हुन प्रेरित गर्न क्यान सुनसरीले प्रदर्शनी गर्न लागेको हो।

क्यान सुनसरीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। अग्रसेन प्रदर्शनी भवनमा आयोजना हुने सूचना प्रविधिको आधुनिक प्रदर्शनीमा करीव दुइ करोड रुपैयाँको कारोवार हुने आयोजक समितिका अध्यक्ष देवकुमार लिम्बुले बताए। उनका अनुसार चार दिनमा डेढलाख दर्शकलाई प्रदर्शनी स्थलमा पुर्‍याउने लक्ष रहेको बताए।

नयाँ नेपालको निर्माणको आधार सूचना प्रविधि सवैको सरोकार नारासहित सुरु हुने प्रदर्शनीमा स्वदेश र विदेशी ब्राण्डेड कम्पनीबाट उत्पादित कम्प्यूटर, मोवाइल, डिजिटल क्यामेरा, ल्यापटप, सिसि क्यामेरा, मल्टि पिसि डिभाइस, सस्तो ट्यावलोइड पिसी, सौर्य उर्जाबाट चल्ने विभिन्न उपकरण, आइपोड, एन्टीभाइरस लगायतको प्रदर्शनी र विक्रिवितरण गरिने लिम्बुले बताए। उनका अनुसार प्रदर्शनीबाट पूर्वाञ्चलको सूचना संचार प्रविधिप्रति सर्वसाधारणको सरोकारमा वृद्धि हुने छ।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....