आइएनटीए युकेको प्रथम परिचयात्मक प्रदर्शन
February 16th, 2012
नवराज घले / एचकेनेपाल डट कम-
बेलायत, इन्टर्नेशनल नेपालीज टेक्वान्दो एसोसियशन (आइएनटीए) युकेको पहिलो परिचयात्मक प्रदर्शन नोर्थोल्ट लेइजर सेन्टरमा सम्पन्न भएको छ।
आएनटीएबारे जानकारी दिने प्रमुख उद्धेश्यले आयोजित प्रदर्शनमा आइएनटीए युके, ब्रिटिश टिम र योङ इन युनिभर्सिटी अफ कोरियन टिम सहभागी थिए।

फेब्रुवरी १२ तारिखका दिन सम्पन्न परिचयात्मक प्रदर्शन कार्यक्रममा नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने एनआरएन युकेका अध्यक्ष कुल आचार्य तथा पूर्वअध्यक्ष डमर घले, तमु धीं युकेका अध्यक्ष मुछेन्द्र गुरूङलगायत अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा फ्रेबुवरी ५ तारिख सम्पन्न लण्डन नेशनल च्याम्पियनशिपमा विजयी भएका आइएनटीए युकेका खेलाडीहरूलाई प्रेसिडेन्ट नमरजंग गुरूङले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
हालैमात्र स्थापना भएको आइएनटीएमा नमरजंग गुरूङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो। आइएनटीएले तेक्वान्दो खेलको माध्यमबाट आर्ट, स्किल र फिजिकल साइन्सलाई युके, अमेरिका नेपाललगायत विभिन्न देशमा विस्तार गर्ने लक्ष्य राखेको छ। 





Recent Videos:
Popularity: 5%
Entry Filed under: Sports, बेलायत समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed