तराईलाई मधेस बनाउने योजना राष्ट्रघाती
February 21st, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुण । आदिवासी जनजातीको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी तयार पारिएको समावेशी विद्येयक फिर्ता लिन थारु संघ संगठनहरुले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन्।
थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ती मोर्चा, लोकतान्त्रिक थारु संघ, लोकतान्त्रिक समाजवादी दल, पूर्वी थारुवान कोचिला राज्य संयूक्त संर्घष समिति, राष्ट्रिय प्रजातान्त्रिक थारु संगठन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी नेपाल, थारु महिला जागरण केन्द्र र थारु विद्यार्थी समाज सम्मिलित थारु संयूक्त संर्घष समितिले मंगलबार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेकार १५ दिने अल्टिमेटम दिएको हो।
पत्रकार सम्मेलनमा समावेशी विद्येयकको खारेजी र तराईका भूमिपुत्र थारुलाई मधेसी बनाउने षडयन्त्र १५ दिनभित्र अन्त्य नगरिए सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै सभासद रुक्मिनी चौधरीले थारुहरुको पहिचान नष्ट गर्ने गरी थारु भूमिलाई मधेसी भूमि बनाउने षडयन्त्र भईरहेको दावी गर्दै १५ दिनभित्र आफूहरुको माग पूरा नगरिए संविधानसभामा रहेका ३७ जना थारु सभासदहरुले संसद अवरुद्ध गर्ने चेतावनी दिईन्। उनले चितवन, सुनसरी, मोरङ, झापा, उदयपुर, कैलाली र कन्चनपुरलगायतका थारुहरुको थाकथलोलाई निमिट्यान्न पार्ने षडयन्त्र भईरहेकोले त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्न आफूहरु बाध्य भएको दावी गरिन्।
थारुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले सरकारले थारुहरुको पहिचानको विषयमा निरकुंश ढंगले अगाडि बढेर राष्ट्र र राष्ट्रियतामाथि घात गरे मुलुकलाई विखण्डनतिर लैजान लागेको दावी गर्दै थारुहरुले संयुक्त रुपमा त्यसको प्रतिकार गर्ने चेतावनी दिए। उनले मधेसी र थारु समूदायबीच भिडन्तको अवस्था नआओस भनेर १५ दिने अल्टिमेटम दिईएको स्पष्ट पार्दै सो अवधिमा समावेशी विद्येयक फिर्ता सहितका माग पुरा नभए आन्दोलनबाटै प्रधानमन्त्रीलाई कुर्सिबाट ढाल्ने चेतावनी दिए।
उनले थरुहट, आदिबासी जनजाती, दलित र महिलाको आन्दोलनका घाईतेलाई बेवास्ता गरेर जनयूद्धका घाईतेलाई मात्रै सरकारले राहत दिन लागेको प्रति आक्रोस ब्यक्त गर्दै अन्य आन्दोलनको अपमान आफूहरुलाई सह्य नभएको बताए।
थारु कल्याणकारीणी सभाका अध्यक्ष चन्द्र कुमार चौधरीले तराईलाई मधेस बनाउने योजना राष्ट्रघाती भएको भन्दै १५ दिनभित्र आफूहरुको माग पुरा नभएको थारु आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिए।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. nepali | February 22nd, 2012 at 5:16 am
Nepal ko tarai bhagma basobas garne Taharu harulai salam chha tapai haruko mag lai ma pura smarthan gardachhu.tapai haru tarai bashi thahru jat ka daju bhaile matrai nepal ko rastriyata ko chaso ra man ijjat rakhnu bhaeko chha,yo kura sra nepalile bujhnu atti jaruri chha ani bijay kumar gaddar le pani bhujnu atti jaruri chha/ki bihari bheleko pachhi nalagosh if bijay gaddar want to live in nepal.abo bihari bhele lai thik parne only taraia bashi tharu daju bhai matrale hun. garnu sakchhan,ani goruwal limbuwan harule le pani tarai bashi tharu haru bat how to be a good nepali peoples bhanne shiknu atti jarurichha.jay nepal jay nepali janta
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed