दोहामा जनयुद्ध दिवस
February 17th, 2012
तिलविक्रम थेबे / एचकेनेपाल डट कम-
दोहा-कतार, एकीकृत नेकपा (माओवादी) ले २०५२ साल फल्गुन १ गते शुरु गरेको नेपाली जनयुद्ध र जनसेना स्थापना दिवसको स्मरण गर्दै नेपाली जनप्रगतिशील मञ्च दोहा कतारले एक कार्यक्रमको आयोजना गरी १७औं महान् जनयुद्ध दिवस भव्य रुपमा मनायो।
देश र जनताका निम्ति जीवन आहुती दिने ज्ञातअज्ञात वीर शहीदहरुप्रति क्रान्तिकारी सलामी दिदैं शहीदहरुको सम्मानस्वरुप एक मिनट मौनधारण पश्चात् कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षद्धारा संयुक्तरुपमा पञ्चैवाजाको धुनसंगै व्यानर अनावरण तथा दिपप्रज्वलन गरी कार्यक्रम अघि बढाइएको थियो।
नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्ष रमेश भट्टको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि मञ्चका सल्लाहकार समितिका संयोजक होमनाथ शर्मा रहेका थिए।
मञ्चका महासचिव विष्णु सापकोटाले संचालन गरेको जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि होमनाथ शर्माले गौरवशाली पार्टी नेकपा माओवादीको १० वर्षे महान् जनयुद्धले नेपालको राजनैतिक इतिहासमा कायापलट गरेको छ भन्दै नेपाल र नेपालीको भविष्य निर्माणमा समेत कोशेढुंगा सावित भएको बताए। जनयुद्धमा वीर नेपालीहरुले देश र जनताको लागि जीवन दिएकाछन् आजको नेपालको मेचीदेखि महाकालीसम्मको पुनसंचरना र पुननिर्माण, महान् परिवर्तन र अग्रगामी उन्मुख कदम १० वर्षे जनयुद्धको परिणाम भएकोले र अझ लक्ष्यप्राप्तिको लागि लड्नुपर्ने आगामी अग्रगामी क्रान्तिको आधार तय पनि १० वर्षे महान् जनयुद्ध नै भएकोले हामी अझ अग्रगामी परिवर्तनको दिशामा अगाडि बढ्नुपर्ने आवश्यक छ र यसका लागि एकजुट भएर अगाडि बढ्न आव्हान गरे।
यसै अवसरमा शर्माले प्रतिक्रियावादीहरुले सिंगो पार्टीलाई घेराबन्दीमा पारेर जनयुद्धका उपलब्धिहरुमाथि तुषारापात गर्न खोजेको भन्दै यदी मुर्दा शान्तिको नाममा शिशु गणतन्त्रलाई हत्याउने प्रयास गरेमा कोही चुप लागेर नवस्ने चेतावनी दिदै जनयुद्धका शहीद, वेपत्ता र घाइतेहरुको घाउमा मलम पट्टी लगाउन नसके जनयुद्धको स्मरण गर्दै जनयुद्ध दिवस मनाउनुको कुनै तुक नहुने बताउदै शर्माले मुक्ति आन्दोलनको लागि विश्वका जुनसुकै ठाँउबाट भएपनि आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रमका सभापति मञ्चका अध्यक्ष रमेश भट्टले ऐतिहासिक महान् जनयुद्धले एउटा नयाँ क्रान्तिको बाटो देखाएको छ। जनयुद्ध दिवससंगै आगामी लक्ष्य प्राप्तिको लागि क्रान्तिको निरन्तरता दिदै नेपाली जनतामा लादिएका जातिय, क्षेत्रिय, लैङ्गगि सम्पूर्ण विभेदको अन्त्य नभएसम्म समानताको लडाइ निरन्तर जारी रहने छ भन्दै यदी कसैले एनेकपा माओवादी शान्ति प्रक्रियामा आएको अवस्थालाई उसको कमजोरी सम्झेर अनेक बाहानामा षड्यन्त्र रचिन्छ भने फेरी जनताका हतियारहरु उठ्नेछन र त्यो वेला कुनै पनि शक्तिले जनताको आँधिलाई रोक्न नसक्ने भन्दै जनयुद्धको तत्कलिन आवश्यकताको व्याख्या गरेका थिए।
