एमालेले फागुन २१ गते राजधानीमा मानवसागर उतार्ने
February 21st, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुन । नेकपा एमालेले आगामी फागुन २१ देखि २३ गतेसम्म राजधानीमा आयोजना हुने पार्टीको पहिलो राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
एमाले उपत्यका विशेष समन्वय समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर बैठकको लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा उपत्यका ब्यवस्थापन र अनुगमन समिति, विनोद श्रेष्ठको संयोजकत्वमा जनपरिचालन तथा स्वयंमसेवक समिति, विजय पौडेलको संयोजकत्वमा आर्थिक समिति, रामेश्वर फुयालको संयोजकत्वमा प्रसाशनिक सम्पर्क समिति, ममता गिरीको संयोजकत्वमा प्रचार समिति, हरिदत्त जोशीको संयोजकत्वमा मन्च ब्यवस्थापन, सानुकुमार श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक, सुशीला नेपालको संयोजकत्वमा स्वास्थ्य र जीवनराम श्रेष्ठको संयोजकत्वमा आवास तथा खाद्य समिति गठन गरी सम्पूर्ण तयारी पुरा गरिएको जानकारी दिएको हो।
समितिले परिषद बैठकको उद्घाटनको दिन फागुन २१ गते राजधानीमा ब्यापक जनप्रदर्शनसहित शक्ति प्रदर्शन गर्न राजधानीमा मानवसागर उतार्ने गरी सम्पूर्ण तयारी गरेको जानकारी राजेन्द्र श्रेष्ठले दिए। उनले फागुन २१ गतेको जनप्रदर्शन अहिलेसम्मकै सबै भन्दा बृहत हुने दावीसमेत पत्रकार सम्मेलनमा गरे।
श्रेष्ठले तीन दिने बैठक आयोजनाको लागि पारदर्शी ढंगले आर्थिक संकलन गरिएको दावी गर्दै पार्टीले प्रत्येक संगठित सदस्यबाट जनही १ सयको दरले सहयोग संकलन गरिएको बताए। त्यसैगरी, बैठकको सफलताको लागि देशैभरी अहिले विविध चेतनामूलक कार्यक्रम भईरहेको, पदयात्रा र घरदैलो कार्यक्रम सुरु भएको , फागुन १० गतेदेखि साँस्कृतिक र कोणसभा सुरु गर्ने, फागुनको तेस्रो साता मोटर साईकल र्याली र दौड जुलुस आयोजना गर्ने , फागुन १८ गतेदेखि सबै विद्युतीय सन्चारमाध्यमको प्रयोग गरी प्रचार प्रसार गर्ने कार्यक्रम एमालेको छ।
सामान्तवादको अन्त्य गरौं, लोकतान्त्रिक संविधान निर्माण गरौं भन्ने नारासहित आयोजना हुने बैठकको उद्घाटन समारोहका लागि काठमाडौका १५ वटै निर्वाचन क्षेत्रबाट एक एक जुलस शीर्षनेताहरुको नेतृत्वमा खुलामञ्चमा आएर सभामा परिणत हुने तयारी पनि आयोजकले गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।
बैठकले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको पहिलो शक्तिको रुपमा स्थापित गर्ने विश्वास ब्यक्त गर्दै श्रेष्ठले यसले एमालेको बर्तमान ऐजेण्डा र भावी रणनीति तय गर्ने दावी गरे।
Recent Videos:
Popularity: 81%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed