बिधेयक फिर्ता नलिए संसद चल्न दिदैनौं: गजुरेल

February 17th, 2012

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ फागुन । एकीकृत नेकपा माओबादीका सचिब सीपी गजुरेलले सरकारले सुपुर्दगी र सम्पति शुद्धिकरणलगायत तीन वटा बिधेयक अनुमोदनका लागि संसद बैठकमा पेश गरे माओबादीले नैं सदन चल्न नदिने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा माओबादी सचिब गजुरेलले आफ्नै पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यस्ता बिधेयक ल्याएमा संसदको बैठक नैं अबरोध गर्ने चेतावनी दिएका हुन्।

उनले सम्पति शुद्धिकरण र सुपुर्दगी जस्ता बिधेयक राष्ट्रघाति भएकोले त्यस्ता बिधेयक पारित हुन नदिन माओबादी स्थायी समितिको २९ माघको बैठकले नै निर्णय गरेको खुलासासमेत गरे। ‘सम्पति शुद्धिकरण र सुपुर्दगी जस्ता बिधेयक यदि सरकारले सदनमा छलफलको लागि पेश गरेमा हामी नैं संसद चल्न दिदैनौं, सचिब गजुरेलले साक्षात्कारमा भने ‘त्यो बिधेयक पेश भएमा सदन बहिष्कार गरेर भाग्दैनौं, त्यसलाई असफल बनाइदिन्छौं।’

साक्षात्कारमा बोल्दै उनले ति बिधेयक संसदले पारित गरेमा भारतीय सुरक्षाकर्मीले नेपाल सरकारको अनुमति नैं नलिइ जो सुकैलाई पनि संगठित अपराधको गरेको आशंकामा समेत गिरफ्तार गरी लैजान सक्ने भनी आशंका ब्यक्त गरे। गजुरेलले भने ‘यस्ता राष्ट्रघाति बिधेयक पारित भएमा नेपाली मात्र नभइ बिदेशीलाई पनि भारतीय सरकारले गिरफ्तार गरी लैजान सक्छ।’ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधामन्त्री भएको बेला नैं त्यस्ता बिधेयक बनाउने भनी नेपाल सरकारले पक्ष राष्ट्रको रुपमा हस्ताक्षर गरेकोले बर्तमान प्रधानमन्त्री भट्टराईकै समय ति बिधेयक सदनमा अहिले नै ल्याउनु पर्ने कुनै जरुरी नभएको गजुरेलले बताए।

उनले बिप्पा जस्तो राष्ट्रघाती सन्धी गरेर प्रधानमन्त्री भट्टराई बद्नाम भइसकेकोले उनलाइ पुन अर्को राष्ट्रघाती बिधेयक पेश गर्न लगाएर थप बद्नामा गराउन नचाहेको जनाए। प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार राष्ट्रिय सहमतिको हुन नसक्ने भन्दै गजुरेलले उनलाई तत्काल पदबाट राजिनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने मार्ग प्रसस्त गर्न माग पनि गरे।

उनले भने ‘भारतको बिहार राज्यका मुख्य मन्त्रीको निमन्त्रणामा पटना गएर प्रधानमन्त्री भट्टराईले आफ्नो् प्रोटोकल बिर्सिए।’

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....