मञ्चका उपाध्यक्ष मानबहादुर पुनले स्वागत मन्तव्यको क्रममा जनयुद्धको महान् उपलब्धीहरुको रक्षा, प्रयोग र अझ शसक्त ढंगले समयक्रमानुसार क्रान्तिको विकास गर्दै जानुपर्ने बताए। उपाध्यक्ष श्रीकृष्ण भट्टराईले महान् जनयुद्धको फलस्वरुप मुलुकको अग्रगामी परिवर्तनको लागि यस्तै महान् जनयुद्धहरुको आवश्यकता समय र परिस्थितिअनुसार आवश्यक रहेको कुरा औल्याउदै सर्वहारा क्रान्तिले नै देशमा आमूल परिवर्तन गर्ने भएकोले हामी सबै अझ सतर्क र तयारी भएर लक्ष्य पुरा गर्न लागिपर्नु पर्ने बताए।
उपाध्यक्ष तिलविक्रम थेबेले नेपालमा भएको महान् जनयुद्ध एक्काइसौं शताव्दीको विश्व कम्युनिष्ट इतिहासमा महान् र परिवर्तनकामी सर्वहारा क्रान्ति भएको र यसले नेपालमा ऐतिहासिक परिवर्तन ल्याएको उल्लेख गर्दै जनताहरु सचेत भएकाछन् दक्षिणपन्थी शंसोधनबाद र जडसुत्रवादीको विरुद्धमा विजय भएको यो १० वर्षे जनयुद्धले क्रान्तिको लफ्फाजी गर्ने तर क्रान्तिको सिन्को नभाच्ने जडसुत्रवादलाई परास्त गर्दै आमुलपरिवर्तनको लागि क्रान्तिको निरन्तरतालाई आधार बनाएको प्रष्ट पारे।
मंचका सचिव लक्ष्मण खनालले महान जनयुद्धको औचित्यलाई प्रष्ट पार्दै राष्टिय अर्न्तराष्ट्रिय कम्युनिष्ट क्रान्तिको चर्चा गर्दै देशमा भएका विभिन्न कालखण्डका आन्दोलन, क्रान्तिहरु सबैले परिवर्तनकामी दिशा खोजेको र महान् जनयुद्धले मात्र परिवर्तनको लहड ल्याएको चर्चा गर्दै आमुल परिवर्तनको लागि न्यायपूर्ण जनताको समर्थन रहेको महान् जनयुद्ध जस्ता अग्रगामी क्रान्ति नै आगामी दिनमा पनि महत्वपूर्ण हुने कुरा औल्याएका थिए।
मञ्चका अर्का सचिव बुद्धिराज परियार, कोषाध्यक्ष प्रकाश केसी, सहकोषाध्क्ष बाबुराम गैरे, सल्लाहकार सदस्यहरु रकमध्वोज राई, रामु बस्याल, किशोर सुवेदी, गणेश बानिया, सचिवालय सदस्य गणेश भण्डारी, जिवछ महतो, विजय सुन्दास, कृष्ण परियार, चिरन्जिवी भट्टराईलगायत निमलाल कुमाल, लिला लावती, टिकाराम भण्डारी, प्रकाश परियारले अग्रगामी परिवर्तनका लागि कम्युनिष्ट आन्दोलन र क्रान्तिको आधारशीला महान् जनयुद्धको महत्वमाथि प्रकाश पारेका थिए।
सांस्कृतिक समूहका कलाकारहरु कृष्ण परियार, राजेन्द्र महरा, प्रकाश परियारलगायतले विचविचमा स्वतन्त्रता, मुक्ति र जनताका गीतहरु गाएर कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए।
Recent Videos:
Popularity: 4%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed