बिहारको बिकासबाट नेपालले धेरै सिक्न सक्छः बिज्ञ

February 17th, 2012

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ फागुन । परराष्ट्र मामिलाका जानकारहरु अमरेसकुमार सिंह, राजन भट्टराई र चिरञ्जिबी नेपालले भारतको बिहार भ्रमणबाट प्रधानमन्त्री भट्टराईले धेरै कुराको जानकारी लिन सक्ने टिप्पणी गरे।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेपाली कांग्रेसका नेता एबं पूर्व सांसद सिंहले माओबादीको बैद्य समूहले मुलुकलाई आर्थिक रुपमा कमजोर बनाइ सोमालिया, उगाण्डा र अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाए। सिंहले भने ‘प्रधानमन्त्री भट्टराईले सात बुदे सहमति, स्वैच्छिक अवकास रोजेका लडाकुको बिदाइ जस्ता सकारात्मक कार्य गरेको र सुरक्षा निकायमा माओबादी लडाकु समायोजनको गृह कार्य अन्तिम चरणमा पुर्‍याएर सकारात्मक कदम चाले पनि माओबादीकै बैद्य पक्ष शान्ति प्रकृया बिरोधीको रुपमा प्रस्तुत भएका छन्।’ उनले नेपालको इतिहासमा माओबादी सबैभन्दा भ्रष्ट पार्टी भएको टिप्पणीसमेत गरे।

उनले सम्पति सुद्धिकरण र सुपुर्दगी सम्बन्धी बिधेयक संसदले पारित गरेमा मुलुक अपराधी लुक्ने सुरक्षित क्षेत्र बन्न नसक्ने बताए। सिंहले संचारमाध्यममा आएजस्तै समायोजनमा जाने माओबादी लडाकुलाई ब्रिगेडियर जनरल (सहायक रथि) दिन नसकिने र कांग्रेसले कुनै पनि हालतमा त्यस्तो प्रस्ताव स्वीकार नगर्ने जिकिर गरे। नेता सिंहले महत्वपूर्ण बिधेयकहरु सरकारले पारित नगरे मुलुक कालो सूचिमा पर्ने भएकोले त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मा सरकारले लिने बताए। उनले संसदबाट बिधेयक पारित हुन माओबादीले नैं नदिएमा अध्यादेशबाट भएपनि सरकारले ति बिधेयक ल्याएरै छाड्ने ठोकुवा गरे।

परराष्ट्रबिद् एबं अर्थबीद् चिरञ्जिबी नेपालले १० बर्षअघिसम्म कुशासन र भ्रष्टाचारले बदनाम भएको भारतको बिहार राज्यले कृषि, सरकारी सेवा र शान्ति सुरक्षामा गरेको प्रभावकारी कदमका कारण बिश्वकै उदाहरणीय हुन पुगेको टिप्पणी गरे। अर्थबिद् नेपालले भने ‘८२ प्रतिशत जनता कृषिमा आधारित भएकोले कृषिलाई लक्षित गरी कार्यक्रम ल्याएपछि बिहारको बिकासको बृद्धिदर ११ दशमलब तीन प्रतिशत पुग्यो जुन कुरा नेपालले बिहारको बिकासबाट अनुकरण गर्न सक्छ।’ सम्पति सुद्धिकरण सम्बन्धी महासन्धीमा नेपालले पक्ष राष्ट्र भएर हस्ताक्षर गरिसकेकोले त्यस सम्बन्धि बिधेयक पास नभए नेपालले आर्थिक संकट बेहोर्ने चेतावनी समेत नेपालले दिए।

नेपालको बिकासको करिब ७० अरब बिदेशी सहायतामा भर पर्ने भएकोले मुलुक कालो सूचिमा परे आर्थिक संकट निम्तिन सक्ने अर्थबिद् नेपालले बताए। उनले प्रधानमन्त्रीको बिहार भ्रमणलाई प्रोटोकल नमिलेको भनि टिप्पणी गर्नुको औचित्य नभएको बताए।

एमालेका नेता एबं परराष्ट्र मामिलाका बिज्ञ राजन भट्टराईले प्रधानमन्त्रीको बिहार भ्रमणबाट नेपालले त्यहाँ भएका बिकासको नमुनाको अनुसरण गर्न सक्ने बताए। उनले सम्पति सुद्धिकरण र सुपुर्दगी जस्ता सन्धी जस्ता बिधेयक संसदबाटै पारित गर्नुपर्ने बताए। उनले भने ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा महत्व राख्ने ति बिधेयक सरकारले संसदबाट पारित गर्न नसके बिभिन्न मुलुकमा रहेका मिसन (दूतावास) नैं संकटमा पर्ने चेतावनी दिए। उनले सो बिधेयक संसदबाट पारित नभए अध्यादेशबाट भएपनि ल्याउनुको कुनैं बिकल्प नभएको बताए।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....