बोक्सीको आरोपमा महिलालाई जिउंदै जलाइयो
February 17th, 2012
एचकेनेपाल डट कम संवाददाता-
चितवन, ५ फागुन । बोक्सीको आरोपमा शुक्रवार चितवनको बगौडा-२ मा एक महिलालाई जिउंदै जलाएर हत्या गरेको छ।
बोक्सीको आरोपमा स्थानीय ५-७ जनाको समूहले पहिले कुटपिट र पछि शरीरमा मट्टितेल खन्याएर आगो लगाएर माडी बघौडा-२ की ५० वर्षीया ढेगनीदेवी महतोको हत्या गरेको हो।
महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्याको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ। कुटपिट गर्नेमध्येमा महतोकी छोरी ज्वाइँसमेत सामेल रहेको प्रहरीले जनाइएको छ। आपसी रिसइबीको कारणले पनि हत्या भएको हुन सक्ने प्रहरीले शंका गरेको छ।
Recent Videos:
Popularity: 5%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed