नेपाल विश्व सहयोग संघको मेरिल्याण्ड च्याप्टर गठन

February 19th, 2012

मेरिल्याण्ड प्रतिनिधि / एचकेनेपाल डट कम-
अन्तरर्राष्ट्रिय सम्मेलनपछि नेपाल विश्व सहयोग संघका बिबिध च्याप्टरहरू संगठन बिस्तारमा जुटेका छन्। यसै बीच, एनएजीसी अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्ल र मेरिल्याण्डका युवा समाज सेवी उमेश प्रधानको सक्रियतामा मेरिल्याण्डका सदस्यहरूको एक बिशेष भेलाबाट नेपाल विश्व सहयोग मेरिल्याण्ड च्याप्टर गठन भएको छ।

मेरिल्याण्डका बिभिन्न क्षेत्रबाट नयाँ पुराना सदस्यहरू भेला भएको कार्यक्रममा नेपाल विश्व सहयोग संघका संस्थापक एबम अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले प्रवासमा रहने नेपालीहरुलाई देशको घाउले दुखिरहेको बताए। प्राकृतिक साधन श्रोतको खानीमा बसेर पनि हामी नेपाली गरिवीको डढेलोमा पिल्सिरहेको बताए। समुदायले मलाई के दियो भनेर होइन तर मैले समुदायलाई के दिएं? भनेर सोध्ने बेला आएको उनले बताए।

भेलाले उमेश प्रधानको अध्यक्षतामा मेरिल्याण्ड च्याप्टर गठन गरेको छ। नव गठित च्याप्टरमा ईश्वर प्रसाद श्रेष्ठ उपाध्यक्ष, सपना जोशी महासचिव र अनुप खनाल कोषाध्यक्षमा चयन भएका छन्।

अध्यक्ष -उमेश प्रधान
उपाध्यक्ष-इश्वर प्रसाद श्रेष्ठ
महासचिव-सपना जोशी
कोषाध्यक्ष-अनुप खनाल
कार्यकारी सदस्य -सुवीर प्रधान
कार्यकारी सदस्य - सन्तोष मानन्धर
कार्यकारी सदस्य – योगेश प्रसाइ
कार्यकारी सदस्य – पदम खनाल
कार्यकारी सदस्य – कमला थापा

नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्लले नव निर्वाचित मेरिल्याण्डच्याप्टरका पदाधिकारीहरूलाई बधाइ दिंदै नव गठित मेरिल्याण्ड च्याप्टर नेतृत्वले संस्थाको मूल मर्म र जन भावनालाई बुझेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे। भेलाले २०१२ लाई सदस्यता बिस्तार बर्षको रुपमा मनाउने निर्णय गर्दै अन्य संघ सस्था र व्यक्तिहरूसँग नेपालीहरूको साझा समस्याहरू समाधान गर्न र बृहत्तर उद्देश्यहरू प्राप्त गर्न सहकार्य र साझेदारी गर्ने निर्णय गरेको छ।

नव निर्वाचित अध्यक्ष उमेश प्रधानले यस संस्थामार्फत नेपाली समुदायलाई ठोस योगदान पुर्याउने प्रतिवद्धताका साथ अगाडि बढ्ने बताए।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2012

Most Popular Posts

More news....