जनसम्पर्क समिती जर्मनीको बैठक सम्पन्न
February 19th, 2012
विजय मोक्तान /एचकेनेपाल डट कम-
नेपाली जनसम्पर्क समिती जर्मनीका अध्यक्ष शरण केसीको अध्यक्षतामा दोस्रो बैठक बायर्नको म्युनिख शहरको आइनबेल्ट हाउसको सभाकक्षमा सम्पन्न भयो।
बैठकमा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य तथा नेपाली जनसंपर्क समिती युरोपका अध्यक्ष दिलबहादुर गुरुङ र नेपाली कांग्रेसका १२औं महाधिबेशनका प्रतिनिधि दयाराम पौडेल र नेपाली जनसंपर्क समिती युरोपका सदस्य हरेन्द्र वनेमका साथै नेपाली जनसंपर्क समिती जर्मनी बयार्न शाखाका अध्यक्ष गोविन्द काफ्ले र सचिब प्रेम कंडेलको पनि उपस्थिती रहेको थियो।
बैठकको सुरू सभापतिबाट सबै उपस्थितलाई स्वागत एबं बिगतका दिनहरुमा भएका कमी कमजोरीप्रति ध्यानाकर्षण गर्दै बिगतमा भएका गल्तिहरु प्रति क्षमा याचना गर्दै सबै सधै एक भएर मिलेर अगाडि जान आग्रह गरेका थिए। यसै गरी, नेपाली जनसंपर्क समिती जर्मनीका संरक्षक एबं नेपाली जनसंपर्क समिती युरोपका अध्यक्ष दिलबहादुर गुरुङले हिजोको दिनमा कांग्रेस खोज्दै हिड्नु पर्ने बेलामा आज हामी यसरी जनसंपर्क समिति जर्मनी भनेर भेला हुनु पाउदा आफूलाई निकै गर्ब महशुस भएको बताए। उनले सबैलाई शुभ कामना दिदै आफू सदैब पार्टीप्रति लागि पर्ने बताए।
महामन्त्री बिजय मोक्तानले बिगतका दिनका गल्ती र कमि कमजोरीलाई नाऔल्याएर भूललाई सुधारेर आगाडि बढ्न सबैलाई अनुरोध गरेका थिए। महामन्त्री टंक लम्सालले बैठकलाई अगाडि बढाएका थिए। बैठकमा विभिन्न संगठनात्मक विषयहरूमा छलफल हुनुका साथै मुख्यतः भविष्यमा उत्पन्न हुनसक्ने निर्णय प्रकृया सम्बन्धी समस्याहरुलाई ध्यान पुर्याउदै र थुप्रै एजेन्डामाथि लामो छलफल गरि बैठकले केही महत्वपूर्ण प्रस्तावहरु पारित गरिएको छ। जस्तै सबै क्षेत्रमा नेपाली जनसंपर्क समिती जर्मनीको शाखाहरु गठन र पुनर्गठन गर्नका लागि निम्न पदाधिकारीहरुलाई जिम्मा दिएकाछन्।
१ . बायार्नका लागि उपाध्यक्ष राजदीप शाह
२ .एन आर डब्लुमा उपाध्यक्ष शंकर डाँगी
३ .हमबर्ग शाखामा हालै मात्रै गठन गरिएको कमिटीलाई पनि अन्य क्षेत्रमा जस्तै बिधान मुताबिक पुनर्गठन गराउन उपाध्यक्ष सुरेन्द्र प्रधानलाई जिम्मा दियो।
४ . यसै गरी हेसन फ्रंक्फोर्टका लागि युरोप जन सम्पर्क समितिका अध्यक्ष दिलबहादुर गुरुङ र वरिष्ठ उपाध्यक्ष सुर्य तिवारी
५ . ब्रेमनका लागि महामन्त्रीद्वय विजय मोक्तान र टंक लम्साल
६ . बर्लिनमा नेपाली जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ र प्रवक्ता बसन्त पाण्डे
७ . भूजबर्गमा अध्यक्ष शरण केसी रहेका छन् भने यसै गरी बिधान अनुरुप अध्यक्षद्वारा केन्द्रीय सदस्यमा हमबर्गबाट नारायण श्रेष्ठ र बयार्नबाट लाई मनोनित गरिएकोछ।
जर्मनीको मुनिकमा एक्कासी जाडो बढेर हिमआँधी समेत चलिरहेको वेला बरफ जमेको चिप्लो बाटोको समेत पर्वाह नगरी जर्मनीको विभिन्न क्षेत्रहरूबाट आएका पार्टीका साथीहरुलाई मुनिकमा स्वागत गर्नका निम्ति बैठक पश्चात रात्रि भोजमा स्थानीय व्यवसायी तथा रोजगारमा संलग्न नेपालीहरूको निकै ठूलो संख्यामा प्रतिनिधित्पपूर्ण उपस्थिति रहेको थियो र रात्रि भोजमा एनआरएनका जर्मनीका केन्द्रीय सदस्य सेक राज सुनुवारको साथमा स्थानीय संयोजक मोहन गुरुंगको पनि सहभागिता रहेको थियो।
Recent Videos:
Popularity: 5%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed