पिण्डेश्वर मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुइचो
February 20th, 2012
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, महाशिवरात्री पर्वको अवसरमा आज सोमवार धरानमा रहेको पूर्वाञ्चलकै एक मात्र प्रसिद्ध तथा धार्मिक पर्यटकीय स्थल पिण्डेश्वर मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुइचो लागेको छ।
श्रद्धालुहरले आज विहानैदेखि पिण्डेश्वर मन्दिरमा भगवान शिवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरिरहेका छन्। पिण्डेश्वर मन्दिरमा भगवान शिवको पूजा आराधना गरेमा मनोकामना पूरा हुने तथा आसूर्य शक्ति र प्रवृत्तिहरुको अन्त्य तथा मनुष्यमा दैवी गुण आउने जनविश्वास रहि आएको छ।
पिण्डेश्वरमा आज धरानका मात्र नभई पूर्वका विभिन्न स्थानमा शिवभक्तहरुको घुइचो लागेको छ। समुन्द्र मन्थन अमृतसंगै निस्केको नौनीको पिण्ड वनाएर देवताहरुले यसै स्थानमा आएर शिवजीको आरधान गरेका र शिवजी स्व प्रकट भई बरदान दिएको धार्मिक विश्वासका साथ यहाँ आएर शिवजीको आरधाना गरे शिवजी प्रसन्न भइ वरदान दिने चिताएको पुरा हुने जनविश्वासका साथ यस क्षेत्रमा श्रद्धालुहरुको घुइचो लाग्ने गरेको हो।
आज पिण्डेश्वरमा शिवजीको आरधान गर्न आउनेहरु प्राय सवैका एउटै चाहनामा रहेको छ। उनीहरु सवैले सुख र शान्तिको कामनमा गरेको बताएका छन्। सवैमा शुख शान्तिको कामान गर्दै पिण्डेश्वरमा शिवजीको आरधान गर्न आएको विराटनगरी गंगादेवी भेटवालले बताउनु भयो।
परिवारको शुख शान्तिको लागि मन्दिर आएको धरानकी सुनिता भेटवालले वताउनु भयो । त्यसो त आज पिण्डेश्वरमा युवा युवति र किशोर किशारीको समेत उत्तिकै भिड लागेको छ। सबैले शान्तिको कामनामा गरेका छन्।
शिवरात्रिको अवसर पारेर आजै पिण्डेश्वरमा समुहिक रुद्री पाठसमेत गरिदै आएकेा छ। अन्य ठाउंमा भन्दा धरानको पिण्डेश्वरको आज निकै अन्तर रहेको छ अघिल्ला वर्षहरुमा यस क्षेत्रमा गाजा भाङ धतुरो सेवन गर्न युवाहरु तछाड मछाड गर्ने गरेको भए पनि यसपटक त्यस्ता दृश्य भने देखिएन। सवै स्वच्छ मनले शिवजीको आरधानमा व्यस्त थिए। पिण्डेश्वरमा परापूर्वकलादेखिनै शिवरात्रिमा पूजा आरधान गरिदै आएको भए पनि विगत १५ वर्षदेखि भने यहाँ शिव भत्तहरुको घुइचो लाग्ने गरेको हो।
यहा श्रद्धालुहरुको घुइचो लगोको भए पनि व्यस्थापनमा भने ध्यान दिइएको छैन। लाइन व्यस्थापन तथा पूजा आरधानमा समेत व्यवस्थापकीय पक्ष फितलो रहेको छ। पिण्डेश्वरसंगै आज सुनसरीको रामधुनि लगायतका शिवालयमा समेत शिव भत्तहरुको घुइचो लागकेा छ।
त्यस्तै महादेवलाई रातको प्रथम प्रहरमा गाईको दूध, दास्रो प्रहरमा दही, तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मह र बिहान पानीले स्नान गराई बेल र बेलपत्र चढाउने परम्परा छ। केटाकेटीहरुले छिमेकमा गई दाउरा मागेर जम्मा गरी राति दोबाटो-चौबाटोमा आगो बालेर ताप्ने र हलुवा घोटेर तरकारी, रोटी आदि पकाएर खाने चलन छ भने धरान भिन्न चौकमा समेत शिवको मूर्ति राखी पूजा आजा गरिदै छ।
यता दर्शन धरानले पनि आज दिउसो लाइभ कर्न्र्सटको आयोजना गरेको छ। कन्सर्टमा विषेश गरि शिवजीका भजन तथा अन्य गीत संगीतको प्रस्तु्ती हूने आयोजक समितिका संयोजक विकास भाटीले बताए।
ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर बाबाधामको प्रचारप्रसार र व्यवस्थापनमा ध्यान दिने हो भने यस क्षेत्रमा आन्तरिक तथा वाह्या धार्मिक पर्यटनको विकाससंगै आर्थिक विकासमा समेत टेवा पुग्ने निश्चित छ।
Recent Videos:
Popularity: 82%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed