प्रथम सहिद लखन थापामगरको स्मृति दिवस मनाइयो

February 15th, 2012

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, २ फागुन । नेपालका प्रथम सहिद लखन थापामगरले सहादत प्राप्त गरेको दिनलाई स्मरण गर्दै मंगलबार १३५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो।

निरंकुश जहाँनिया राणाशासक जंगबहादुरका विरुद्ध पहिलोपटक लखनले संगठित सशस्त्र विद्रोह गरेका थिए। लोकतान्त्रिक अधिकारका लागि उनले जनस्तरबाटै पहिलोपटक विद्रोह गर्ने क्रममा तत्कालीन राणाशासक जंगबहादुरको निर्देशनमा लखन थापामगरलाई फाँसी दिइएको थियो।

गोरखाको बुंकोटमा जन्मेका प्रथम सहिद लखन थापामगरलाई राज्यले सहिदको मान्यता दिएपनि प्रथम सहिद भने घोषणा गरेको छैन। जनताले भने प्रशस्त आधार र प्रमाण रहेकाले उनलाई प्रथम सहिदको रुपमा सम्मान दिइनुपर्ने माग गरिरहेका छन्। नेपाल मगर संघलगायतका संघसंस्थाले प्रथम सहिद घोषणा गर्नुपर्ने भन्दै आन्दोलन चर्काएपछि २०५६ सालमा तत्कालीन सरकारले सहिदको मान्यता दिएको थियो।

सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने मागसहित नेपाल मगर संघका जिल्ला कार्यसमितिहरूले प्रथम सहिदको घोषणा मागसहित प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए। नेपाल मगर संघ कास्कीले पनि कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने, प्रथम सहिद थापामगरले सहादत प्राप्त गरेको दिन फाल्गुण २ गतेलाई राष्ट्रिय सहिद दिवसका रुपमा घोषणा गर्नुपर्ने, प्रथम सहिद थापामगरलाई राष्ट्रिय विभूतिको सम्मान दिइनुपर्नेलगायतका माग उल्लेख छन्।

यसैबीच, प्रथम सहिद लखन थापामगरको १३५ औं स्मृति दिवसका अवसरमा नेपाल मगर संघ कास्कीले श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ। सो अवसरमा बोल्दै शिक्षाविद् प्रा.डा. केशरजंग बरालमगरले प्रधानमन्त्रीद्वारा प्रथम सहिद घोषणाका लागि प्रतिबद्धता आउनु सकारात्मक रहेको भन्दै प्रथम सहिद लखन थापामगरलगायतका सहिदहरूको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिव बालकृष्ण काउचामगर, गेसो मध्यपश्चिमाञ्चलका अध्यक्ष हर्कबहादुर पुनमगर, तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कास्कीका अध्यक्ष धर्मबहादुर तमु, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, किरात सेवा समाज कास्कीका पुरण राई, नेवाः खल कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, नेवाः तजिलजि दबूका अध्यक्ष विष्णुशंकर ख्वाउँजू, कुमाल समाज सुधार समिति कास्कीका अध्यक्ष प्रेमबहादुर कुमाल, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य गोविन्द पुनमगर, मेजर प्रेमबहादुर थापामगर, सिंगापुर पुलिस हक्की संघका केन्द्रीय अध्यक्ष बलराम थापामगरलगायतले सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्ने र उचित सम्मान दिनुपर्ने माग गरेका थिए।

संघका कास्की जिल्ला सदस्य कुमार थापामगरले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

त्यस्तै, लखन स्मृति दिवसकै अवसरमा मंगलबार साँझ नेपाल आदिवासी जनजाति महासंघ कास्की र नेपाल मगर संघ कास्कीको संयुक्त आयोजनामा प्रथम सहिद लखन थापामगरको सालिक अवस्थित लखनचोकमा दीपावली गरियो। सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले दीपावलीको सुरुआत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पूर्ण हृयोल्मोले गर्नुभएको थियो।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....