थोरै पैसा लिएर उच्चस्तरको स्वास्थ्य सेवा देउः राष्ट्रपति

February 17th, 2012

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ५ फागुन । राष्ट्रपति डा. रामबरण यादवले चिकित्सकहरुलाइ पहिचान र प्रसिद्धिको लागि पैसाका कहिल्यैपछि नलाग्न सुझाव दिनु भएको छ।

धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँचौ सार्क कग्रेस अफ रेडियोलोजिको अर्न्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो।

विश्वभरका रेडियोलोजी विज्ञ चिकित्सकहरु सहभागी सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले चिकित्सकहरु पहिचान र प्रसिद्धी पाइएन भन्ने गुनासो गर्ने गरेको वताउदै जनतालाई थोरै पैसा लिएर उच्चस्तरको स्वास्थ्य सेवा दिए प्रसिद्धि र पहिचान दुवै पाउने बताउनु भयो।

स्थापित हुनलाई निस्वार्थ भावनाले जनताको सेवा गर्न चिकित्सकहरुलाई राष्ट्रपति यादवले आग्रह गर्नुभयो। विपी प्रतिष्ठानलाई राम्रो बनाउन उच्चस्तरको, कम पैसामा स्वास्थ्य सेवा प्रदान गर्न समेत उहाँको सुझाव छ। निस्वार्थ जनताको सेवा गर्ने चिकित्सक देश विदेशमा प्रसिद्ध हुने उहाँको भनाई थियो। आफूले चिकित्साक पेसा छोडेर पेशा परिवर्तन गरेपनि चिकित्सा पेसा र जनताको स्वास्थ्य
सेवाप्रति आफू सधै चिन्तित हुने गरेकोको भनाइ थियो।

आफू स्वास्थ्य मन्त्री हुदा ४ हजार गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याइको पनि उहाँले जानकारी दिनुभयो। हरेक कुरा मानिसको स्वास्थ्यसँग जोडिएकाले स्वास्थ्य क्षेत्रको दिगो विकास गर्न सबै एक भएर लाग्नु पर्नेमा राष्ट्रपतिले जोड दिनु भयो।

सन् १९५० अघि नेपालको चिकित्स क्षेत्र भारतसँग निर्भर भएको बताउदै हाल भने गाउँ गाऊमा मेडिकल कलेज खुलेकाले गाउँमै डाक्टर उत्पादन हुन थालेको उहाँले वताउनु भयो। गणतन्त्र घोषणापछि अझ स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति आउदै गरेको तर देशमा शान्ति प्रकृया नटुङ्गिएले सोचे अनुसारको विकास भने नभएको तथा मुलुकमा शान्ति प्रक्रियाको अन्त्यसँगै संविधान निमार्ण भएपछि दुर्गम गाउंका जनताहरु पनि स्वास्थ्यमा पहुँच राख्न सक्ने उहाँको धारणा थियो।

रेडियोलोजिको विकासले मानव जीवनको स्वास्थ्य उपचारको लागि प्रभावित उहाँको भनाइ थियो। सोही सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री राजेन्द्र महतोले नयाँ नेपालमा स्वास्थ्य सेवामा सुधार गर्नु पर्ने बताउनु भयो।

उहाँले नयाँ नेपाल बनाउन शान्तिप्रक्रिया टुङगोमा पुर्‍याउनु पर्ने, सहमतिको राष्ट्रिय सरकार गठन हुनु पर्ने तथा जेष्ठ १४ भित्र कुनै हालतमा संविधान निमार्ण गर्नु पर्ने वताउनु भयो।

कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्राडा वीपी दास, सार्क कङ्ग्रेस अफ रेडियोलोजीका निर्वतमान अध्यक्ष एंव प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख प्राडा राजकुमार रौनियार, नव निर्वाचित सार्क कङ्ग्रेस अफ रेडियोलोजीका अध्यक्ष डा.हमिद अक्रम, भारतका बरिष्ठ रेडियोलोष्ट डा. हस्मा हजनलगायतले वोल्नु भएको थियो।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....