महिलाले दिएको अन्तर्वार्ताप्रति एनआरएन जापानको आपत्ति

February 16th, 2012

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ फागुन । नेपालबाट प्रसारण भएको नेपाल वान टेलिभिजनको एक कार्यक्रममा पदीय दुरुपयोग गर्दै एक महिलाले दिएको अन्तर्वार्ताप्रति एनआरएन जापानको ध्यानाकर्षण भएको छ।

उज्जु डार्लिंग नामक कार्यक्रममा आफू एनआरएन जापानको सचिव पदमा निर्वाचित भएको भन्दै दिएको अन्तर्वार्ता सरासर झुट र भ्रामक भएकोले उक्त अन्तर्वाताप्रति घोर आपत्ति प्रकट गरेको छ।

कार्यक्रमको फल्यास गरिएको टेलोपमा अन्तर्वार्ता दिएकी महिलालाई ईङ्कित गर्दै एनआरएन जापानको महासचिब भनि देखाईएको छ, जुन झुट र भ्रामक प्रचारको निम्ति प्रयोग गरिएको भन्ने हाम्रो ठहर छ, एनआरएन जापानले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।

एनआरएन जापानले कार्यक्रममा प्रसारण गरिएकी सम्झना थापा गरेकी महिला एनआरएन जापानको कुनै पनि पदमा नरहेको जानकारी स्पष्ट पारेको छ।

यस्ता खाले झुट, भ्रामक, अतिरन्जित र प्रोपागाण्डाको बिउ छर्ने खबर प्रशारणले नेपाल वान च्यालनको हैसियत नेपाली जनता र बिशेष गरी जापानबासी नेपाली माझ छर्लंग भएको छ, विज्ञप्तिमा भनेको छ।

सम्झना थापाभन्दा पनि अध्ययन र अनुसन्धान बिनानै कार्यक्रमको निर्माण गरि बालबच्चाले जस्तो प्रसारण गर्दै एउटा गरिमामय संस्थाको पदीय दुरुपयोग गरिनुमा व्यक्तिगत स्वार्थको लागि रणनीतिक प्रपोगाण्ड रचिएको हो भन्ने ठम्याई रहेकोले यसको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित प्रसारण केन्द्र समक्ष माग गर्दछौं, एनआरएन जापानका प्रवक्ता शरदकुमार गौचनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ। एनआरएन जापानले सत्य तथ्य खबर सम्प्रेषण र प्रसंशनीय कार्यक्रम प्रस्तुतिमा केन्द्रिकृत हुन पनि अनुरोध गरेको छ।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....