विवाद समाधान उपसमितिको बैठक बिनानिष्कर्ष टुङ्गियो
February 20th, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, ८ फागुन । भावी संविधान लेखनका क्रममा उत्पन्न विवाद अन्त्यको प्रयासमा मंगलबार बसेको संवैधानिक विवाद समाधान उपसमितिको बैठक पनि बिनानिष्कर्ष सकिएको छ।
यसअघि, आइतबारको उपसमिति बैठकबाट बाहिरिँदै नेताहरुले सोमबार बस्ने बैठकले सहमति जुटाउने विश्वास व्यक्त गरेका थिए।
सिंहदरबारस्थित उपसमितिको आफ्नै कार्यकक्षमा बसेको बैठकमा उपसमिति सदस्य लक्ष्मणलाल कर्ण संयोजकत्वको कार्यदलले पेस गरेको मिश्रित शासकीय स्वरुपका सम्बन्धमा छलफल भए पनि सहमति जुट्न नसकेको हो।
कार्यदलले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँड गर्ने फ्रेन्च मोडेलको शासकीय स्वरुप प्रस्ताव गरेको थियो। कार्यदलको प्रस्तावमा राष्ट्रपतिलाई ८ र प्रधानमन्त्रीलाई ९ वटा बैठकले संविधान लेखनका क्रममा उत्पन्न विवाद अन्त्यका लागि राजनीतिक सहमति आवश्यक रहेको निष्कर्षसहित अन्तिम टुंगो लगाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतालाई दिएको छ।
बैठकको निर्णयअनुसार आगामी बिहीबार तीन दल माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताको बैठक आगामी बिहीबार बस्ने भएको छ। दलहरुबीच शासकीय स्वरुपमा लामो समयदेखि कुरा मिल्न नसक्दा संविधान लेखनको काम ठप्प प्रायः छ।
एकीकृत माओवादी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र नेपाली कांग्रेस संसदीय प्रणाली हुनुपर्ने अडानमा छ। संविधान लेखनको संशोधित कार्यतालिका अनुसार उपसमितिले आउँदो बुधबारसम्ममा विवादित वियषहरुमा सहमति जुटाई सक्नुपर्ने समयसीमा छ।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed