पोखरामा खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता शुरु
February 20th, 2012
डि.आर पोखरेल/ एचकेनेपाल डट कम-
पोखरा, ७ फागुन । नागरिक तथा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले पर्यटन ब्यवसायमा सुरक्षा, सुविधा र सफासुघ्घर महत्वपूर्ण रहेको बताएका छन्।
मन्त्री विष्टले नेपाल हवाई खेलकुद सस्थाद्वारा आयोजित तेह्रौ खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको आइतबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। मन्त्री विष्टले नेपाल भूमि पर्यटनको क्षेत्रमा महत्वपूर्ण स्थान रहेको बताउँदै यसलाई सवै मिलेर जोगाउनु पर्नेमा जोड दिएका थिए। उनले सिस्टम र सिष्टतालाई उच्च स्थानमा राख्नुपर्ने उल्लेख गरे।
संस्थाका अध्यक्ष राजेश बमजमको अध्यक्षतामा जारी उक्त प्रतियोगितामा मन्त्री विष्टले नेपालको संस्कृतिमा विविधता भएको जनाउँदै संस्कृति झल्कने कुनै पनि कुरामा सम्झौता नगर्न आग्रह समेत गरे।
२५ राष्ट्रसहित १ सय ८० प्रतियोगी सहभागिता रहेको उक्त प्रतियोगिता फागुन ११ गते सम्म चल्ने छ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष टिकाराम सापकोटा, हवाइ खेलकुद संस्थाका सदस्य वसन्त दुवाडीलगायतले पर्यटन क्षेत्रको विकास गर्न सरकारी नीतिमा सुधार गर्न आग्रह गरेका थिए। प्रतियोगितामा नेपाली ७० प्रतियोगी रहेको जनाउँदै २ जना नेपाली महिला सहभागि भएको प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका महासचिव सोवित बाँनियाले जानकारी दिए।
नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा एनएएको आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगितामा विभिन्न शीर्षकहरुमा प्रतिस्पर्धा हुने र पुरस्कारहरु वितरण गर्ने जनाएका छन्। प्रतियोगितामा ओभर अल खुल्लामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रहेको जनाएका छन्।
यसैगरी स्पोर्टस क्लासमा क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद रहेको संयोजक बानियाँले जानकारी दिए। प्रतियोगितामा ओभर अल नेपालीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद रहेको उल्लेख गरेका छन्।
प्रतियोगिता सञ्चालन गर्न २१ लाख २० हजार अनुमानित खर्च लाग्ने जनाएको उक्त प्रतियोगितामा वेष्ट एक्रोव्याटीक, वेष्ट स्पोर्टस ल्याण्डिङ, वेष्ट टेण्डम पाइलट, वेष्ट महिला प्रतिस्पर्धी, वेष्ट र्याफ्ट ल्याण्डिङ्गमा सहभागी प्रतियोगिलाई नगद रु ५ हजार सहितले सम्मान गर्ने समेत जनाइएको छ।
पोखरामा एक दर्जनको हराहारीमा रहेको प्याराग्लाईडिङ्ग ब्यवसायीको सक्रिय सहभागिता रहने उक्त प्रतियोगिता पोखरा साराङकोटबाट उडान सुरूभई पोखरा खपौदीमा आई यात्रा समापन हुने मूल आयोजक समितिका संयोजक बानियाले जानकारी दिए।
Recent Videos:
Popularity: 82%
Entry Filed under: Sports

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed